बाल कथा : भो मलाई साइकल चाहिँदैन !

~बिजय चालिसे~Vijay Chalise

“आमा, मलाई नया साइकल नभै हुँदैन । राजिबसँग कस्तो राम्रो साइकल छ, खेलौना छन् आफ्नो भने केही छैन । साइकल नल्याइदिए म त स्कुलै जान्न के !” जय जिद्दी गर्दैथियो ।

“होइन, कहाँ पाउने साइकल किन्ने पैसा ? बहिनीलाई स्कुल हाल्ने बेला भैसक्यो, त्यसैको लागि पैसा खोज्नु छ । कहिले कुरा बुझ्ने होलास छोरा तैँले !” आमा दिक्क मान्दै सम्झाउने कोशिस गर्नुहुन्थ्यो । तर जति सम्झाए पनि जय भने पिरोल्न छाड्दैनथ्यो ।

जयका बाबा एउटा सरकारी कार्यालयमा हाकिम हुनुहुहुन्थ्यो । हाकिम भए पनि जागिरबाट आउने तलबले चारजनाको परिवार पाल्न सधैं मुस्किल मुस्किल हुन्थ्यो । तै बाबुबाजेले जोडेका अलिकति जग्गा बेचेर सानो घर बनाएको हुँदा घरको भाडा तिर्नु पर्दैनथ्यो । छोराछोरीलाई चाहिने राम्रो खानपिन, पढाइ आदिमा कमी आउन नदिए पनि उनीहरूका सबै फर्माइस भने पूरा हुन सक्दैनथे । भनेको कुरा पूरा नहुँदा पनि बहिनी धेरै पिरोल्दिनथी, जय भने अरुको जे देख्यो त्यही चाहियो भनेर पिरोल्ने गथ्र्यो ।

राजिव जयको छिमेकी साथी थियो । केही वर्षदेखि उनीहरू छिमेकमैं घर भाडामा लिएर बस्न थालेका थिए । उनको जागिर राजिबको बाबाको भन्दा ठूलो नभए पनि खर्च भने निकै बढी देखिन्थ्यो । राजिवकी आमा सँधैं नयाँ नयाँ लुगा र गहनामा ठाँट्टिएर हिँड्ने गर्नुहुन्थ्यो । बाबा पनि सधैं टयाक्सीमा डुल्नु हुन्थ्यो । घरमा माछामासु, भोज भतेर कहिल्यै छुट्दैनथ्यो । टोलका मानिसलाई बेलाबखत बोलाएर भोज भतेर गर्ने हुँदा सबै उनको मान मनितने गर्थे । त्यो पैसा कताबाट आउँछ भन्ने उनीहरूलाई कुनै चासो हुँदैनथ्यो । राजिवका बाबा घुस खाएर धेरै कमाउँछन् रे भन्ने टोलमा गाइँगुइँ हल्ला थियो । जसरी कमाएको भए पनि उनको फुर्ती भने निकै बढी थियो ।

उनी राजिव र उसका दिदी बहिनीले जे मागे पनि बोली निस्कन नपाउँदै आइपुग्थे । त्यर्सले उनीहरू साीहरू कसैलाई पनि गन्दैन थे । राजिव आफ्नो तीन पाङ्ग्र साइकल, आफैँ गुड्ने मोटर, हेलिकोप्टरजस्ता कुरा देखाउँदै तँसँग छ मेरोजस्तो साइकल, मेरा त अरु पनि कति छन् कति खेल्ने कुरा भन्दै अरुलाई ह्याउने गथ्र्यो । राजिवलाई म पनि तँभन्दा कम छैन भन्ने देखाउने लोभले जय पनि घर गएर सधैं आमाबाबालाई पिराउने गथ्र्यो ।

“तिमी धेरै झगडा नगर है, नत्र म तिमीलाई छाडेर मामाघर जान्छु । बहिनी कति ज्ञानी छे, तिमीभने ! बाबालाई पिराएर मात्रै हुन्छ, पैसा नभइ कहाँबाट आउँछ, साइकल !” आमा उसलाई धेरै सम्झाउने कोसिस गर्नुहुन्थ्यो ।

“राजिव का बाबासँग चाहिँ कहाँबाट आउँछ त पैसा ? पैसा नभएर होर, मलाई माया नगरेर पो बाबाले मैले भनेका कुरा नल्याइदिनु भएको !” ऊ आमाले जति सम्झाए पनि सम्झनुको साटो उल्टो कुरा मात्रै बुभ्mथ्यो ।

