~रविन खतिवडा~
अतृप्त ती वटुक नयनमाझ
बिझ्ने ती बैँशका हरफहरु
रुझ्दा रुझ्दै फाटेका पन्नामाझ
लतपतिएका जीवनका आलेखहरु
छरपष्ट भत्किएका शब्द भित्रका मर्मले
थिचिएका विलिन संवेदन ती आशहरु
मेट्न आत्माका द्धेषहरुलाई
भाँचिएका गुलाफका डाँठहरु
र्निलज्ज !! निभिसकेको छ आज
किनकि
लत्रिएका अभिलाषासँग साटिएको चिनारीले
नाङ्गो शरिर, रित्तो ओच्छ्यान पारेकोथ्यो पिरतीले
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )