म्यासेज बक्समा रातो बत्ति बल्यो मैले हेरे कुनै परिचित लाग्ने फोटो भएको तर अपरिचित नामबाट संदेश आएको रैछ।”किन हो माया मारेको?” केहि गम खाएँ,घोत्रीएँ,याद गर्न खोजे त्यो नामलाई तर सबै शुल्य शुन्य।”मैले चिनिन नि हजुरलाई,माया गरेको भए पो माया मार्नु?” म अलिक कडारुपमै प्रकट भएँ कि झै लाग्यो तर इन्टर दबाएँ। उता बाट “निष्ठुरी तिमी त” जवाफ आयो,अकल्पनिय थियो मलाई यो जवाफ। अब मैले पक्कै यो नाम सँग परिचित हुनै पर्छ भन्ने कल्पिएर प्रश्न गरे “हजुरलाई मैले दिलमा हात राखेर भन्दैछु चिनिन नि?” अब आउन सक्ने जवाफहरुको आँकलन गर्दै बसे म।पून सम्झिन खोजे त्यो मुहार,त्यो नाम।
“यसरी भुल्नेछौ भन्ने मैले सोचेको थिइन,तिमीहरु ढुङ्गाको मन हुने केटाहरु है।”पून उस्तै जवाफ आयो,अझै उ परिचय दिन तयार थिइन,उसले मलाइ ठूलै सकस दिदै थिई,दिमागका प्रतेक तन्नुलाई सकृय बनाउदा पनि मैले उसलाई चिन्न सकिन,चिन्न खोज्ने चहनाको बेगवान हुरिले म हुर्रिएँ,कसो कसो आफुलाई सम्हाल्दै किबोर्डमा हात राखे।खोइ किन किन मेरो हात काँप्दै थिएँ,काँपेको हात अनि दिमागको बेठेगान बीच केहि टाइप गरे।”प्लिज तिमी(मैले तिमी संबोधन गर्दा दुई पटक सोचिन)को हो?यसरी भुलभुलौयामा नधकेल न।यदी मेरो हित चाहन्छौ भने आफ्नो परीचय देउ।”
उताको जवाफ पर्खिन ममा धैर्य थिएन,त्यो समय कताउन मैले म्यासेन्जर 3/4 पटक खोल्दै बन्द गर्दै गरे । ल्याप खोले,मोबाइल बन्द गरे,मोबाइल खोले ल्याप बन्द गरे। कति अधैर्य भएको म,कति बेचैन बाँचेको म ? म्यासेजमा रातो बल्यो,धेरै दिन देखि भोको बाघले सिकार झम्टिएझै हतार हतार म्यासेजमा पुगे । त्यो म्यासेज एक जना परिचित भाइको रैछ,दाजु भोली बिदा होइन?भेट्नु पर्छ है । मैले म्यासेज हेरे,तर त्यो म्यासेजमा मेरो मन थिएन,यो मनको नि नौटंकी देखेर म जिल्ल परे,कस्तो है?खोइ किन किन मलाइ उसको जवाफ पाउन/ सुन्न हतार भएको छ।
पर्खाइको लामो समय पार भए पनि उताबाट जवाफ आएन,त्यो बीचमा अन्य धेरैको म्यासेज आयो तर आज मलाई कसैको जवाफ फर्काउने मन थिएन । सायद जीवनमा प्रथम पटक यो फेसबुकको च्याटमा यसरी काकाकुल भएर तड्पिदैछु । अब त अतिनै भो भनेर मैले पून म्यासेज गरे ” होइन के हो पारा यसरी अर्कालाइ भुल्भुलैयामा राखेर चुप बस्न पाइन्छ? यसरी अरुलाई तड्पाउनु ठीक हो? जहाँ सम्म मलाई लाग्छ,हामी परिचित छौ/ हौ । तिम्रो प्रोफाइल पूरै घुमे तर पनि मैले तिमीलाई चिन्न सकिन । मेरो धैर्यताको परिक्षा धेरै नलेउ। अब सक्दिन म सहन । जवाफ दिने भा देउ नत्र सिधैँ ब्लक हान्दिन्छु । ” ब्लक नामको हतियारले तर्साउन खोजे
अझै जवाफ आएन,सिन पनि भएन यो पटक म्यासेज ।
मेरो बेचैनी झन झन खहरेको पानीझै उर्लिन थाल्यो,पून पून ल्यापबाट उसको प्रोफाइल घुम्ने,एबाउट हेर्ने गर्न थाले । थाके मेरा म्यासेजमा फिजाएका नजर,दिनमै रात भो,खग्रास सुर्य ग्रहण लाग्यो,माथिङगल फनफनी भो,प्यासले मुख च्याप च्याप भो । यो बेलाको छट्पटी लेखेर साध्य हुन्न,यो व्याख्या गर्ने शब्द सायद पाइन्न शब्दकोषमा। अनि कलम नि थाक्नेछन । अकल्पनीय पीडा दिएर गइ त्यो अपरिचित केटी । मन मनै धेरै गाली गर्न खोजे खोइ किन किन शब्दहरु नि गायब भए,म सारहिन,दुर्बल भए ।
