साउन महिना न पर्यो । बाहिर झरि परिरहेको छ । तर अचानक आज मलाई त्यो झरी याद आयो , जुन आज भन्दा छ महिना पहिले परेको थियो । माघे झरिको ।
यस्तै गर आकाशबाट पानि परेको थियो तर फरक यति कि त्यो झरिमा धेरै जाडो भएको थियो तर अहिले झरी संगै गर्मी पनि छ ।
तर यहा मैले प्रशंग मौसमको र पानि को गर्न थालेको होईन । त्यो जाडो झरिको दिनको गर्न थालेको हो जुन दिन अचानक कामले मलाई काठमाणडौ बाट भैरहवा आउनु परको थियो । बेलुकी सात बजेको बस भेट्नु पर्ने थियो मलाई कलकीं बाट । न्यु रोडमा केहि किनमेल गर्दा साढे पाच बजिसकेको थियो । हतार हतार हिड्छु । आर . एन. ए.सी. हुदै सुन्धारा तिर , बेलुकी को बजार लागिसकेको थियो । कहि सयको तिनवटा मोजा , कहि दश रुपैयामा तिन वटा कलम , कहि सयमा कपडा । यस्तै कहि किताबहरु , कहि भिकारीहरु पनि । ‘कथा काठमाणडौको र त्यहा पेट पाल्न संघर्स गरिरहेका अनेक जिवनको’ सोच्छु मन मनै ।
सोच्दा सोच्दै सुन्धारा पग्छु । कलकीं को बस चढ्छु । एक पोछि अर्को गर्दै मान्छेहरु कोचिदै जान्छन् बसमा । बस गुड्छ त्रिपुरेश्वर हुदै टेकु हुदै कालिमाटि संम । कालिमाटि के पुगेको थियो ओ हो ! त्हयहा त ठुलै जाम पो देख्छु !! मोबाईल निकालेर घडि हेर्छु छ पन्ध्र भइसकेको हुन्छ । अब मलाई चिन्ता थियो भैरहवाको बस भेट्छु कि भे्टदिन भनेर ।
जाम त खुल्छ । फेरी घडि हेर्छु साढे छ नै भईसकेको हुन्छ । त्यस पोछि मैले भगवानलाई पनि सम्झेको थिए याद भए अनुसार ।
बल्ल बल्ल कलकीं आईपुग्दा सात बज्न मात्र दश मिनेट बाकी थियो । बाटो काट्न भनेर आकाशे पुल के चड्न थालेको थिए एक्कासी आकाशबाट ठुलो पनि पो पर्यो । त्यही पनि बस भेट्ने हतारमा पानिको कुनै ख्याल नगरी छिटो छिटो पाईला सार्छु । अली आगाडि रोकेको देख्छु ‘सुनौली – काठमाणडौ ‘लेखेको गाडी “सिद्धार्थ” यातायातको । चढ्छु अनि ए साईडको सिट नं ६ खोजेर बस्छु । मेरो साइडको पाच नं सिट खालि हुन्छ । पनिले लुच्छुर्प रुजेको मेरो स्ईटर खोल्छु । ब्याग बाट टाबेल निकालेर हलुका टाउको र हातहरु पु्छ्छु । अनि ज्यकेट निकालेर लगाउछु । शरीर किट.. किट.. काप्दै पनि थियो जाडोले गर्दा मेरो ।
सात बजे छुट्ने भनेको बस साढे सात हुदा संम पनि छुटेको हुन्छ। अनि अली अगाडि गरेको हतारपना र चि्ता सम्झेर हास्छु आफुलाई गाडिवालाले बनाऐको बेकुपी संझेर । बाहिर गाडिको स्टाफ कारउदै हुन्छ ” बुटवा, भैरहवा, सुनौली ” भनेर । बेला बेलामा जिस्केको पराले “गोरखपुर दिल्ली ” समेत भन्धै थियो क्यारे !
