फूलको हासो तिमी राख्नु काडा दिनु मलाइ।
कागज रैछ मेरो जीवन कोरीदिनु सलाइ।।
फूलसगै तिमी हाँस्नु बगैचाको माझ
चन्द्ररुपी मुहारमा नलागोस कहि दाग।
जून पनि तिमी राख्नु तारा दिनु मलाइ
कागज रैछ मेरो जीवन कोरीदिनु सलाइ।।
तिमी रैछौ काडेतार म मक्खिएको धागो
टुक्रिएर खस्दा छैन समाउने हाँगो।
शितल तिमी चौतारी हौ आगोको म पोलाइ
कागज रैछ मेरो जीवन कोरीदिनु सलाइ।।
(स्रोत : साहित्य संग्रहालय )