कथा : डाँकाको गाउँ

~इन्द्रेणी शर्मा ‘जलद’~

गाउँ रमाइलो थियो समाजमा एक प्रकारको सुरक्षीत र आनन्दायी थियो गाउँलेहरु आफसमा मिलेर बसेका थिए एक दिन एउटा दुखदायी घटना घट्छ दोहोरो भिडन्तको लागि मानब कवचढाल बनाउनको लागि गाउका मानिस लाइ विद्रोहबाट उर्दी जारि गरियो यसमा मतभेद भयो आपसमा धेरै हताहत पनि भए राजनैतिक प्रतिसोध आगोसंगै सल्कियो पुरा गाउँ .

हरेक मानिस एक आपसमा बालबालिका अपहरण हुन थाले यही घटना सुनाउदै थिए गाउँका मानिसहरु

“बाबू हो तिमीहरु शिला शर्मालाई चिन्छौ ?” एक जना वृद् मानिसले युवक सामु आएर सोधे

युवकहरुले अभद्र ब्यबहार गर्दै भने “”हे बुढा तिम्री छोरी हो ? अघि यौटा मान्छेसंग गइ ”

बुढा मान्छे लाइ आफ्नो छोराको झल्को आयो कतै मेरा छोरा त् यस्तै असभ्य बनेका छैनन् ,मनमा धेरै सोच्न पुग्यो , बिदेशमा छन भन्छन साथीको संगतमा लागेर बिग्रे कि आज यी युवकहरुको गतिछाडा ब्यबहारले ऊनी चिन्चित थिए

एउटी युवतीको साथमा उसको भाइ हुदो हो संगै आउदै थिए एक जना बद्मासले युवतीको हात समातेर जिस्काउदै थियो भाइको रिसले आगो देखाई सकेको थियो नजिक एउटा ढुंगा टिपेर हिर्कायो ऊ युवक ठहरै भयो बुढो मान्छेले हेरी रहेको थियो

केटाहरु भाइलाई पिट्न थाले अब भएन भनेर आफ्नो लौरोले प्रहार गरे सबैलाई लखेटे सबै मिलेर

उनीहरु छिमेकी गाउँकै युवक थिए उनीहरुका आमा बाबा साथमा थिएन् उनीहरु दशबर्षे गृहयुदको दोहोरो भिडन्तमा मारिएका थिए .उनीहरुलाई न विद्रोहीले आफ्नो बनाए न त सरकारले नै उनीहरुलाई पालन पोषण शिक्षा रोजगारीको ब्यबस्था गरेको थियो .आफ्ना हजुर आमा बाबाको घरमा बसेका थिए

समय बित्दै गयो ,युवकहरु बिभिन्न कुलतमा लागि सकेका थिए उनीहरुको हित भन्दा बिभिन्न अपराधिक काममा प्रयोग गरिन थालियो

एउटी युवतीको चित्कार सुनियो ,मानिसहरु कुनै मतलब गर्ने छोडेका थिए आखिरी बदमास युवक नै त्यो आवाज आए तिर गयो ऊ अरु भन्दा भिन्न थियो उ खराब साथीको संगतले ऊ बाधिएको थियो उ उम्कन नचाएको होइन किन्तु उसलाई बिभिन्न आरोप लगाई डाकाँलाइ सुम्पने धम्कि दिन्थे तैपनि उ ठूलो शाहस गरेर युवतीलाई इज्जत दिएर बचायो , उसलाई सबैले रिसले धम्काए उ झन् रिसाएर खाउला झैँ गरि यौटा माथि झमटियो अरु भागे र भोलि तेरो सफाया हुनेछ बुझिस भन्दै गालि धम्कि गर्दै आफ्नो बाटो लागे / युवतीले उसलाई परिचय दिई आफ्नै दाइ जस्तो सम्झेर भक्कानिएर रोइ ऊ आफ्नो जीवनमा कोहि भए जस्तो लाग्यो उसले बाटो भरि आफ्नो जीवनका सारा कुरा बतायो युवती उसका कुराले ब्याकुल भई मानिसका जीवनका हरेक मोडहरु पलपल बदलिन्छन उ सोचेको भन्दा बेग्लै परिस्थितिमा पाउछ कोहि अपराधि बदमास बन्न चाहन्न तर बिबिध कारणले ऊ भागीदार हुन् पुग्छ उसलाई युवतीले उसलाई आफ्नो घर लिएर गई

आफुलाई घटेको सम्पूर्ण कुरा आफ्ना अभिभाबकलाइ बताई सबैले उसलाई स्याबासी दिए उ भाबुक भयो अनायासै उसका आँखा बाटआसुँ टिलपिलाए