फेरि म्यासेज बक्समा रातो बल्यो, ह्याँ अरुकै होला भनेर हेर्न चाहिन,मिनिमाइज गरे फेसबुकलाई,आँखा चिम्लिएँ,कल्पिएँ भगवानलाई,भन्थे मान्छेले दुखमा सम्झिन्छ रे भगवानलाई यो बेला प्रत्यक्ष आफैले भोगे । पसिना पसिना भएको छु म ,रुममा चलिरहेको एसिको कुनै असर छैन । सुस्तरी आँखा चिम्लिएँ,मिनिमाइज गरेको फेसबुक खोले,म चाहन्छु त्यो उसैको म्यासेज होस् ,अनि म्यासेजमा राज खुलेको होस् । यो बीचमा धेरै पटक म हुरुक्कै भए,खोइ कुन उत्वेगले मलाई यस्तो गराउदैछ । म आज आफू छैन,म भित्रको म मुला एउटा अपरिचितको म्यासेजले गायब बनाइदियो,छ्या के फुर्ती लगाउनु मैले म मर्द भनेर ? आफुलाई धिक्कारे धिक्कारे आफुलाई। यो नाम सँग म किन यसरी चुम्बकीय पदार्थ चुम्बनमा तानिए झै हुदैछु । राज के होला? एउटा ठूलो प्रश्न चिन्न लगाएँ । फेसबुकमा अझै एउटा रातो थियो त्यो नि म्यासेजमा । सुस्तरी मैले कर्सल चलाएँ हेरे मन दरो पारेर उहीँ नाम बाट आएको रैछ म्यासेज । एक्कसी म बुरुक्क उफ्रिएँ,पछि लाज लाग्यो आफैलाई,होइन के हुदैछ मलाई अझै प्रश्न गरे आफुले आफुलाई,थाहा थियो जवाफ शुन्य हुनेछ तर नि ।।
म्यासेजमा लेखिएको थियो ” तीस मिनेट मैले कुराउदा तिमीलाई कस्तो भो अनि कल्पना गर त मैले ८ साल कसरी कुरे हुला?हामी कलेजबाट छुटेपछी मैले तिमीलाई कहाँ मात्र खोजिन?यहाँ सम्म कि म इलाम देखि तिम्रो खोजमा झापा हप्ता हप्तामा झर्न थाले,म एक केटी मान्छे,कति कठीन भयो होला सोच त ? तिमी कल्पना सम्म गर्न सक्छौ ? यी तीस मिनेट र ती करोडौं मिनेटको दर्द महसुस गर। म तिमीलाई परिचय दिनेछु तर आजै होइन,तिमीलेनी मिलनको प्रतीक्षा गर्नु पर्छ,धैर्यताको परिक्षा दिनु पर्छ ।
हो प्रीय (यो संवोधनले पक्कै दुख्ने छैन आशा गरे) मेरो पीडा यहाँ लेखेर साध्य छैन,त्यो लेख्न,बुझ्न यो च्याटको समय काफी छैन । हो यति बुझ,यो मनले पीडाको खात खात लिएर सफर गर्दैछ,फगत बाँचेको छ अरुको लागि । जीवन जीउनुको मज्जा त्यति बेला हुन्छ जुन बेला आत्म संतुष्ट हुन्छ । म त अभागी दुख मुरी मुरी खुशी मानो छ मेरो भावमा । यसरी पीडाको वयान गरेर मैले तिम्रो दया पाउन खोजेको होइन है,सक्छौ माया देउ तिम्रो मायाको नदी तर्न म किनारमा प्रतीक्षामा छु । भिखारी भएर दया भने माग्दिन ।
कति मेरो गल्तीले कति समयको गल्तीले सायद कति तिम्रो गल्तिले हामी दूर भयौ ।हिजो के भयो त्यो छोड धेरै खोज पछि तिमी भेटाएकोछु,यो बीचमा धेरै रात अनिदो बिताएकोछु,खाना त्यागेकोछु,आँसुले सिरानी भिजाएको छु,त्यसको त हिसाब गर्नु छ दै छ,सबै भन्दा महत्त्वपूर्ण कुरा मैले मेरो बैँस प्रतीक्षामै बिताएको छु । तिमीलाइ फेसबुकमा भेटेको दिन मलाई दुनियाँ जितेको भान भयो,धेरै हिम्मत बटुल्नु पर्यो तिमिलाइ एड गर्न,हो तिमी मेरो आफ्नो हो तर थाहा छैन म तिम्रो हो या होइन?यो प्रश्नले मर्दै जीउदै गर्छु म प्रतेक क्षण,पल । थाहा छ आशाको दियो जतिनै धिपधिप होस् मन उज्यालो पार्छ ।
आज धेरै बोल्न चाहन्न,तिमीलाइ के भन्ने,के गर्ने कसो गर्ने मानै समय बित्यो,एका तिर भेटिएको खुशी छ त अर्को तिर मिलन नहुदै बिछोड होला कि भन्ने शंका । पीडित मन छ,दुखाई सहने हिम्मत छ अझै ।
आजलाई यतिनै,भोलि पून आउनेछु । वाचा भो भोलि सबै भन्नेछु । प्रिय अब 24 घण्टा प्रतीक्षा गर है,त्यो एक दिनमा तिमीमा पर्ने मानसिक तनावको जिम्मेवारी पूरा पूरा म लिन्छु । आजलाइ बिदा !!”
