खै! कसरी पुरा गरुँ?मेरा अतृप्त सपनाहरु ।
उठाउँ कि अझै छरुँ !मेरा अतृप्त सपनाहरु ।
न आँखैमा रमाउँछन् न मनैमा शान्त बस्छन्
जम्मा गरि केमा भरुँ!मेरा अतृप्त सपनाहरु ।
चुराएरै लैजान्छन् कि!आँखाको ताल् पढ्नेहरु
आँखैबाट मनले हरुँ! मेरा अतृप्त सपनाहरु ।
अझै कति देखाउँछस् आशा मात्र ए समय
हुँन्न पुरा भन्दे बरु मेरा अतृप्त सपनाहरु ।
(स्रोत : Nepalighazal )

