पहिले जस्तो
निश्चल, निस्कपट, निस्वार्थ
छैन, आजकाल माडी पटक्कै छैन
सिनोको गन्ध मिसिएको छ त्यहाँ
सुसाहतमा गति चिसिएको छ त्यहाँ
पुरानो छैन बनावट
न पुरानो छ नियति
बग्दोछ त केवल नाम मात्रको माडी,
पहिले जस्तो
बग्दैनन् हिमाल झैं भाग्य
न मिसिन्छन् आकाश जस्तो सपना
वियोगान्त छन् फरक दुई किनारा
छाल हान्दैछ अपत्यारिलो शङ्का
फोका उठिरहेछ दुश्चक्रको
खोई, पत्याउनै गाह्रो
‘लोचन’मा भ्रम पलायो
या वास्तविकता नै उस्तै
सबै रैथाने त्यही भन्छन्
यो माडी, उही पुरानै माडी हो ।
कुरुपता भित्र
निस्सासिदो छ त्रिबेणी
लोलाइरहेछ दोभान
अप्रत्यासित ज्यादति, उस्तै धमिलो
गल्छि नाघेर आउनेहरु किंकर्टव्यविमुध छन्
खोंच निचोरेर झर्नेहरु लाग्छ सब धमिलो
ए, मोही मालिक !
धमिलिएको कुन चाहीं हो ?
दृष्टि या माडी
बरु रातै भएनी स–सम्मान बग्थ्यो रगत
बरु लातै भएनी स–हृदय हुन्थ्यो प्रशंसा
अहिले सत्य, निस्ठा र आदर्श
छाँतिन्छ बेसमारी ढुङ्गामा
लछारिन्छ क्षतबिक्षत किनार भरि
किनकी, अब माडीमा सकारात्मकता हरायो
स्वभाविकता बिलायो
सब गलत र आकस्मिक जस्ता
आस्थाका बिम्वहरुलाई ढाल्दै
निश्चल आवरण लगाई
माडीमा धमिलो नियति बगीरहेछ ।
01. Aug, 2012
पाछाबाङ–६, रोल्पा ।
(स्रोत : Nabin Lochan’s Blog )