शिला का परिबारले भने .हेर सागर तिमी भित्र कस्तो सुन्दर भावना रहेछ ? जे होस् तिम्रो पनि कोहि रहेनछ बस यतै तिमीलाई हाम्ले काम दिन्छौ काम गर फुर्सद मा पढ उसलाई जीवन कता कता सुन्दर लाग्न थाल्यो ,मेरा साथीको कारण मैले साथीलाई छोडें किनकी यहि कारण मेरो जीवनमा नया मोड दियो म अब खराव लतमा लाग्दिन मनमनै उ बिस्वास राखेर आफ्नो काम गर्न थाल्यो

बेला बेलामा उसलाई पुराना साथीहरुले धम्काएका हुन्थे ऊ उसलाई केही जवाफ नदिई आफ्नो बाटो लाग्थ्यो

अचानक एक दिन महिनौ भेटेको बुढो मानिस शिलाको घरमा आए त्यो बेला चुपचाप पर बसेर हेर्ने केटो यही हो भनेर ठम्माए हे बाबु मलाइ चिन्यौ ?

चिने बाबा म बिबश थिएँ म एक्लो थिएँ अरु भन्दा कम्जोर थिएँ र बिरामी पनि मैले हिम्मत गरेर हजुरलाई र ती दिदी भाइलाई जोगाउन सकिन मलाइ माफ गर्नुस बाबा म कुसंगत गर्दिन छोडी सकें

स्याबास बाबु ! ठिक गर्यौ उनलाई शिला का परिबारले स बिस्तार बताए ऊ यो सुनेर झन् गम्भीर बन्यो ऊ शिलाको घरको परिवारमा आफ्नो पहिचान बने सकेको थियो

राति शिलाको घरमा डाकाँ लाग्यो ,अनेकन खोजि गर्दा पनि प्रहरी प्रशासनले डाकाँहरुलाई पक्रन सकेन बिभिन्न संचार माध्यमले सक्त बिरोध गरे

एकदिन उसको पुरानो साथी गंगु संग उसको भेट भयो उसले सम्पूर्ण कुरा खोल्यो र भन्यो म पनि ऊनी देखि हैरान भएर होटेलमा काम गर्दैछु देखे भने मार्ने धम्कि दिएका छन उसलाई पनि मार्ने कुरा साथीले बताउदा ऊ हच्कियो डरायो हामीले केही गर्नु पर्छ हिराले हिरा काट्छ भने झैँ उ एक जना कुख्यात डाकाँ संग जाने सोच बनायो र नभन्दै एकदिन ऊ त्यस्तै डाकाको सामुन्ने भेट भयो उसको हाउभाउ देखेर नजिक गएर सोध्यो “” अंकल मलाइ बचाउनुस म खराव मान्छे होइन”

उ छक्क पर्यो हेर्यो मानिस मलाइ देख्ने बित्तिकै तर्सन्छन तर यो किशोर ? मैले आफ्नो जीवनलाई परिबर्तन गर्ने पर्छ जीवनमा जे जस्तो अपराध गरे पनि अब आइन्दा कदापि गर्ने छैन

दुवै जना घन्टौं बसें दुबैले आफ्नो बिगत अतित सुनाएँ उसले आफ्नो हराएको सन्तान पायो किनकी ऊ यही बालकलाई खोज्ने क्रममा बिभिन्न आरोपमा प्रहरी प्रशासनको निर्मम यातना भोग्दै आखिरी प्रतिसोधको बाटो लिएर डाकाँ बनेको सुनायो

उसले आफ्नो बाबालाई ऊ बसेको घरमा लिएर गयो मानिसहरु सबै डराए किनकी उसको बारेमा उसको नाम सुन्दै मानिस जिब्रो टोक्थे डराउथे

शालीन पारामा उसले आफ्नो अतित दोहरायो

बुढो मानिस अचानक आएर उसको नजिक बस्यो र भन्यो यो अपराध ती हाम्रा समाजसेबी बनाउदा ऋषि राम शर्माले गरेका हुन् किनकी उनलाई नेता समाजसेबी बन्नु थियो बिक्रम सबैको प्रिय थियो र उसलाई यहाँ सम्म पुराउने ब्याक्तिको खोजीमा थियो बिक्रम आज ऊ प्रतिसोध लिने मोडमा छ

ऊ ऋषि रामको घरमा पुग्यो आफ्नो अगाडी यमराज उभिए झैँ लाग्यो ऊ फोनबाट आफुलाई सुरक्षा दिनको लागि प्रहरीलाई सम्पर्क गर्दै गर्दा उसको हातको फोन खोजेर भन्यो मेरो छोरो खै ? मलाई यो अबस्थामा ल्याउने तँ होइनस ?