उसको म्यासेज पढेर एक पटक म हुरुक्कै भएँ,अतितमा डुबुल्की मारे,याद गरे कलेज,कलेजमा मेरो आशपास आउने,हुने केटीहरु अह अझै सम्म कस्तो पत्ता नलागेको । धिक्कार मेरो दिमाग गाली गरे दिमागलाई । त्यो होला होइन होइन उसको त बिहे भै सकेको छ,त्यो होला ह्या उसको त उहिले बिहे भा । यसरी यो होला त्यो होला गर्दा गर्दौ म्यासेजमा “हुन्छ म प्रतीक्षा गर्न तयार छु,आशाको दियो बालेर तिम्रो प्रतीक्षामा यी चक्क्षु खटिएका हुनेछन् फेसबुकको हालमा । बिदा ” लेखेर इन्टर थिछे । फेसबुक बन्द गरे । धेरै हितैसीहरुको म्यासेज आएका थिए तर हेरिन । त्यसै त्यसै लागे सुपरमार्केट तिर मन भुल्याउन । भारी मन,मनमा अनेक तर्कना बोकेर लखर लखर बाटो नापी रहे,गन्तव्य विहिन मुसाफिर जस्तै ।
रात भर छट्पटी कोल्टे,घोप्टो,उत्तानो गर्दै निन्द्रा देवीलाई कुर्दै बसियो,न खाना रुच्यो राम्रो सँग,न बोल्न मन लाग्यो कसै सँग खोइ के हुन लाग्यो यो,यो शुभ संकेत होइन भनेर दिमागले इसारा गर्यो । तर मन मान्न तयार भएन । हिजो सम्म च्याटमा कुरा गर्ने सँग नि कुरा गर्न मन लागेन । कतिले म्यासेजमा बिरामी हो,किन दुर भएको सिन गरेर नि जवाफ छैन त ,रीसाएको ? यस्तै यस्तै । होइन यति चाँडै के म परिवर्तन भएकै हो?म बिगत उति याद नगर्ने मान्छे तर नि क्षण क्षणमा विगतमा हुइकिन थाले,मन त हो बेग लिएर हुइकियो बिगतमा। याद गर्न थाले एक एक पल सम्झिन खोजे कलेज,बाटोहरु,कक्षा कोठा,क्यान्टिन,सोचमा डुबेर,टाउको भारी भो,चटचट भो माथिङ्गल । उठेर पानी पिएँ,सिरानी उठाएर ढल्किएँ फगत शून्य ।
रात भरको अनिदो लिएर काममा गए बिहान उठेर,टाउको भारी अनि पाकेको टमाटर जस्तो आँखा लिएर। काम गर्न मन थिएन तर बाध्यता ।मानिस बाध्यताले कति पिल्सिदो रैछ आज अनुभव भो,जीवन भोगाइ त रैछ,फगत श्वास लिनु,छोड्नु के जीवन ? मलाई मात्र प्रतीक्षा थियो साझको,अनि उनको । अहो! कति लामो दिन नि,कति अनकन्टार है प्रतीक्षा।बिस्तारै दिन बित्दै गयो,काम पनि सकियो । अब शुरु भयो उहीँ काम म्यासेज खोल्ने,बन्द गर्ने। होइन हिजो त यहीं समयमा आएकी थिई,आज खोइ त ?यो घडीनी घुम्दै घुम्दैन । यो बीचमा धेरैको म्यासेज आयो,हेरे तर जवाफ दिइन,झर्को पो लाग्दैछ आज ती म्यासेज गर्ने देखि । ती म्यासेज नभएर मलाई कुरीकुरी गरेझै अनुभव भो । अनौठो अनुभूति ।
म्यासेज थपिदै गए,म निरीह एक जनाको प्रतीक्षामा थिएँ,छु,रहनेछु ।
एक्कसी “के छ प्यारा ?” भनेर प्रतीक्षाको अन्त्य भयो
“ठीक छ प्रिय ( प्रिय लेखेर मेटे) ।तिम्रो नि ” मैले जवाफ दिएँ
“जीवन नामको एक अदृश्य तत्व जीवित छ रे,देख्नेले त्यसै भन्छन् ” कस्तो अलौकिक जवाफ म अवाक भएँ
” अब त प्रतीक्षाको पल सकियो होला नि? नाम भन्दा हुन्न?कति अपरिचित भएर कुरा गर्नु ?” प्रश्ननै प्रश्नको सुमेरु पर्वत खडा गरे
” कति कुरा नभनेरनै मीठा हुन्छन् प्यारा,लाग्छ हामी परिचित भएर दुख्नु भन्दा अपरिचित भएर नै दुख्नु हितकर छ । हिजो सम्म याद नआएको म एक्कसी याद आउला र ?” अझै खुल्ल चाहिन उ
मैले स्टिकर पठाए ” frown emoticon ”
उसले नि पठाई ” smile emoticon ”
यसरी स्टिकर आदानप्रदान धेरै बेर भयो । लाग्न थाल्यो हामी शब्द विहिन भयौ
स्टिकरको लेनदेन रोकेर मैले भने ” अरे लु न अरु धेरै मेरो धैर्यताको परिक्षा नलेउ,जति धैर्य हुनु पर्ने भएँ,अब त भन।
पाँच मिनेट उताबाट केही जवाफ आएन,अब मेरो मन आत्तियो। कतै मलाई गहिराइमा छाडेर उ निदाइन ?