“त्यस्तो उल्टो कुरा पनि सोच्ने हो ! आफ्नो बाबाले नगरे कसले माया गर्छ त तिमीलाई ? अरुको दाँजो लागेर हुन्छ ! के चोरेर, खराब काम गरेर ल्याइदिने तिमीलाई साइकल ?” उसका आमाबाबालाई पनि आफ्ना छोराछोरी अरु सरह नै हिँडून्, उनीहरूले मागेका राम्रा कुरा पु¥याइदिउँ भन्ने चाहना नभएको त कहाँ हो र ! तर पु¥याउन सके न हो । नराम्रो कामबाट कमाएर त्यस्तो गर्न भने उहाँ चाहन्नुहुन्नथ्यो ।

त्यस्तैमा एक साँझ जय र सानी बहिनी बाबासँगै बसेर कथा सुनिरहेका थिए । घर छेउमैं दुईतीनवटा मोटर आएर रोकिए । मोटरको आवाज थामिनासाथ मानिसहरूको चर्को खलबल सुनियो । के को रहेछ हेर्न बाबाले भ्mयाल खोलेर बाहिर चिहाउनुभयो । जयले पनि बाबासँगै भ्mयालबाट चिहाएर बाहिर हे¥यो । सडक बत्तीको धमिलो उज्यालोमा राजिवको घरवरिपरि पुसलसहरू बन्दुक तेस्र्याएर उभिएका देखिए । सडक भरि टोलका मानिस जम्मा भएका थिए । पुलिसहरू किन त्यसरी बन्दुक तेस्र्याएर राजिवको घर घेरिरहेका छन् भन्ने नबुझेरसबैजना अलमल्ल परेका थिए । ऊ पनि बाबासँगै बाहिर सडकमा निस्क्यो ।

केही बेर पछि सबैले थाहा पाए घुस खाएको र भ्रष्टाचार गरेको आरोपमा पुलिस राजिवका बाबालाई समत्न भनेर आएका रहेछन् । पुलिसका हाकिमले त्यहाँ उभिएका छिमेकीहरूमध्ये चारपाँचजनालाई आफूसँगै घरभित्र आउन अनुरोध गरे । जयका बाबा पनि भित्र जानेमध्ये हुनुहुन्थ्यो । केही पुलिस घरबाहिर घेरेर बसे, केही चारपाँचजना छिमेकीसँगै घरभित्र पसे । जय पनि त्यही भीडमा छिरेर बाबाको पछि लाग्यो । उनीह्रू एक एक कोठामा पसेर सबै कुरा हेर्दै तिनको सूची बनाइरहेका थिए । एउटा ठूलो सेफबाट इँटा बानएको सुन, लाप्साका लाप्सा चाँदी, थुप्रा गरगहना थिए । एउटा ठूलो सुटकेस नोटै नोटले टम्म भरिएको थियो । त्यति धेरै धनसम्पत्ति टोलका मानिसले यस अघि कहिल्यै देखेका थिएनन् । त्यो देखेर सबै आश्चर्यले जिब्रो टोक्दैथिए ।

“ओहो एकजना साधारण कर्मचारीले कहाँबाट ल्याएहोलान् यत्रोबिन धनसम्पत्ति !” पल्ला घरका काकाले आश्चर्य मानेर भन्नु भयो ।

“कसरी हुनु नि, भ्रष्टाचार गरेर कमाए । नत्र जागिरको तलबले मात्रै यतिबिन धनसम्पत्ति कसरी जोड्न सक्थे ।” अर्का छिमेकी दाइले प्याच्चै भनिहाल्नु भयो ।

पुलिसले घरमा पाइएका सबै गरगहना, धनसम्पत्ति, सरसामानको सूची तयार गरे । उनीहरूले ती सबै धनसम्पत्ति उनको घरमा पाइएको भन्ने बेहोरा लेखेर साक्षीका रुपमा टोलका मानिसहरूको सही गराए । ती सबै कुरा पोको पारेर पुलिसले राजिवका बाबालाई पनि पक्रेर साथै लगे । राजिवका बाबा लाजले मुख छोप्दै पुलिससँगै जानुभयो ।

त्यतिले मात्र नपुगेर पुलिसले घरको मूल ढोकामैं ताल्चा मारिदिए । अब राजिबहरू समेत घरभित्र पस्न नपाउने भए । यतिबेलासम्म लाजले केही बोल्न नसकेकी राजिबकी आमाले रुँदै भन्नु भयो– घरमा समेत तपाइँहरूले ताल्चा मारे पछि म यी लालाबाला लिएर कहाँ जाउँ ! बिन्ती हामीलाई बिचल्लीमा नपारिदिनुहोस् !

