आलो थियो यो घाउ सिलाएर गयौ
अनी किन जहर पिलाएर गयौ
कती चाहन्छु म तिमीलाई के थाहा
मायामा घातहरु मिलाएर गयौ ।
एक्लै खोला जीन्दगीको तर्न गाह्रो हुन्छ
माया गरि फेरी माया मार्न गाहो हुन्छ
भन्न त भन्यो तिम्रो माया अन्तै सार
तर चोखो माया अन्तै सार्न गाह्रो हुन्छ
हेर वाह क्या बात थियो
वास्तवमा विश्वास घात थियो
सोचे यो, मेरो रङ्गमञ्च हो
तर के थाहा क्षणिक मात थियो ।।
फुलको पनि रेट्ने धार देखियो
मायामा दुइ अनि चार देखियो
सबैले भन्छन् मायामा पिडा पाए
तर मेरो लागी माया अपार देखियो ।
(स्रोत : Sahitya Batika)