” साँच्चै तिमीले मलाई नचिनेको ? कि नचिने जस्तो गरेको ?” प्रतिप्रश्न
” कसम मैले चिनेको छैन । मैले छोटो जवाफ दिएँ,म उसको नाम सुन्न आतुर थिएँ
” नाम भनौ कि फोटो दिउ?” उसले केही आशाको बत्ती बाली
” दुबै” हतारमा जवाफ
“तीन छक्क नपर्नु ल ।” उ नि के कम
smile emoticon स्टिकर मात्रै दिएँ मैले
“……… साथमा फोटो ”
अहो! मलाई करेन्ट लाग्यो,म फिनफिनी घुमे ३६० डिग्रीमा।एक्कासि मैले मुटु समाते,निशब्द भए म। १० मनमा एक मन नि नसोचेको मान्छे । भाती जाँड खाए पछिको धङधङी जस्तै भयो ।
” राम राम त पो ? ” एक्कसी खुस्कियो मेरो मुखबाट त्यहिनै टाइप गरेर पठाएँ
“किन छक्क परिस ?मेरो माया कहिले बुझिनस तैले दुखको कुरा तड्पिनु तड्पिएँ म बबुरो ।” उ
ह्याँ के जिस्किरहेकी के गर्दै छेस?अनि पढाई कहाँ पुग्यो ?आफू त खाडी पो पसियो ” चिने पछि आत्मीय नहुने कुरै भएन
” म अहिले पढाइकै लागि अष्ट्रेलिया छु,त त साँच्चै ट्यालेन्ट मान्छे किन छोडिस पढ्न ? ” – उ
” भाग्यमा जति लेखेको थियो त्यति पढियो,कर्म गर्दैछु खुशी छु । -म
” I love you यार,म तलाइ ज्यादै माया गर्छु,बिगत 10 वर्ष देखि मेरो मनमा त मात्रै त छस ।” झट्का दिई उसले पून
” ह्याँ नजिस्किन,अब माया गरेनी सकियो म त विवाहित हुँ । ” हल्कारुपमा लिएँ
” जिस्किएको होइन,कलेजमा भन्न सकिन,आँट आएन,फेरि त सधैं ग्याङ नछाड्ने,मेरो मन कातर,माया गर्ने भन्न डराउने,म चाहन्थे तनै मलाई भन,त्यो ईच्छा आज नि पूरा भएन।अ सुनेको थिएँ तेरो विवाह भयो रे भनेर,त्यो बेला म धेरै रोएँ,जीवन जीवन मन लागेन,आत्माहत्या गर्न नि मन मानेन। पृथ्वी गोलो छ,एक दिन भेट होला नत्र अर्को जूनी त पक्कै त मेरो भन्ने सोचेर जिएकोछु आज सम्म । कति खोजे फेसबुकमा साले नाम आफ्नो राखेको होइन।” उ संङिलन चाहिँ तर मेरो मन कुडियो,मैले उसलाई कहिले त्यो नजरले हेरेको थिइन,मिल्ने साथी हुनाले त त र म म सामान्य थियो हाम्रो लागि।पढाइमा ट्यालेन्ट हुनाले म कहिले काहीँ घुम्न जाँदा उसैलाई नोट दिएर जान्थे,सरकरी कलेज मन लागे कक्षा लियो नत्र घुम्यो,कति पटक गाली गर्थी तर म साथीहरु लिएर टाप । अहिले पो बुझे त्यो गालीको रहस्य,त्यो नोट लेख्दिनु को कारण ।
” ओइ एउटा कुरा भन्छु नाई न भन ल ।”
” ओइ कता?”
” हेलो हेलो ”
उसको धेरै म्यासेज आएको रैछ,म भने कल्पनाको तालमा डुबुल्की मार्न व्यस्त
” लु भन,ज्यान नमाग बाँकी तेरै भयो । ” मैले नि मजाक गरे
” पक्का ?” उसले निस्चय हुन चाहिँ
“डन डन लन्डन ” उस्तै जवाफ मेरो
” जिस्किने बाँनी उस्तै छ होइन अझै?” अतीत मिसिएर पोखिइ उ
” आफ्नो बाँनी को छोड्छ,अर्काको बाँनी को लिन्छ?” म झन के कम
” लु लु जिस्किन छोड,अब केही सिरियस कुरा छन् सुन । ” उसले सम्झाई
“लु भन ” म सुन्न तयार
” ओइ हामी बिहे गरौ ल । ” यो प्रश्न होइन बम जस्तै पड्कियो मेरो दिमागमा,म काँपे सम्भावित दुर्घटना कल्पिएर,साथमा सम्झिएँ मेरो प्यारी अर्धाङ्गिनी ,जसले जीवन बुझाइन,जिउने आँट दिइन ।
” त पागल त भा छैन?” म कड्किएँ
” हो हो म पागल हुँ,माया गर्ने यहाँ पागल हुन्छन् ,के दुई जना विवाह गर्नु हुन्न? त अष्ट्रेलिया आइज, तेरो परिवारलाई महिनै पछि पैसा पठाइदे,एक एक सालमा जा घर । के यो सम्भव छैन । म तलाई मेरो भएको हेर्न चाहन्छु।बाँडियोस तर केही अंश मेरो पनि होस् ।” अहो ! कस्तो पागलपन,यस्तो नि देख्नु भोग्नु पर्ने है?आफैले आफैलाई प्रश्न गरे ।उसलाई जवाफ दिन उचित मानिन । अगाडि साथी भेट्दाको खुशी कालो बादल बनेर क्षितिज तिर विलय भयो,मैले त्यो खुशी विलय हुदा दुख मानिन । अनायसै केही सोच्दै नसोची मैले उसलाई ब्लग गरे फेसबुकमा अनि नाम पनि फेरे मेरो ।
