सारङ्गी तार बजाउँदै, गाउने दलित हुँ म
दुःखको पल बिसाउँदै, आउने दलित हुँ म
मुख बोल्दैन त्यो कुकुर, तर बस्छ चुलो छेउ
कुकुर भन्दा अपमान, पाउने दलित हुँ म
चिन्दैन पानी फरक घाँती, तर अछुट हुने
अपमानको सिङ्गै जामा, लाउने दलित हुँ म
उल्टो सुल्टो बाजाहरु, बज्ने गर्छन् हाम्रै हात
मर्दापर्दा सिङ्गार भर्दा, छाउने दलित हुँ म
उचनिच चलिरहँदा, आँत सुक्छ स्वाभिमानको
भान हुँदा ठाडो शिर, रमाउने दलित हुँ म
१२चैत, २०६८
पाछाबाङ–६, रोल्पा ।
(स्रोत : Nabin Lochan’s Blog )