जहाँ चस्स दुख्थ्यो उहीँ मुस्कुरायौ ।
छ कस्तो रहस्यऽ मसङ्गै लुकायौ ।।
सक्यौ थाम्न भाला हजारौँ थरीका ।
दुख्यौ किऽ त भन्दै यता सुम्सुम्यायौ ।।
न आधार छ बाँच्ने न पो मर्न दिन्छन् ।
सह्यौ चोट हाँसी मलाई रुवायौ ।।
जता हेर्छु उस्तै थिएँ त्रासदीमा ।
सबै पीर चिन्ता निमेषमै भुलायौ ।।
कुनै छैन बाटो म आवाज सुन्थेँ ।
भई आश मीठो तिमी गुन्गुनायौ ।।
05/11/2011
(स्रोत : Shabdahar )