फेसबुकमा रहेको श्रीमतिको फोटो हेरेर सजल भएँ । हे ईश्वर म आफुलाई बाँड्न सक्दिन,यो ज्यान उनैको मात्र हो । जहाँ सम्म लाग्छ मैले गल्ती गरिन,गल्ती गरेको भएनी माफी। मेरो यो कदमले कसैको अहित नहोस ।
जीवनमा यस्तो छटपटी कहिले पनि भएको थिएन,रातको समयमा पनि कति पटक उठेर भित्र बाहिर गरे,कति पटक मोबाइल खोलेर हेरे,बन्द गरे।फिटफिटीले मलाई रुग्न बनाएको थियो।आफुलाईनै नाताकत भएको अनुभव हुदै थियो।हो मैले गल्ती गरे मनले यसै भन्दै थियो तर दिमाग मान्न तयार थिएन।मन र दिमागको युद्धले झन् म आक्रान्त भएँ।यो समयमा मनको उत्वेग कसलाई सुनाउ?आफै भित्र राखै पनि चुली चुली हुदै बढ्दै गएको महसुस गर्दै थिएँ।सिरानीले मुख छोपेर सुत्न खोज्दा पनि त्यहि आवाज मेरो कानमा ठोकिदै गर्थे,अहो कस्तो बाध्यता,कस्तो नियती? धिक्कार मलाइ अनि मेरो त्यो गल्तीलाई।
रात भरको छटपटीले खोइ कुन समयमा निन्द्रा देवीको बहुपासमा बेरिएँ पत्तै भएन । बिहानको 9 बजे म निन्द्राबाट बिउझिएँ,घरबाट श्रीमतीको मिसकल 15/16 वटा आएको रैछ,बिहानै म सधै फोन गर्थे आज ढिला सम्म फोन नगर्दा उताको मन आत्तिएको होला अनुमान लगाएँ। आज शुक्रवार हुनाले कामको चटारो थिएन,ढिला उठनु सँग यसैको संयोग मात्र हो । नत्र बिहानै काँचो आँखा लिएर मेलो जानू पर्ने हुन्थियो । अझै मेरो दिमाग,मन ठेगानमा थिएन । घरमा फोन गरे मेरो निन्द्रा बाट भक्खर बिउझिएको आवाज सुनेर श्रीमती आत्तिइन । के भो हजुर बिरामी त होइन? सधै यो बेला अगाडीनै फोन गर्ने हजुर आज फोन नआउदा मेरो मन कम्ता आत्तिएको होइन हजुर त निष्ठुरी भन्या । मेरो शंका सत्य थियो । आज शुक्रवार हुनाले अलिक ढिला सुतियो त्यसैले ढिलानै उठियो मैले स्पष्ट पारे । मनको हुटहुटी उनिलाई पोख्न मन थियो तर दिमाग डराउदै थियो,कतै उनिले गलत अर्थ लगाएर रीसाउने त होइनन् ? दिल,अनि दिमागको युद्दले म टोलाएछु । होइन हजुरलाई के भएको म एक्लै बोल्दैछु हजुर कता हेलो हेलो हेलो श्रीमतीको यो शब्दहरुले म पून चेतमा आएँ। मन भरी भरी भावनाको भेल थियो,म भावनाको भेलमा हेलिदै थिएँ। भाव धारमा रेटिदै थिएँ । आज मन कदापी थिएन निको आराम सोध्ने म औपचारिक हुन सक्दै सकिन चाहेर पनि । मेरो पीडाको आँकलन उनिलाई परि सकेको हुनुपर्छ उनले कर गरिन आखिर के भा छ हजुरलाई ? भन्नुस् न म हजुरको दुखमा दुख्न चाहन्छु हजुरको आँसुमा रुझ्नु छ। पोखिनुस असरल्ल भएर मेरो पछ्यौरीमा थाप्नेछु । के म हजुरको पीडा,खुशिको भागिदार होइन,ती अग्नि घुमेर खाएको कसम भुल्नु भयो?
म उनको यी शब्दले झन झन भावुक भएँ,दुखे नमीठो गरेर हो मैले पोख्नु पर्छ यी पिडाको रारालाइ अनि पीडा कम गर्नु छ भन्छन् पीडा बाँडेर घट्छ रे खुशी बाँडेर बढ्छ रे ।
काली एउटा घटना घटयो मेरो जीवनमा हिजो मैले अझै सोच्न सकेको छैन म ठीक या गलत । धेरै तागत लगाएँ भुल्ल ती घटना तर झन झन झाङिए पीडा । हो मैले पोख्नु छ यी पीडा मेरो आफ्नो भन्नू तिमी बाहेक को छ यो दुनियाँमा तर कतै तिमीले मलाइनै गलत मान्ने त होइन यो शंकाले मलाइ खुल्ल दिएको छैन।
“होइन के भन्नू हुन्छ हजुर हाम्रो सम्बन्ध विश्वासको आधारमा चलेको छ,म हजुरलाइ अनि हजुरले मलाई विश्वास गर्नु हुन्छ त्यो नै गतिलो आधार हो/हुनुपर्छ । पोखिनुस डरको कालो बादल हटाउनुस । हजुरबाट पक्कै क्षमा हुनै नसक्ने गल्ती भएको छैन,मेरो मन त्यसै भन्छ। ” श्रीमतीको ढाडसले म फुरुङ्ग भएँ ।
