ज्योती बनेर बस्नू आभा छरेर भोलि ।
चाहे म दूर जाऊँ सागर तरेर भोलि ॥
जीवन हुँदैछ कालो रातै छ आज साथी,
लाँदैछ चाँदनीको स्यूँदो भरेर भोलि ।
बिस्मात छैन कत्ति आयौ चुँडेर लायौ,
उस्तै गरेर मर्थेँ भुईँमा झरेर भोलि ।
ब्यर्थै म अन्ध बन्दै जोख्दो रहेछु प्राप्ति,
के नै छ जिन्दगीमा लाने मरेर भोलि ।
हेर्दै मलाई पागल भन्ने जमात आज ,
एक फेर हेर साँचो माया गरेर भोलि ॥
(स्रोत : Shabdahar )