उ
कुनै विन्दुबाट जन्मिएर
फैलिंदै
मूलबाटो , दोबाटो , गोरेटो
घोडेटो , चौबाटो बन्यो रे
यूग छोएर
उसका छात्ती चिराचिरा पारिए रे !
पटक – पटक …………………………………।
पदयात्रीहरूका जुत्ता-चप्पलका डोब
युगौं छातीमा
दसी टाँसेको छरे उसले ।
कसैको साँढे रहरले
च्यातेछन् उसका सुकुमारी यौवनत्व
अनि
कुँदाएछन् रे फलामे भावना विहिन क्रेनहरू !
उकालो – ओरालो,
दायाँ – बायाँ,
रगताम्य भएछ उसको देह ।
बाटो रूँन सक्दैन कठै !
कसले पो बुझ्छर उसको मर्म ?
रूँनु पो किन ?
बुझ्ने कोही नभए पछि……………… ।
उ हेपिएको छ ,
यो बस्तीमा
तसर्थ
रोइरहन्छ
रोइरहन्छ
बाटोमा देउराली छ,
देउरालीमा फलैंचा छ,
अलि छेउमा वरपीपलको चौतारी पनि
तर
सबै मान्छेका लागी न हुन् ।
खै के छ र यो जाबो बाटोको लागी ?
कति चोटी उ
अनुहारमा ढुंगाका थुप्रो
डन्डीफोर टाँसेर
बाँचेको छ।
फोरूँ केले फोर्नु ?
फोर्ने मानिस हो
उसलाई मन परे फोर्छ ।
नत्र
असरल्ल छोड्छ
किनारका उन्युँहरू ।
मनमनै रिसाउँदै भन्छ
नठोक बुट् कसेका तिम्रा अपराधी लात्तीहरू !
आखीर
मेरो छाती तिम्रो परेड र कवाज खेल्ने मैदान कति बनाउँछौ ,
शायद
यो बेला अति दुखेर
प्रश्न पनि गर्दै हुँदो हो
के यस्ता पनि मान्छे हुन् होलान् र ?
जहाँ मानवियता सुकेको छ
घाममा परालको त्यान्द्राँ सुके सरी ।
त्यसैले
बाटो
युग चपाएर
अलिनो स्वादमा
लम्पसार बाँचेको छ………………………………..।
बाटो उठ्नँ सकेन
मानिस जस्तो स्वार्थी भएर ।
मानिसले टेक्न सकेन
मानिस भएर
त्यसैले
सबैले हिडींरहेछन् मनखुशी
यसका अंग – प्रत्यंग ।।
मलाई सोध्दैछ बाटोले
के तँ पनि अरू झैं स्वार्थी मान्छे होस् र ?
के तँ मलाई मान्छेको मन बनाएर उठाउँन सक्छस् त ?
खै मैले अब के पो भन्नु र यी बाटाहरूलाई ?
यो आत्मकथा सुने पछि ।।
तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )
(स्रोत : Ashok Parthiv’s Blog )