एकछिनमा एकजना केटी चढ्छे बसमा । गाडिमा भएको अरु केटामान्छे संगै मैले पनि हेर्छु उसलाई टउको देखी कुट्टा सम्म । “हलुका हाईलाईट गरेको कपाल , गजल लगाएको आँखा , मसिनो आँखीभाउका रौहरु र हलुका गुलाबी लिपस्टिक । अनी पहेलो रंगको ज्याकेट हलुका पनिले भिजेको , कालो पाइन्ट र कालो र सेतो रंग मिसीएको जु्त्ता ।” केटा मान्छे न परे म पनि के कम हुन्थे होला र !! अचम्म त तब भयो जब त्यो केटी को सिट मेरै सिटको साईडमा रहिछ भन्ने थाहा पाए । एक मन त खुशी नै थियो नि मेरो पनि ।
लगभक आठ बजे गाडि हिड्छ । तोकिएको समय भन्दा एक घण्टा ढिलो । स्तुङगल हुदै , नैकाप हुदै , थाककोट पुग्छ । त्यहा पास गराउन एकछिन रोक्छ। म चाहि यसो त्यो केटीमा नजर घुमाऊछु । बोलन मन लाग्छ तर कसरी सुरु गरु हिम्मत नै हुदैन । मलाई झ्यट याद आऊछ त्यो केटी गाडी चड्ने बेलामा हाते पर्स बाहेक अरु कहि हुन्न । म सोच्ण बाध्य हुन्छु होईन कै खआले केटि होला भनेर । अनि फेरी सोच्छु गाडिको डिक्कीमा होला यस्को बाकी सामान भनेर । ” मान्छे को दिमाग न हो कति बेर मा के के सोच्ण सक्छ”।
गाडि फेृरी हिड्छ नागढुङ्गा हुदै ओरालो तिर । त्यही बेलामा मोबाईल बज्छ । मेरो होईन त्यो केटिको । उताबाट के भन्यो मैले सुनिन तर ” बुटवल…. अँ तिन हजार जति छ….. हो त ! पहिलो पटक जानु लाको बुटवल केहि थाहा छैन….. ल पुगेर फोन गर्छु….. ” यताबाट यस्तै यस्तै कुरा चाहि सुने । त्यही मौकामा मैले त्यो केटीको बोली कस्तो रहछ भन्ने कुरो पानि थाहा पउने मौका पनि पाएको थिए । हलुका मसिनो , अनि बिस्तारै लडिएर बोलेकी थी । लगभक नौबिशे पुगेपोछि भने मलाई हिम्मत आयो । र मौनता तोड्दै सोधे ” बैनी तिमी कहा सम्म ? ”
“बुटवल हो दाई । अनी तपाई ?” उसले भनी
फेरी म भन्छु ” म चाहि भैरहवा सम्म हो ”
“ए” भनेर उ चुप लागी
फेरी एकछिन पोछि मैले नै सोधै ” तिमी किन जानु लागेको बुटवल ? केटी मान्छै एक्लै फेरी नाइट बसमा , अनी तिमी संग त ब्यागहरू केही पनि छैन ?? “
उसको कुरा सनेपोछि मेरो मन अमिलो हुन्छ । निकै दुःख पनि लाग्छ। वास्तवमा भावुक मान्छे म रुन मात्र सक्दिन । तर पनि फेरी सोध्छु ” तिम्रो घरमा को को ?”