“के गर्नुहुन्छ, हामीले त आदेशको पालना गर्ने हो । तपाइहरू आफ्नो व्यवस्था गर्नोस् । भोलि अदालतले आदेश नदिउञ्जेल हामी घर खोल्न मिल्दैनं ।”पुलिसका हाकिमले त्यसोे भने पछि राजिवकी आमा रुन थाल्नुभयो । राजिब र बहिनीहरू पनि रुन थाले ।

पुलिसले राजिबका बाबालाई पक्रेर लगे पछि मानिसहरू अनेकौं कुरा काट्दै थिए । विचरी राजिबकी आमा उनीह्रूका कुरा सुनेर लाजले अनुहार छोपिरहनु भएको थियो । राजिब र बहिनीह्रू आमाको धोतीको फेर समातेर रोइरहेका थिए । हिजोअस्ति राजिबका बाबालाई भेट्न आउने, भोजभतेरमा जम्मा हुने सबै छिमेकीहरू अहिले राविका बाबाको बद्ख्वाइँ गरिरहेका थिए । राजिबकी आमालाई बास र ढाढस दिने कोही देखिएन । उनीह्रूका नातेदार पनि कोही नजिक थिएनन् । अब रात कहाँ गएर विताउने, आमाको सबैभन्दा ठूलो चिन्ता त्यही थियो । छोराछोरीको विचल्ली हुने भयो भन्ने सोच्दै उहाँ रोइरहनु भएको थियो । अघि पछि राजिब र बहिनीहरूलाई माया देखाउँदै उनीह्रूको अघिपछि गर्ने टोलका मानिसहरू सबै लाखापाखा लागिसकेका थिए । त्यहाँ उनीहरूलाई भरोसा दिन कोही थिएन ।

“राजिवलाई हाम्रै घर लैजाउँ न, हुन्न बाबा ”त्यो देखेर जयले बाबासँग भन्यो । सधैं आफ्ना खेलौना देखाएर सबैलाई होच्याइरहने राजिवलाई अघिपछि ऊ पटक्कै मन परायँदैनथ्यो । यति बेला भने रोइरहेको राजिवको अनुहार देखेर जयलाई दया लाग्यो ।

“तिमीले ठीक भन्यौ जय ! भाउजु पिर नगर्नुहोस् अर्को व्यवस्था नहुञ्जेल मकहाँ नै बसौंला । गल्ती तपाइँका श्रीमानले गर्नुभयो, तपाइँ र केटाकेटीको के दोषको । छिमेकी भनेको पनि त यस्तै आपतविपतमा चाहिने हो नि ।” जयका बाबाले भन्नु भयो ।

“दोष त किन नहुनु नि । पहिले नै खराब काम गरेर हामीलाई सुख चाहिँदैन भन्न सकेको भए यो दिन देख्नै पर्दैनथ्यो नि !”जयका बाबाको कुरा सुनेर त्यहाँ बाँकी भएका मध्ये कसैले प्याच्च भनिहाल्यो ।

“चुप् लाग्नोस तपाइँहरू, यो घोचपेच गर्ने बेला होइन । तपाइँ हाम्रो पनि त दोष छ नि ! त्यो धन कसरी आयो भन्ने सोच्दै नसोची धनीेको मात्रै मान मनितो गर्ने तपाइँ हामी नै त हौं नि ? हाम्रो यस्तै बानीले त खराब काम गरेर भए पनि धेरै धन जम्मा गर्न मानिसहरू हौसिन्छन् !”

सबैजना आआफ्ना घरतिर लागे । कुनै सहारा नभएका राजिवकी आमा पनि छोराछोरी अघिलाएर जयको घर जानुभयो । उता जयको मनमा भने अनेकौं कुरा खेलिरहेका थिए । राजिवको जस्तै साइकल, खेलौना किनिदिन आफूले आमाबाबालाई पिरोल्ने गरेको सम्झेर उसलाई आफूले ठीक गरिन छु भन्ने लागिरहेको थियो । टोलका मानिसहरूको कुरा सुनेर ऊ झसंगै भएको थियो । आमाले आफूलाई सम्झाउँदा सम्झाउँदा केही नलागेर के चोरेर ल्याइदिने साइक्ल भनेको कुरा उसले बल्ल पो बुझ्यो । आहो…आफ्नो इच्छा पूरा गर्न बाबाले पनि त्यसरी नै घुस खाने खराब काम गर्नुभएको भए… ! उहाँ लाई पनि त पुलिसले यसरी नै समातेर लैजान्थ्यो लैजान्थ्यो । यो कुरा कल्पना गर्दा पनि उसलाई डर लागेर आयो ।

घर पुग्नासाथ जयले आमाको हात समात्दै भन्यो– भो मलाई साइकल चाहिँदैन । आमा अब म कहिल्यै यस्तो जिद्दी गर्दिन है !

“स्याबास छोरा, अब भने तिमी कुरा बुझ्ने भयौ !” उसको त्यो कुरा सुनेर उसका आमा बाबाको अनुहार खुसीले हँसिलो देखियो ।

(स्रोत : ३०३१ फागुन सुनके्रस्रा, वर्ष ३ अङ्क ८ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.