बेलिविस्तार लगाएँ मैले हिजोको कुरालाइ,उनले सुनिरहिन बीचमा केही बोलिनन। सबै कुरा सुनेर उनी मुसुक्क हाँसिन अनि प्रश्न गरिन ” के तपाईं पनि उसलाई माया गर्नु हुन्छ ?” यदि गर्नु हुन्न भने किन डराउनु हुन्छ,तपाईंले महिलाको मन बुझ्नु भएको छैन सम्झाउनुस उसलाइ,हो माया अन्धो हुन्छ तर मायाले अन्याय गर्नु हुन्न । एउटी महिलाको पति खोस्न सजिलो छैन । जहाँ सम्म मलाई लाग्छ उनी आधुनिक केटी हुन उनमा अक्कल धेरै छ। हो हजुरले गल्ती गर्नु भएकै हो उसलाई ब्लक गरेर,उसलाई आफ्नो मान्नुस,साथीको सम्बन्ध अटुट छ भन्नुस् । सम्झाउनुस अझै छ समय। हजुरको आवेगले के बित्यो होला उसमा म कल्पना सम्म गर्न सक्दिन। पीडा उसको होस या मेरो आखिर पीडा पीडानै हुन्छ । ”
“उसो भए म के गरौ त ?” मैले प्रश्न गरे
“तपाईं मेरो श्रीमान होइन छोरा हो त्यसै भनेको होइन नि मैले,रीसाउन कम गर्नुस् रीसले समस्याको निकास दिन्न प्यारा । अनि पून उ सँग कुरा गर्नुस् सम्झाउनुस। ” श्रीमतिको सल्लाह पाएर म पुलकित भएँ,आफुलाई भाग्यमानी ठाने उनी जस्तो श्रीमतिको श्रीमान भएकोमा ।
” फेरि उ सँग मेरो साँच्चैको लभ पर्यो भने?” मैले जिस्किन चाँहे अझ भनौ सम्भावना देखाएँ
” मैले पहिलेनै भनेकोछु सम्बन्ध विश्वासमा अडेको हुन्छ,मलाई हजुरको विश्वास लाग्छ यो नै मेरो ठूलो अहम हो अनि एउटा हतियार पनि।” उनको सहज जवाफ
धेरै लामो समय आत्मियताको,मायाको,सम्बन्धको छलफल गरेर उनिबाट छुटे । मन केही हल्का भएको आभास भएको छ अब ।
अब के गर्ने त ? कसरी उसलाई सम्पर्क गर्ने प्रश्नहरु घुम्न थाले दिमागमा,पून फेसबुकमा जोड्ने ? होइन होइन अरु उपाय ? सोच्दा सोच्दै समय घर्किदै गयो । अझै निधो गर्न सकेकै थिइन ।मेरो मोबाइल बज्यो,सिरानी मुनि राखेको भ्राइबेसनमा भएको मोबाइलले सिरानीलाई भुकम्पले झै हल्लायो । सिरानी उठाएर हेरे नो नम्बरबाट फोन आएको छ,नो नम्बरबाट फोन गर्ने को होला? सोच्दा सोच्दै फोन काटियो । फेरि आउला भनेर मोबाइल हातैमा राखे अह पून फोन आएन ,आउदै आएन । आzzzz कामको भए पून आउला नो नम्बर हुनाले कल ब्याक गर्ने कुरा नि भएन ।
दोधारको भुमरीमा घुम्दै म फेसबुकमा पुगे,दिनमा १२/१४ घण्टा फेसबुकमै घुम्ने म आज किन किन फेसबुक चलाउनै मन लागेन । होइन कस्तो भुतिया रोग लागेको होला ?? म पागल हुँ,रीसको आवेग थाम्न सक्दिन,मेरो सबै भन्दा कमजोरी। खोइ के सोचे आफ्नै फेसबुक एकाउन्ट Deactivate गर्न मन लाग्यो,मन लाग्यो मात्रै होइन गरे पनि । अझै मेरो मनोदशा शान्त भएको छैन । आफैले बुझ्न सकेको छैन म चिन्तन गर्दैछु या चिन्ता । पून भुकम्प आयो मोबाइलमा +61 बाट आएको थियो ।मोबाइलमा अनेक कुरा गरेर फकाउने गोरोह हो कि भनेन फोन उठाउन मन मानेन । दोधारमै पून फोन कट्यो । शंका उपशंका बीच मैले यता बाट कल ब्याक गरे। एकै रिङ्गमा फोन उठयो । बुलेट पड्कियो उता बाट म फोनमा होइन कुनै युद्ध मैदान मा छु जस्तै भान भयो । फोन अरु कसैको नभएर उहीँ पूरानो साथीको थियो। जसलाई म सम्पर्क गर्न डराउदै थिएँ।
” ओइ तैले के सोचेको आफुलाई,फेसबुकबाट किन डिलिट गरिस ?” उसको प्रश्न अझै भनौ एटम बम
म निशब्द थिएँ,माफी माग्न पनि लाज लाग्दै थियो। ” खोइ किन किन मलाई जे गर्न मनले भन्यो त्यो मैले गरे ।यो ठीक या बेठीक म त्यो बेला सोच्न सक्ने स्थितिमा थिइन। गल्ती गरे भनेर म माफी पनि माग्ने मुडमा छैन,अब आफै बुझ । अनि म सँग धेरै ब्यालेन्स छैन भाइबरबाट फोन गर ।” यति भनेर मैले फोन काटे
लामो समय सम्म फोन आएन,मैले पनि प्रयास गरिन। सायद उसले नि उसैले गर्नु पर्छ भनेर कुरेर बसेकी होला,यो केटीको जात कम जब्बर हुन्छन् ,आफ्नो अधिकार जताउन खोज्छन् । अह भएन अब म नै कल गर्छु भनेर भाइवरबाट कल गरे,उसको नम्बर व्यस्त पो देखायो,सायद उ पनि मलाई कल गर्न प्रयास गर्दै होली ।
केही समयको पर्खाइमा उसको फोन आयो ।
