~अज्ञात~
यो कथा कुनै एकादेशको हो जुन मैले धेरै पहिलेनै सुनेको थिए । तर यसले दिन खोजेको सन्देश भने हामीसबैको लागी अझैपनि ताजा नै छ । कुनै समय एकजना धेरै सफल ब्यापारी थिए । उनको ब्यापार समुन्द्रपारी थियो । उनी ब्यापारको क्रममा दिनहुँजसो डुङ्गा चढेर ओहोर दोहोर गर्थे । उनलाई राम्ररी डुङ्गा खियाउन (चलाउन) आउदैनथ्यो न त पौडिन नै सक्थे । उनी यति ब्यस्त थिए की उनलाई पौडीन सिक्ने समय थिएन न त डुङ्गा चलाउन सिक्न नै ।
एकदिन उनका शुभचिन्तक साथीहरुले उनलाई डुङ्गा चलाउन सिक्न या त पौडीन सिक्न सल्लाह दिए ।
प्रतिउत्तरमा उनले किन सिक्नु प¥यो भनेर टारे । उनका साथीहरुले उनलाई कुनैपनि बेला समुन्द्रमा आँधी आउन सक्ने र अन्य आपतविपत पनि पर्न सक्ने तर्फ सचेत गराए । त्यसैले तिमी चाँडै माझीसंग पौडिन र डुङ्गा खियाउन सिकिहाल । यतिखेर ति ब्यापारी थोरैभएपनि यस बारेमा चिन्तीत देखिए । तर आफुसंग डुङ्गा खियाउन सिक्ने या पौडिन सिक्ने समय नभएको दुखेसो पोखे । त्यो समयमा मेरो लाखौंको नोक्सान हुनेछ । ब्यापारीको धनसम्पतिको मोहले उसलाई ब्यापार बाहेक अरु केही सोच्ने मौका नै दिएको थिएन ।
ब्यापारीले साथीहरुसंग अरु उपाए र सल्लाह दिन आग्रह गरे । साथीहरुले उनलाई समुन्द्र यात्राको क्रममा दुईवटा ट्युबमा हावा भरेर राख्न सल्लाह दिए । सल्लाह पाएपछि ब्यारीले आफ्नो यात्राको क्रममा एउटामा आफ्नो कमाइ र अर्को चाही हावा भरिएको खाली ट्युब राख्न थाले । उनी खुसी थिए । एक दिन समुन्द्रमा ठुलो आँधी आयो । अन्य माझीहरु दक्ष थिए । भनिन्छ नी दक्ष माझीलाई आँधीले पनि सघाउछ । उनीहरु त्यो आँधीमा पनि सजिलै किनार लागे । तर ती ब्यापारीलाई डुङ्गा खियाउन आउदैन थियो । उनी डराउन थाले । केहीछिनपछि डुङ्गामा विस्तारै पानी भरिन थाल्यो । उनीसंग अब ट्युबको साहारा अन्तिम विकल्प थियो । उनी सोच्न थाले कुन चाँही ट्युब लिएर पानीमा हाम फाल्ने …? सोच्दासोच्दै उनी अन्तिम निष्कर्षमा पुगे । पैसाले भरिएको ट्युब लिएर पानीमा हाम फाल्ने । ती ब्यापारी पैसाले भरिएको ट्युब समातेर पानीमा हाम फाले । पैसाले भरिएको ट्युबले उनलाई पारी तार्नुको साटो झनझन पानी मुन्तिर तान्दै गयो । पौडिन नजान्ने ब्यापारी पैसाको बोझले पानीमा डुबे ।
हाम्रो जीवन पनि यस्तै एउटा महासागर हो र हामी यसका यात्री । यो यात्रामा कहाँनिर पुग्दा के हुने हो हामी कसैलाई पनि थाहा हुँदैन । त्यसैले हामी सधैं आफुलाई चाहिनसक्ने हरेक काम कुरामा साधनारत रहनुपर्छ ।
(स्रोत : साहित्य संग्रहालय )