बाल कथा : राजनले बम भेटयो

~बिजय चालिसे~Vijay Chalise

“आजको ताजा खबर….पढ्नोस् आजको ताजा खबर” राजन एकहातम अखबारको ठेली बेकेर अर्को हातले अखबार हल्लाउँदै करायो । कहिले ऊ अखबर पढ्नुहोस् भन्दै ग्राहक तान्न खोज्थ्यो, कहिले कुनै समाचारको घतलाग्दो शीर्षक पढेर सुनाउँथ्यो ।

राजन गरिब बाबुको छोरो थियो । गाउँको घरबारी पैरोले लगेपछि गाउँमा ओत लाग्ने ठाउँ पनि रहेन । त्यसैले स्वास्नी–छोरा लिएर राजनका बाबु आठ वर्ष अघि सहर पसेका थिए । त्यतिबेला राजन दुइ वर्षर्को मात्र थियो रे ।

बाबा आमाले भारी बोक्दै अरुको घरधन्दा गर्दै एउटा सानो डेरामा निर्बह गरेर राजनलाई हुर्काएका थिए । उनीहरूको डेरा बसपार्क नजिकै थियो । एउटा सानो कोठा उनीहरूको सिंगो सन्सार थियो । सुत्नेदेखि पकाउने खानेसम्मका सबै काम त्यही सानो कोठामा गर्नु पथ्र्यो ।

ज्ति नै दुःख गरेर भए पनि बाबाआमाले उसलाई सरकारी स्कुलमा भर्ना गरिदिनुभएको थियो । राजन पनि निकै जेहेन्दार र मिहिनेती थियो । स्कुलमा पनि ऊ सबैको प्यारो थियो । केही बरालिएका केटाबाहेक गुरुदेखि विद्यार्थीसम्म सबै उसलाई मन पराउँथे ।

बाबा आमालाई सघाउन भनेर केही समयदेखि उसले बसपार्कमा अखबार बेच्न थालेको थियो । राजन बिहान बेलुका दुइ–दुइ घन्टा अखबर बेच्थ्यो । उसले पढ्ने समय पनि मिलाएको थियो । त्यसोे हुँदा पढाइमा पनि कमी आएको थिएन । छोराको मिहिनेत देखेर बाबाआमा पनि साह्रै खुसी हुनुहुन्थ्यो ।

“ए केटा….एउटा अखबार ले ले…!” एकजना मानिसले बसबाट ओर्लेँदै उसको छेउमा आएर भन्यो । नयाँ कोट पाइन्टमा सजिएको अखबार माग्ने मान्छे हेर्दा पढेलेखेकैजस्तो देखिन्थ्यो । उसले हातमा पुरानो खालको ब्रिफकेस पनि बोकेको थियो । अखबार माग्ने मनिस भर्खरै बसबाट ओर्र्लिएको थियो । उसको साथमा अर्को एकजना मानिस पनि थियो ।

“कुन चाहिँ दिउँ हजूर..नेपाली, अङ्ग्रेजी ?सबै छ, गोरखापत्र, कान्तिपुर, समाचारपत्र, राजधानी, अन्नपूर्ण, काठमाडौ ंपोस्ट, द हिमालयन टाइम्स……।” उसले एकै सासमा भएभरका अखबारका नाउँ भट्यायो ।

“जे भए पनि दिइ हाल न चाँडै !” त्यो मानिस निकै हतारमा भएजस्तै देखियो ।

“नेपाली–अङ्ग्रेजी कुन चाहिँ दिउँ ?” जति नै हतारमा भए पनि कुन अखबार किन्ने भन्ने त भन्नु पर्छ । राजन अलमलिँदै दोहो¥याएर सोध्यो ।

“जृुन भए पनि दे न….!” उसले चर्किँदै भन्यो ।

राजनले एएटा अखबार निकोलेर दियो । हतार हतारमा राजनको हातम १० रुपियाँको नोट राखिदिएर ती दुबै मासि हतारमा पार्कको एउटा कुनातिर लागे ।

“हजूर बाँकी पैसा…”राजनको कुरा सुनेर पनि उनीहरू रोकिएनन् ।

“बाँकी पैसा तैं लिनू…!” उनीहरूको हतार देख्दा पैसा फिर्ता लिने फुर्सत पनि नभएजस्तो लाग्यो उसलाई ।

राजन तिनीहरूको चालमाला चाख मानेर हेरिरहेको थियो । अखबार नल्युन्जेल हतारमा देखिएका ती दुई मानिस बसपार्ककै एउटा कुनोतिर छेको लागेर उभिएका थिए ।