” होइन तैले फोन काटेर गर्नु पर्दैन?” उ पून आवेगमा
” तेरो रीस धेरै नदेखा है भन्देको छु,धेरै रीस उठाइस भने यता पनि ब्लक गर्छु नि ।” अधरमा हल्का मुस्कान फुलाउदै मैले जवाफ दिएँ
“तेरो बानी अझै उस्तै छ होइन?नाकैको टुप्पामा छ रीस। ” अतीत सँग तुलना उसको
“हो म उस्तै छु,रहन्छु।” म
“लु छोड फेसबुकनै जीवन होइन,त म सँग बोल्दैनस होला भन्ने डर थियो तर बोलिस यो नै काफी छ मलाई ।” उसले कुरा मोड्न चाहेको छनक बुझे मैले
“त्यो आवेगको निर्णय थियो ।” म पनि संलिन चाहे
” अनि नयाँ नौलो ? के साँच्चै मलाई तेरो जीवनमा ठाउँ दिदैनस ?” -उ
” माग्नेहरुको ताती छ कस कसलाई के के दिएर सकौ ?प्रीय म सँग एउटा चुरोटको धुवाँले पुरिएको फोक्सो,कहिले आफ्नो हुन नसकेको धड्कन अनि बिगतको खाटा बस्न नसेका घाउ मात्रै छ,सोच्छु दुनियाँ मेरो हुन सकेन या म दुनियाँको हुन सकिन। त नै भन अब म के दिउ के लिउ?” -म
“लु भो धेरै साहित्य नछाट,के मलाई माया गर्दैनस ?” अझै उहीँ कुरा उसको
” म तलाइ माया गर्थे,गर्छु,गरिरहन्छु यसमा दुई मत छैन।म तलाई शंकर लामीछानेले शिरिषको फूलको भुमिकामा पारिजातलाई गरे जस्तै माया गर्छु,सायद त्यो भन्दा ज्याँदानै पो। ” म गहिरा कुराले उसलाई अझाउने प्रयासमा लागे ।
” म तलाई भुल्न सक्दिन अह सक्दै सक्दिन। त मेरो मनमा यसरी टाँसिएको छस जसलाई उप्काउन मैले मर्नै पर्छ । ” उ
” लु यस्ता कुरा नगर,सोच त्यो आइमाईको बारेमा जसले मलाई तैले भन्दा ज्यादा माया गर्छे,जसले मेरो लागि दुनियाँ त्यागेर आएकी छे,के उसको माया खोस्नु पाप होइन?” म
” माया अन्धो हुन्छ,यसले पाप धर्म हेर्दैन । केबल निस्वार्थ माया गर्छ । ” उ
” निस्वार्थ रे तर त मा स्वार्थ छ,यो आवेग हो। कुरा बुझ ।” म
” म यो मनलाई कसरी बुझाउ त आफै भन ? 10 साल देखि जसले तेरै पूजा गर्यो,तलाईनै पर्खिएर बस्यो के यसको दोष छ? सोच्दा सोच्दै एउटा उपन्यासको पलट बनेछ,म लेख्न सक्दिन तर सपना देख्नु मेरो अधिकार हो आँखा बन्द गरेर होस् या खोलेर । भो नरोक मलाइ दे देख्न यी कहिले पूरा नहुने सपना अनि फिजाउन दे बिस्कुन मनको पटाङ्गिनी मा त्यसलाई दुखको तापले सुक्न दे । म विगतमा फर्किएर दुख्न चाहन्न तर पनि विगत किरिङ मिरिङ आउँछ आखाको डिजिटल फ्रेममा म कसरी डिलिट गर्न सक्छु? म भुल्नै सक्दिन ती विगत । ” कुरा बुझ्नु कसरी उ पोखिन थाली
” उसो भए पहिलेनै किन माया लुकाइस त ? त्यो तेरो गल्ती थियो,त्यो गल्तीको सजाय पक्कै यो हुनुपर्छ । ” – म
” मैले तलाई भन्न खोजेको थिएँ तर ,त्यो १४ February अझै म भुल्ल सक्दिन,बिहानै सखारै उठेर मैले तेरो लागी केहि बनाएँ, म आफैले बनाएको उपहार दिएर आज जसरी पनि मायाको इजहार गर्छु भनेर।मन त्यसै त्यसै फुरुङ थियो,डराएको थियो।एक प्रकारको अनौठो,मीठो,नमीठो अनुभुतीले मनमा डेरा जमाउदै थियो।कलेज नजिकैको डेरा मेरो, आज मेरो नजर मात्र त मा थियो।यदी एक्लै आइस भने यतै रोकेर भन्छु तर त्यो सम्भावना थिएन,त सधै ग्याङमै हिड्ने आज झन् के एक्लै आउलास्?अनेक तर्कना मन भित्र लिएर कलेज लागे लुरुलुरु पछाडी हेर्दै हेर्दै,झोलामा तेरो लागी उपहार लिएर।
पर देखे मैले तेरो ग्याङ मनमा आशाको दियो जल्यो,मनै हरर भयो।खोइ कस्तो कस्तो काउकुती लागेको होला मनमा म अहिले यसको वयान सक्दिन,भावनाले हेलिन्छु त्यो पल सम्झिदा आँशु -खुशीको नदीमा गोतालगाउछ मन।मेरो छेउमै आएर तेरो ग्याङको एउटाले भन्यो।
“ओइ … एक्लै कता?”आज त प्रणय दिवश रे नि के छ विचार?”
मैले सबै भन्दा पहिला तेरो अनुहार हेरे तेरो अनुहारको भावमा केहि परिवर्तन थिएन।त्यो बेला तैले भनेको याद छ?कस्तो निश्ठुरी मन है तेरो?
