अनीतालाई चित्र बनाउन असाध्यै शोख रहर थियो । छिमेकी काकाले बनाउनुभएका चित्र हेरेर आफू पनि त्यस्तै बनाउन चाहन्थी । काका कलाकार भएकोले सधैं चित्र बनाइरहनुहुनथ्यो । उहाँलाइृ भेट्न भनी टाढा टाढाबाट मानिसहरू आउँथे । त्यो देख्दा त झनै उसलाई कलाकार बन्ने चाहा हुन्थ्यो ।
“आहा काकाकै जति राम्रा चित्र बनाउन सके कति रमाइलो हुन्थ्यो !” काकाले त्यस्ता राम्रा राम्रा चित्र बनाउनु भएको देखेर ऊ मनमनै सोच्थी । ऊ धेरैजसो काकाले चित्र बनाएको हेरिरहन्थी । साँच्चि नै आफूले पनि त्यस्तै चित्र बनाउन सके ? तर के गरोस् उसका दुबै हात चल्दैनथे । सानैमा पोलियो रोग लागेर उसका दुइटै हात लुला भएका थिए । त्यसैले उसको हात राम्ररी कलम–कुची नै समाउन सक्तैनथे, चित्र बनाउने कुरा त परै रह्यो । अनीता लेख्न नसके पनि गाउँकै स्कुलमा चार कक्षामा पढ्थिन् । खुट्टाको औलाले कलम च्यापेर अलि क..ख..सम्म लेख्थिन । हात नचले पनि उनी पढ्नमा भने निकै बेस थिइन ।
सहरभन्दा बाहिरको उसको गाउँमा केही वर्षै अघिसम्म पनि कुनै स्वास्थ्य चौकी थिएन । गाउँगाउँमा पोलियो र अरु रोगका औषधि दिने मान्छे पनि अहिलेजस्ता आउँदैनथे । गाउँमै आएर खोप दिने त कुरै थिएन । मानिस बिरामी पर्दा झारफुक गरेर चित्त बुझाउनु पथ्र्यो । झारफूकबाट रोग निको नभएर कति मानिसले दुःख पाउँथे ।
“तिमीलाई चित्र बनाउने धेरै रहर छ हगि ? केही गर्ने इच्छा छ भने मानिसले असम्भव कुरा पनि फत्ते गर्छ, बुझ्यौ अनीता ! जहाा इच्छा त्यहाँ उपाय ।” अनीताको चित्र बनाउने भित्रैदेखिको इच्छा देखेर एक दिन काकाले भन्नु भयो ।
“इच्छा त छ नि काका, तर केगर्नु मेरा हात चल्दैनन् । चाहेर मात्रै के गर्नु र !” अनीताले बडो निराश हुँदै भनिन् ।
“हरेश नखाउनm न, तिमी कख त खुट्टाले लेख्छ्यौ होइन ? बुरुस पनि खुट्टाले च्यापेर चित्र बनाउने अभ्यास गरी हेरन । मलाई विश्वास छ, तिमी खुट्टैले पनि राम्रा राम्रा चित्र बनाउन सक्छ्यौ !” काकाले ढाढस दिनुभयो ।
काकाको कुराले उनमा उत्साह थपियो । तर सामान्य कख लेख्न त खुट्टाले कति गाह्रो छ, चित्र बनायने कुरा कसरी सकिएला र ! सुरुमा त उनलाई त्यो कुरा असम्भवजस्तै लाग्यो । तै पनि उनी बिस्तारै खुट्टाले बुरुस समाउने अभ्यास गर्न थालिन ।
“हेर न लुली, खुटाटाले चित्र बनाउन लागेकी ! कस्ता कस्ता काँ गे, मुसाको छाउरो दरबार !” छिमेकी राजिव आफूजति जान्ने कोही छैन भन्ने सोच्थ्यो । पढ्न र चित्र बनाउनमा राम्रो भए पनि उसको त्यही बानीले अरु उसलाई यति मन पराउँदैनथे ।
“ हेर राजिव, अर्कालाई त्यसरी न उडा ! यही अनतिाले एकदिन तँलाई चित्र बनाउनका उछिनी भो अति देख्लास् !” राजिवकी दिदी सरिताले सम्झाउन खोजिन । तर । राजिव अनीता हातले चित्र लेख्न सक्ली भन्ने विश्वास नै गर्दैनथ्यो ।
अब अनीताको ध्याउन्ना खुट्टाले बुरुस समाएर रङ्गमा चोब्दै चित्र बनाउनमैं एकोहोरियो । राजिवको इख र काकाको ढाढसले उसभित्र राम्रो चित्र नबनाइ छाड्दि भन्ने अठोट बलियो हुँदै गएको थियो ।