“पहिले आमा र म तर अब म मात्र ” त्यो केटीले त्यति मात्र भनेकी थि मेरो त आँख नै रसाएको थियो ।
धेरै बेर चुप लाग्छु । गाडी गजुरी पगिसकेको रहिछ । “ल पसाब फेर्नुस है” गाडिको स्टाफले भन्छ। यसो साइडमा हेर्छु , त्यो केटी मस्त निदमा पो रहिछे । “बैनी खै बाटो म बाहिर जान्छु” बनेर मैले नै उसको निन्द्रा खलबलाऊछु । न खलबलाएर पनि के गर्नु पाइन्ट मै चुहिएला जस्तो च्यापेको हुन्छ । बहिर निश्कन्छु झरि परिहेको हुन्छ , माघे झरी , चिसो धेरै नै चिसो झरी । यसो ओत लगाएर आफु हलुका हुन्छु । अनि बसमा छिर्छु । सिटको नजिक पुगेको थिए , त्यो केटी जाडिले कापेको पो देख्छु । दया लाग्छ मन मनै भन्छु “बिचरी टुहुरी “
त्यो केटिकै आग्रहमा झ्यालतिरको आफ्नो सिट उसलाई छाड्दिन्छु । अनि ब्याग बाट पछ्यौरा निकालेर उसलाई दिन्छु अनि भन्छु ” लऔ बैनि ओढ तिमीलाई बेसरी जाडो भएको छ ।” उसले मायलु नजरले मेरो मुखमा हेरेर स्वीकार गर्छै । खासमा मैले त्यो पछ्यौरा अहिले संम कोहिलाई पनि ओड्न दिएको थिएन। मेरै मम्मीले माग्दा पनि दिएको थिएन । तर खै त्यो केटिलाई त्यो दिन किन दिए मलाई नै थाहा छैन ।
गाडि हिड्छ त्यहा बाट पनि । म पनि निदाएछु । तर एकछिनमा निन्द्रा खुल्छ । झसंग हुन्छु । किनभनि त्यो केटिले त मलाई पुरै अङ्गालोमा बाधेर पो निधाएको रहिछ । केटा न परे म पनि पुरा निदाएको नाटक गरेर उसको पाखुरालाई सिरानी बनाउछु । त्यो जाडि अनि त्यो न्यानोपन हहिले संम झल झल याद आउछ । तर एकछिन मा भनी म साच्चिनै निदाएछु ।
गाडी रोकिन्छ फेरी । आखा खुल्छ। यतिबेला भने त्यो केटिले मलाई अंगालो नहालेर अर्कै साइडमा पर्केर पो निदाइकी रहिछ । बहिर हेर्छु अनि पो थाहा हुन्छ चितवनको रामनगर आइएछ भनेर जहा संसाकै सबै भन्दा घटिया खाना सबै भन्दा महंगो पैसा तिरेर खानु पर्छ । मलाई भोक पनि बेसरी लागेको थियो किनभने दिउस ३ बजे न्यु रोडमा भफ मोःमोः खाएपोछि मैले केहि खाएको थिएन । त्यो केटीलाई पनि उठाउछु । र सोध्छु “खाना खाने होईन बैनी” । “नाई दाइ म संग पैसा सिमित छ , तपाई खाएर आउनुस् ” उसले यो भन्दा म झन् भावुक हुदै भन्छु ” हिड खाउ म तिर्दिन्छु पैसा ” । उ मान्दिन म चाहि झरेर मज्जाले बोईलारको माशु र भात खा्न्छु । तर एक कप कफी पलास्टिकको कपमा र एउटा बिस्कुट उसलाई ल्यइदिन्छु । केहि नबोलि हसले कफी पिउछे तर उसको आँखाले भने धेरै बोलेको थियो । केहि बेर रोकिएको झरी चितवनमा पनि पर्न सुरु भयो । अनि गाडि पनि हिड्यो ।
म त भुस भएर निदाएछु । कहाँ के गयो के आयो बाटोमा केही थाहा भएन , सायद बोईलर अनि भाते निद मिसिएर होला । कोहिले झक-झकाएर म बिउजिन्छु । हरेको त उसैले पो बोलाउदै रहेछे । “दाई चिया खाने ठाऊ हो रे यो । जाउ चिया खानु ।” उसले मायालु पराले भन्छे । म नकार्नै सक्दिन । गाडिबाट झर्छौ दुबै जना । फेरी उसले भन्छे “अलिकति अगाडि जाउ न “। म पनि किन भनेर नसोधि जान्छु । पोछी फेरी भन्छे “तपाइ उता फर्कनुस् न म सु गर्छु भनेर । ” मलाई हासो लाग्छ र टाउको मोड्छु । एकछिनमा पछाडिबाट खोला सुस्ताए जस्तो आवाज आउछ । झन् हासो लाग्छ । तर हासो खप्छु ।
त्यहाँ बाट चिया पसल आउछौ हामी दुवै । मैले उसलाई भन्छु ” बैनि मेरो फोन नं. राख भोलि बुटवल मा कहि अफ्ट्यारो परेमा फोन गर्नु ” । उसले पनि सहजै रुपमा मेरो नं सेभ गर्छै । तर मैले भनि उसको नं लिन्न । खै ! किन हो कुन्नि माग्न पनि मन लागेक थिएन !!