ऊ डरले कांपी रहेको थियो

आज तेरो सफाया हुने छ बुझिस अर्को शर्त पनि हुनेछ मेरो पुत्र ले जे भन्छ त्यहि सजाय पाउने छस

ऋषि रामको घरमा सन्नाटा छाएको छ विदेशबाट छोरो घर आउदै छ छोरी उषा र सानो छोरो बिनय घरमा छन्

छिमेकी डरका कारण नजिक हुन् सकेका छैनन्

उसको जेठो छोरो आएर हेर्छ सबै मौन छन आमा रोहेर बेहाल छ बहिनी र भाइ मुर्ति झैँ मुर्तिबत छन कोहि बोल्न सकेका छैनन्

अचानक शिला देखा पर्छे ऊलाइ देखेर ऋषि राम आफ्नो दुखेसो पोख्छ सारा कुरा सुने पछी हुन्छ म प्रयास गरुला त्यो उनीहरुको कुरा हो तपाइले प्रायश्चित गर्ने पर्छ

शिलाले सबैलाई आफ्नो घरमा बोलाउछे सबै जम्मा भए पछी कुराको थालनी हुन्छ हात हालाहाल पनि भयो धेरै बेर पछी टुंगोमा पुगे

अब आइन्दा कोहि कसैले छर छिमेकमा अरुलाई दुख कष्ट दिएर राजनीतिको समाज सेवाको आड लिएर पर्दा पछाडिबाट पारिबारिक कष्ट दिनेलाई समाज बहिष्कार गरिनेछ यो बालकलाई यत्रो बर्ष सम्म पारिबारिक सम्बन्ध बाट बिच्छेद गराएको र बिक्रमको बाबालाई डाकाँ बन्न बिबश बनाउने ऋषि रामलाई यत्रो बर्षको क्षतिपूर्ति स्वरूप पचास लाख जरिवाना तिर्नु पर्ने नत्र आफ्नो पारिबारिक सम्बन्ध बाट जति बर्ष बिक्रम र विक्रमको बाबा हुनु परेको थियो त्यस्तै भोग्नु पर्ने सबैबाट सहमति भए पछी कुरा मिल्यो

बिक्रम आज शिलाको जीवनमा आएको छ उसले शिलालाई भन्ने छ

….हो म कुख्यात डाकाको छोरा हुँ भन शिला म के गरूँ ?

शिला चुपचाप रुदै आफ्नो घर लागि ,धेरै पल्ट बिक्रम उसलाई भेट्न जान्थ्यो सधै ढोका बन्द हुन्थ्यो छिमेकी संग सोध्यो यत्ति भन्थे तिर्थ यात्रा गएका उसका आमा बाबा पहिरोमा परेको कुरा गाउँले सुनाउथे मरे बाचेको पत्तो थिएन उसको भाइ र उ घरमा बसेका थिए ,भाइ पढ्न भनेर गएको अझै फर्केको थिएन गाउँमा अनेकौं दुखद समाचार सुनिन्थे हुन्थे यसैले बिक्रमका परिवार पनि त्यो गाउँ छोडेर तराइ मधेश तिर लागे ऊ आफ्नो घरबाट कहिल्यै बाहिर निस्किन मानिसहरु अझै त्यो घर देखाउदै भन्छन त्यो बुढो मानिस शिलाको मामा थिए उनलाई पनि आफ्ना आफंतिले लिएर गए कहिले कहींआउथे जान्थें आजकल कहाँ छन पत्तो थिएन

त्यो घरमा शिलाको अतृप्त आत्माले बिक्रमलाइ खोजेको हुन्छ भन्छन गाउँले हरुले खोलाको डरले गर्दा सुरक्षित ठाउमा बसाइ गरे ठूलो पानी पर्दा भाग्ने ठाउँ पनि थिएन शिलाको भाइ फर्किदा घर भुत घर झैँ थियो छाना भत्केको थियो माथि नर-कंकाल झुन्डिएको थियो एउटा बाकस भेटियो बाकसमा एउटा डायरी भेटियो यसमा गाउँका अपराधीहरुको नाम अंकित थियो किनकी उसका आमा बाबा गए पछी उसलाई गाउका लोग्ने मानिसबाट शारीरिक मानसिक यातना पाएको सारा कुरा उल्लेख थियो एक्लो घर थियो अरु भत्काएर अन्तै लागेका थिए सुनसान थियो भाइले प्रहरीमा जानकारी सहित डायरी सुम्पियो र ऊ आफ्नो गाउँ कहिल्यै नफर्कने गरि मुग्लान पस्यो

प्रहरीले सबैलाई गिरपतारी गर्यो पसलमा सामान लिने निहुमा आएर सैतानी भोक मेटेर जानेलाई बल्ल एकएक कोराले अतीतलाई सम्झाएको छ

जब गाउँको खवर विक्रमले सुन्यो ऊ फर्केर आएर यसको डकुमेन्ट्री बनायो

डाकाको गाउँ !

नेपाली समाजमा यो कथा पटक पटक दोहरिएको छ दोहारिनेछ जब जब सम्म समाजमा ऋषि राम जस्ता मान्छे रहनेछन

मोहन आचार्य जलद/ इन्द्रेणी शर्मा
लिस्बोन पोर्तुगल
दिनांक १९ जुन २०१४

(स्रोत : Simanapari.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.