राजन चाख मानेर उनीहरूलाई हेरिरहेको थियो । त्यत्तिकैमा अखबार लिनेले हातको ब्रिफकेस अखबारले बे¥यो । त्यति ब्रिफकेस बोक्नै नहुने ाराम्रँे र थात्रो थिएन । त्यसैले त्यसलाई अखबारले बेरेको देख्दा राजनको मनमा अनेकौं कुरा खेले ।

राजनलाई सुरुदेखि नै उनीहरूको चालमाल अनौठो लाग्दै थियो ।

”ए..बाबु, खोई एउटा गोरखापत्र देऊ त !” राजनले अखकार माग्ने दइलाई अखबार दिएर पैसा लियो । त्यसपछि हेर्दा राजनले उनीहरूलाई पार्क बाहिर निस्कन लागेको थियो । तर सुरुदेखिनै बोकेको ब्रिफकेस भने यतिबेला तिनको हातमा देखिएन ।

“ए…दाइ…, तपाइँको ब्रिफकेस….।” तिनीहरूको हातमा ब्रिफकेस नदेखेपछि राजन करायो । त्यसरी कराउँदा पनि नसुनेपछि कराउँदै तिनहरू भएतिरै दौड्यो । उसको कुरा सुन्नु त कता हो कता उसलाई आफूतिरै आउनु लागेको देखेर ती दुबैजना बेतोडले दौडेर हेर्दाहेर्दै हराए कता ।

“किन यसरी त्यहीँ छाडेर गएका होलान् त्यो ब्रिफकेस ?“ उनीहरू त्यसरी भागेका देखेर राजनले जानी जानी ब्रिफकेस छाडेको अनुमान गर्दै सोच्यो । “तिनीहरूले कि त त्यो चोरेको ब्रिफकेस हुनुपर्छ, कि त्यसभित्र हानि पु¥याउने कुनै कुरा हुनुपर्छ ।”

त्यो सोचेर ऊ ब्रिफकेसको नजिकै गयो । उसले केही परैबाट त्यसभित्रबाट टिक टिक आवाज आइरहको सुन्यो । त्यो सुनेर ऊ डरायो । केही दिन अघिमा कोटेश्वर नजिकै बद्मासहरूले बसबाट पालेको झोला बम फेला परेको समाचार सुनेको थियो । जनताले ल्याएका परिवर्तन मन नपाराउने विेदशीहरू केही नेपालीलाई पकाएर अनेकौं उपध्रो गरिरहेका थिए । त्यत्रो परिवर्तन ल्याउने नेताहरू सानो सानो कुरामा झगडैमात्र गर्थे ।

”यो पक्कै तिनै हाम्रो देशमा शान्ति भएको देख्न नचाहनेहरूले पड्काउन रााखेको बम नै हुनुपर्छ ।” उसले मनमनैं सोच्यो । अब के गर्ने ? उसले नजिकैको टिकट काट्ने दाइलाइलाई सबै कुरा सबै कुरा भन्यो ।

राजनको कुरा सुनेर ती दाइ पनि धेरै डराए । ओ हो, यो बम पड्क्यो भने ? कतिको ज्यान जाला !

उनले त्यहीँबाट पुलिस अफिसमा फोन गरेर बस पार्कमा बम राखेको शङ्का भएको जानकारी गराए । खबर पाउनासाथ प्रहरी आएर सबै यात्री र बसका मान्छेलाई त्यहाँबाट हटाए । उनीह्रूले ब्यागभित्र ेरै शक्ति भएको टाइम बम फेला पारे । फेला नपरेको यसले भए केही बेरमैं पड्किएर धेरैको ज्यान लिने रहेछ ।

पुलिससँगै आएका मानिसले बडो होसियारीपूर्वक बमलाई नपड्कने बनाए । त्यसपछि बल्ल सबैले खुसीको सास फेरे । राजनले त्यो ब्रिफकेस राखेर जाने मानिसहरूको हुलिया बताइदियो । उसले बताएको त्यही हुलियाको आधारमा पुलिसले तिनलाई केही बेरमैं समात्यो । राजनले बुद्धि पु¥याएर ठूलो दुर्घटना हुनुबाट बचाएकोले त्यहाँका सबैले उसलाई धन्यवाद् दिए– तिमी नभएको भए आज हामी धेरैको ज्यान जाने थियो ।

(स्रोत : मासिक बालपत्रिका, वर्ष १ अङ्क २, २०६६ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.