देशमा प्रधानमन्त्रीको व्यापक विरोध हुँदै थियो । भन्दैथिए – “हाम्रो माग पुरा गर्नुपर्छ । प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ ।”
त्यही ताक मैले घर बनाउन शुरु गरेँ ।
उनीहरुले जुलूस निकाले -प्रधानमन्त्री मूर्दाबाद !
मैले घर बनाउन जग खनेँ ।
उनीहरुले चक्काजामको कार्यक्रम राखे ।
मैले जगमा ढुंगामाटो हाल्ने काम गरे ।
उनीहरुले मशाल जुलूस निकाले ।
मैले झ्याल,ढोका हाल्दै गारो बनाउन थालेँ ।
उनीहरुले “नेपाल बन्द “को कार्यक्रम राखे ।
मैले घरमा छाना छाइदिएँ ।
ं ं ं
अचेल म घरमा बसिरहेछु । उनीहरु अझै सडकमा ।
__________
रचना मिति : २०५० श्रावण १३ गते
(स्रोत : Shabdahar )