हिउँ खोलाको पानी छुनै नहुने
लेकको भिरालो बाटो हिंड्नै नहुने
याकको गलामा लाएको घण्टी बज्छ टिङटिङ
हाम्रो त लेकमा मधुरो घाम सँधै पानीको रिमझिम
बादल आई छानामा गर्दछ सँधै छामछुम
मादल चिसोले छोपिन्छ डम्फू चै गर्छ डुमडुम
आङालाई अक्षरै थाहछैन, क बाट के के लेखिन्छ
छिरङलाई सँधै पाखामा घाँसको भारीमा भेटिन्छ
स्वर : वि.स. २०३७-२०३८मा स्वर्णिम स्कुलका विद्यार्थीहरु : अँजु, टेम्डो, चेतना मानन्धर, सोनिका, सुमित्रा, रुसिला चित्रकार
शब्द /संगीत : रामेश श्रेष्ठ