चिया आउछ दुई कप , संगै मैले एउटा सुर्य चुरोट मागेर सल्काऊछु । फेरी अचम्म पर्छु अर्को चुरोट त उसले पो माग्छे बा ! दङग परेर सोध्छु “कति भो छुरोट खानु लागेको तिमीले ” । अनि उसले भन्छे “यस्तै हो दाई म त बिग्रेकी केटि हो , बाउ न भएको केटी कस्ता हुन्छ तपाइलाई पनि थाहा होला । अब त आमा पनि छैनिन् मलाइ कस्को के डर ” । उसले यति भन्दा भन्दै खै कतिबेला मेरो औला गइर उसको ओठमा टासिएछ र भनेछु ” चुप यस्तो कुरा गर्न हुन्न , बाउ आमा नाभएका त कति छन् कति यहा , आफुले आफैलाई बिग्रेको कहिल्य नभन्नु । जिवन धेरै बाकी छ । ” मैले यति के भनेको थिए आँखामा आशु बोकेर मेरो औला हाटाउदै उसले भनि “बसभरी त तपाई हुनुन्छ तर निवन भरी चाहि को ?” त्यसपोछि भने म मऔन भए । हमीले दुई-दुई पक चिया अनि दुई-दुई वटा चुरोट सक्यौ । जाडो पनि बेस्करी थियो तर यहा भने झरी परेको थिइन । कुन ठाऊ रहिछ भनेर हेरको त नवलपरासीको दुम्कीबास पो रहिछ ।
गाडि त्यहाबाट हिड्छ। मेरो आखा टुलु टुलु खुला हुन्छ । उसलाई हेर्न सेकेको थिएन , अघिको कुराले मन खाइरेको थियो। गाडि दाउन्नेको उकालो लाग्छ । त्यहा फेरी झरी सुरु हुदै गरेको हुन्छ । खै के गर्दा हो मेरो नजर उसमा पर्छ । उसको म मा । हामी मऔन हुन्छौ। तर कसरी कसरी टाउको नजिक नजिक हुन्छ हाम्रो । बिस्तारै मैले उसको तातो सासको न्यानोपन महशुस गर्न थालेको थिए । एक्कासी हाम्रो नाक संग नाक टोकिन्छ । ओठ संग ओठ अनि एक अर्काको जिब्रो को मिलन हुन्छ । न बाहिरको झरिको आवाश। न बसमा को छ भन्ने कुराको ख्याल । सायद त्यो अर्कै दुनिया थियो होला जहा हामी हराई रहेका थयौ । त्यो कम्र कतिबेर चल्यो मलाई याद भएन । तर एककासी हामी एक अर्काको अङ्गालोबाट छुटियौ । उ सुक सुक … रुदै केटिको जात नजनाउन थाली । म चाहि के गरु के भए ।
गाडि कुदिनै रहेको थियो संगै मेरो दिमग पनि। सायद उसको पनि होला तर यो कुरा हउसलाई नै थाहा थियो होला । हामी सुनवल बजार आईपुग्छौ । बाटोभरीमा पहिलो पटक घडि हेर्छु । साढे चार बजिसकेको हुन्छ । तर जाडो महिना बाहिर अन्धकार हुन्छ । गाडि एक्कासी भुमही बाट भित्र घुम्छ अनी थाहा पाउछु पहिला भैरहवा पो जाने रहिछ । फेरी त्यो