स्कुलमा साथीहरूले गिल्ला गर्ने डरले अनीताले घरमं खुट्टाक औलाले कुी समातेर चित्र लेख्ने अभ्यास गरेकी थिइन । कहिले काहीँ उनी त्यसरी आफूले लेखेका टेढामेढा रेखाका चित्रहरू काकालाई देखाउँथिन् । काका उनीमा झनै उत्साह थपिदिनुहुन्थो– राम्रो, यी यो रेखा अलि सधिा लेख्ने अभ्यास गर, यहाा छेउ अलि मिलेन, फेरि मिलाउने कोशिस गर अझ राम्रो हुन्छ !” यसै गरी अनीताले चित्र लेख्ने अभ्यास गर्दै रहिन ।
छ महिना पछि स्कुलमा चित्रकला प्रतियोगिता हुने भयो । घरबाट चित्र बनाएर लान पाइँदैनथ्यो । स्कुलकै चौरमा बसेर सबै प्रतियोगीहरूले गुरुहरूकै अगाडि चित्र बनाउनु पर्थोे । प्रतियोगितामा अनीता र राजिव सहित दशजनाले भाग लिएका थिए । प्रतियोगीहरू बगँैचामा लहरै बसेर कुची रकलमले रङ्गीचङ्गी चित्र बनाउन थाले । त्यही लहरमा हात नचल्ने अनीता पनि बसेर चित्र बनाइ रहेकी देखेर राजिव उसलाई मुख बङ्ग्याई बङ्ग्या खिज्याइ रहेको थियो । अनीता भने त्यतातिर ध्यानै नदिइ मन लाएर चित्र बनाउनमा लागेकी थिइन । गुरुहरू उनीहरूले चित्र बनएको हेर्दै घुमिरहनु भएको थियो । अलि पर छिमेकी काका पनि बस्नुभएको थियो । छिमेकी काका ठूला कलाकार भएकाले हेडसरले उहाँलाई ती चित्र हेर्न र पहिलो हुनेलाई पुरस्कार दिन भनी बोलाउनु भएको रहेछ । काकालाई देखेर अनीतालाई झनै उत्साह बढ्यो । तिनै काकाले ढाढस दिएकाले उसलाई खुट्टैले भएपनि चित्र बनाउने अभ्यास गर्ने आँट आएको थियो । चित्र बनाउन दिइएको एक घण्टाको समय सकियो । जाँचकी गुरुहरू सबैका चित्र लिएर जाँच्न थाल्नु भयो ।
उनीहरूलाई आफ्नो कामको परिणाम कहिले थाहा पाइएला भन्ने लागिरहेको थियो । गुरुहरूले सबै चित्र हेरेर मूल्याङ्कन गर्नुभएपछि हेड सर, अरु सरहरू र काका लहरै मेचमा बस्नुभयो । सबैको मुटु ढुक ढुक गर्दै थियो, कसको त्रि पहिला होला ? अनीतालाई त विश्वासै थिएन, दुबै हात सद्यधे हुने साथीहरूको अगाडि आफूले बल्ल बल्ल बनाएको चित्रपहिलो हुन सक्छ भन्ने उसलाई विश्वासै थिएन । उसले त खाली अभ्यास हुन्छ भनेर मात्रै भाग लिएकी थिई ।
प्रतीक्षाको घडी सकियो । हेडसरले नतिजा सिुनाउने भयो– हेर मान्छेमा केही गर्छ भन्ने इच्छा र आँट छ भने त्यो पूरा गर्न केहीले पनिm छेक्न सक्दैन । यही कुरा आज अनीताले गरेर देखाकीछन् । आज उनको चित्र सबैभन्दला उत्कृष्ठ ठहरिएको छ । ल सबैले उनलाई बधाइ देओ !” हेडसरको भनाइ सुनेर अनीतालाई मात्र होइन अरुलाई पनि धेरै बेर विश्वासै भएन । तर केही बेर पछि सबैले चाल पाए हेडसरले भन्नु भएको एक एक कुरा सत्य थियो । प्रतियोगिताका सबै चित्र प्रदर्शनीमा राखिएका थिए र अनीताले बिना हात खुट्टाले बनाएकी चित्र साँच्चि नै सबैको भन्दा उम्दा थियो ।
“ल बधाई, अनीता तिम्रो अठोटको जीत भयो । योभन्दा पनि राम्रा चित्र बनाउँदै जानु है ।” पुुरस्कार दिँद काकाले भन्नु भएका कुराले अनीताका आँखा खुशीले रसाए ।
फागुन २०६१
(स्रोत : मुना वर्ष १७ अङ्क २ पूर्णाङ्क १९४)