फोनमा एक्लै उ बोल्दै थिई,उसको प्रश्नले म बोल्न बाध्य भएँ-“खोइ के भने र?मलाई याद छैन यार।”
“हो मलाई थाहा थियो तेरो जवाफ त्यो नै हुन्छ भनेर,म नै मुर्ख जानिजानि तलाई प्रश्न गर्ने।” उ केहि रीसाएको केहि घुर्कियाएको जस्तो गर्न थाली
” लु लु के भने भन्न त ? ” मैले सुन्न आतुर भएको नाटक गरे
“मलाई अझै गला लाग्छ त्यो दिन तैले मलाई हेर्दै नहेरी कुन सँग यसको पनि लभ पर्न लागे जस्तो छ,दुई दिन रमाइलो हुन्छ मायाको दुनियाँ तेस्रो दिन टुट्छ अनि पागल हुँदै हिड्नु पर्छ । ” अनि मैले आँट बटुलेर सोधेको थिएँ तलाई आज कसैले माया गर्छु भनेर उपहार दियो भने के गर्छस ? तैले बेफिक्री केही नसोची जसले उपहार दिन्छ उसलाई त्यो उपहारको झटारो हान्नेछु। कसैलाई नआएको बैँस आएकाहरुलाई ,अरु के गर्नु यो समय पढ्ने हो,प्रेमको खेल खेल्ने होइन । तैले यसै भनिस तब म भित्रको माया पनि मुर्झायो,मैले तलाई दिन ल्याएको उपहार जोडले समाते,त्यसले धर्म छोडेन त्यो टुट्यो झोला भित्र मेरो मन जस्तै चकनाचुर भएर । ”
” म हाँसे हाहाहाहा सायद मैले त्यो बिगत सम्झिएँ हुला,ए ए त्यो त मैले जिस्किएर पो भनेको त म जस्तो हाँडीलाई कसले माया गर्छ र भन्ने जो थियो मलाई ।” गोलबोलीमा बोले म
यसरी कुरा हुँदै गयो बिहान 8:30 देखि म बोल्न थालेको उ सँग 7/8 घण्टा कुरा भयो ननस्टप । कति पटक मैले फोन राख्न भने अह उसले मानिन,उ लगातार पोखिरही ।
“तलाइ याद छ एक दिन त क्रीकेट खेलेर लखतरान भएर एक्लै आउदा संगम चोकमा भेट भएको ?” उ
किन थाहा नहुनु,गोजिमा सुक्को थिएन भोकले हैरान सबै केटाहरु उतै छुटे एक्लै मलाई घर पुग्न कठिन भएको थियो त्यो दिन तैले मलाइ गरेको सहयोग कहाँ भुल्छुर म? ” हार्दिकता देखाएँ
” त्यो दिन मेरो लागि झन बिशेष छ,तैले खाना खाएर थाल पखाल्न खोज्दा मैले किन दिइन थाहा छ?” प्रश्न उसको
” पाहुनाको स्वागत गरेको होला नि मलाइ के थाहा ?” म
” त त लाटै रैछस, मैले सुनेको थिएँ,’जुठो खायो भने माया बढ्छ रे’,त्यसैले त घर गए पछि त्यो थालमा मैले भात खाएँ,मायाले आत्मियताले । पोखिएँ असरल्ल तेरो मायामा तर त दूर दूर हुँदै गईस । म जति तेरो नजिक नजिक हुँदै गएँ उति उति त टाढा । त बसेको स्थानलाइ दिन भर छामी रहे,त्यो स्थान मेरो लागि पूजनिय बन्यो। अरु दिन पनि त्यो स्थानलाई स्पर्श गरेर दिन शुभारम्भ गर्थे म । ” अतीत बल्झाइ उसले अहो! कस्तो माया कस्तो समर्पण म स्खतित भएँ,मेरो आँखा रसाएँ आँखाको ढकनीले आँसुलाई रोक्न सकेनन् बग्न दिएँ आँसुलाई अनवरत । म असामान्य भएको उसलाई थाहा नहोस् भन्ने हेतु म फोनमै मुस्कुराएँ मुस्कुराउनु के थियो फगत अभिनय गरे।
” जब जब कलेक सकिने दिन आउन थाले म झन झन बिचलित हुँदै गएँ,त कसै सँग बोलेको हाँसेको देख्न नसक्ने हुँदै गएँ। त केवल मेरो होस् भन्ने भावनाले मलाई सधै कोर्रा लगाइ रहयो,नमीठो दर्दलाई पनि मीठो मान्दै जिउदै गएँ। आशा थियो एक दिन त मेरो हुनेछस । आशाको पोखरीमा गोता लगाउनु कम्ता सुखद हुन्छ तलाइ के थाहा??”
अहो! अहो! म झन् झन् आक्रान्त हुँदै गएँ,मलाइ उसले भावनाको भेलले बगाउदै लग्यो,म आफू आफु हुनै सकिन। तर पनि सम्हालिनु छ,सम्भावित दुर्घटनाको कल्पना गर्दा पनि कहालीलाग्दो हुन्छ भविस्य ।
” लु केटी अब धेरै लामो समय भयो छुटिनु पर्छ,अब हामी मिल्ने साथी है सधै कुरा गर्नु पर्छ । ” म उ सँग छुटिन खोजे तर उ अझै मानिन मान्दै मानिन ” बल्ल म पोखिन पाउदैछु,यो मनको तलाउमा पीडाको रारा फेवा छ ,अब सक्दिन पोखिनदे मलाई।” उसले याचना गरि।
” होइन यार भोलि पनि बोल्नु पर्छ नि ल बिदा ।” म छोटिन चाँहे
खोइ के सोची उसले ल हुन्छ आफ्नो ख्याल गर है अब राख्छु भन्दै बिदा भइ ।
उसँग छुटेपछी म पून बिगतमा पुगे,याद गरे ती बिगत अहो ! कस्तो बिगत तरेर म यहाँ पुगेको रैछु कहाली पो लाग्यो मलाई ।
यसरी अब उस बोल्नु मेरो दैनिकी हुँदै गयो,हामी,एक अर्काको सुख दुखको साथी भएका थियौ,एक दिन उसले फोन नगर्दा मलाई त्यो दिन अपुरो लाग्न थालेको थियो। होइन मलाइ कतै माया त भएन म झस्किन थालेको थिएँ,होइन होइन यो आत्मियता मात्र हो माया होइन मनलाई सम्झाउने बहाना यतिनै थियो । तर उसको good morning,good afternoon अनि good night म्यासेज नपाउदा सम्म म काकाकुल हुन्थे मैले छातिमा हात राखेर भन्नु पर्छ यो,स्विकार्नु पर्छ यो सत्यलाई। मैले आफुलाइ विश्वकै भाग्यमानी मानिस मान्न थालेको छु,जसको माया गर्ने श्रीमती अनि साथी छ । हो म भाग्यमानी हुँ । म कामना गर्छु हाम्रो जीवन यसरीनै बगोस अब मृत्यु सँग पनि गुनासो लाग्छ,त्यो मृत्युुको नजर कहिले हामीमा नपरोस सधै सधै आत्मीयताले जीवन पाउँ,कामना गर्छु ।
समाप्त ।
(स्रोत : Nirajan Prabhat’s Blog)