केटोलाई हेर्छु । तर ऊ भने बाहिर हेर्दै हुन्छे। यो पलि बैनी भनेर बोलाउन सक्दिन म किनभने त्यो नाताको सिमा हामीले कटिसक्यौ । हातले कोट्याउछु अनि सोध्छु ” तिमीले मेरो नाम के लेखेर सेभ गर्यो फोनमा ? ” “बसको दाई भनेर” उसको त्यो जवाफ सुनेर कस्तो कस्तो लाग्छ “दाई” भन्नै शब्दले । तर फेरी भन्छु ” काम के हुन्छ फोन गर्नु ल ।
उसले हुन्छको टाउको मत्र हल्लाउछे । मैले फेरी उसको कपाल सुमसमाउछु । मेरो मूखमा हेर्छे । अनि फेरी अचानक दोहोरिन्छ त्यहि एक घण्टा जति अगाडिको कहानी । जाडो महिनाको अन्धकार बिहानीको फाइदा उठाउछौ हामि ।
फेरी छुटिन्छौ । ज्यालबाट बहिर हर्छु । देख्छु शान्तिनगर गुम्बा । थाहा पाउछु , भैरहावा आएछ क्यारे !! एकछिनमा बस भैरहवा बसपार्क पुग्छ । रिक्सावालहरु आउछन् “सुनौली….सनौली ” । कोहि यात्री ओर्लेर रिक्सा चड्छन् , कोहि भने आफ्नो आफ्मो सामन बोकेर बाटो लाग्छन् आँखा मिच्दै । रात्री बसको यात्रा सकेर । म र उनी भने मौन । बस हिड्च। फेरी बुद्धचोक आऊछ । ल यहा त म पनि ओर्लनु पर्ने । बिस्तारै त्यो केटीको कानमा “म जान्छु दिउस फोन गर्नु जसरी भएपनि मलाई भन्छू ।” उसले सहमतिको टाउको हल्लाउछे ।
गाडिबाट ओर्लेर सिधै घर पु्ग्छु। आमा र भाउजुलाई बोलाएर भित्र छिर्छु । भतिजो सुतिरहेको हुन्छ भाउजुको पछ्यौरा ओढेर अनि पो मलाई याद आउछ । ला ! पछ्यौरा त उ संगै गएछ !! मेरो संसारमा सबै भन्दा प्यारो बस्तु थियो त्यो पच्छौरा तर गएछ । फेरी सोच्छु । दिउस उसको फोन आउछ अनि बुटवल जान्छु भेटेर ल्याउछु पछ्यौरा ।।
रात्री बसको यत्रा थकाइ त लागेको थयो संगै निद पनि त्यो दिन । तर मलाई सु्त्न पटक्कै मन थिएन , कुर्छु फोन आउन्न । बाह्र बज्यो आएन , एक बज्यो आएन । दिन नै कट्यो आएन । हप्ता पनि कट्यो त्सतै महिना महिना गर्दै छ महिना कट्यो । अहिल संम आएको छैन फोन । म मुर्ख न उसको फोन णम लिगे न त नाम नै सोधे । खै उ अहिले जिवत छ या मरी के थाहा ! कहा होली त्यो पनि के थाहा !! तर पनि मलाई चाहि उसको लेडिज पर्फयुम , अनि न्यानो सास र जिब्रो को मिठो सास अझै पनि झल झल याद छ। के यो प्रेन नै हो र या त फेरी हो कुनै वासान ???
(स्रोत : Kathasahitya )