“पक्कै बाबाआमा आउनुभयो होला !” क्रिङ्….क्रिङ…गर्दै मूल ढोकाबाहिर राखेको घण्टीको आवाज सुनेपछि ईशानले सोच्यो । बाबाआमा केहीबेर बजार गर्न भनी जानुभएको र दाजु–दिदी बनभोजमा गएकाले ऊ घरमा एक्लै थियो । शनिवार छुट्टी दिउँसो घरमैं चित्रबनाएर र साँझपख साथीहरूसँग खेलेर बिताउने उसको योजना थियो । बाबाआमा नआउञ्जेल घर पनि कुर्ने जिम्मा पनि आज यसकै थियो ।
उसको घरलाई चारैतिरबाट अग्लो पर्खालले घेरेको थियो । घरको अगाडि–फराकिलो आँगनमन फूलबारी र पाडि फलफूल र धूपीको बगैँचा थियो । घर मुख्य बस्तीभन्दा केही बाहिर भएकोले अलि एकलासमा थियो ।
“लौन नि… को हुन् यी….!” बाबाआमा आउनुभएको भन्ठानेर हत्तनपत्त ढोका खोल्नपुगेको ईशान बाहिर अनौठा मान्छेजस्तै जन्तु देखेर डरले चिच्यायो । घरबाहिर देखिएका ती आश्चर्यलाग्दा जीव पृथ्वीका मान्छेजस्ता लाग्दैनथे । बरु त्यस्तै मान्छे उसले एकपटक टेलिभिजनमा देखेको थियो । सिनेमाका देखाइएका ती जीव साँच्चिकै मान्छे थिएनन् । ती त मानिसले अर्को ग्रहमा पनि यस्ता जीव हुनसक्छन् भनेर कल्पना गर्दै बनाएका कार्टुन चित्र मात्र थियो । अहिले अकस्मात सिनेमा देखेजस्तै अनौठो जीव आफ्नै अगाडि उभिएको देखेर उसका खुट्टा लगलग काँपिरहेका थिए ।
“नडराऊ….डराउनु पर्दैन ! हामी पनि तिमीजस्तै मान्छे हौं !” ईशान डराउँदै काँपिरहेको देखेर त्यो अनौठो जीवले भन्यो । उसको आवाज मान्छेको नभएर मेसिनबाट आएजस्तो सुनिएको थियो । निकै टाढा भँवरा भुनभुनाएजस्तै, कस्तो कस्तो अनौठो थियो त्यो आवाज ।
त्यो अनौठो जीवको त्यो भनाइले ईशानको डर केही कम भयो । उसले त्यो जीवलाई राम्ररी नियालेर हे¥यो । पूरै जिउ हरियो रङ्गको जामाजस्तै लुगाले ढाकेको थियो । खुट्टा मसिना नलीजस्तै देखिन्थे । शिर मोटरसाइकल चढ्दा लाउने हेल्मेटजस्तै टोपीले छोपिएको थियो । टोपीको माथिपटि देखिएका दुईवटा सिङजस्तै चुच्चोले भने त्यो साधारण हेल्मेटजस्तो लाग्दैनथ्यो । झट्ट हेर्दा अनौठो मात्रै होइन, डरलाग्दो देखिन्थ्यो त्यो जीव ।
“मैले तिमीहरूजस्तो मान्छे देखेकै छैन, अनि कसरी पत्याउने ! नढाँटी भन, तिमी कोहौ ? के तिमी पृथ्वीका होइनौ ?” त्यो अनौठा मान्छेको कुरा र साथीकोजस्तै व्यवहार देखेर ईसानले फेरि आँट गरेर सोध्यो ।
“हो, हामी तिम्रो ग्रह पृथ्वीका जीव होइनौं । हामी अकै ग्रहदेखि पृथ्वीका मान्छेलाई साथी बनाउन भनी आएका हौं ! पृथ्वीबाट करोडौं प्रकाश वर्ष टाढा पर्छ हाम्रो ग्रह ।”
”होइन होला ! आजसम्म मानिसले कति ग्रहको अध्ययन गरिसके, कतै जीव फेला परेको छैन । साँच्चिकै भएको भए त तिम्रो ग्रह फेला पर्दैनथ्यो होला र !”उसको कुरा ईशानलाई पत्यारिलो लागेन ।
“तिमीलाई पत्यार लागेन ? बादल नगागेको सफा रातमा कहिले आकाशतिर हेरेका छौं ? हे¥यौ भने तिमी पूरै आकाश ताराहरूले ढाकिएको देख्ने छौ । ती तारा त तिम्रो आँखाले देख्न सक्ने नजिकका तारामात्रै हुन् । आँखाले देख्न नसक्ने त्यस्ता खर्बौं ताराहरूले भरिएको छ यो ब्रहमाण्ड । तिम्रो सूर्य त्यस्तै एउटा तारा हो र यो सूर्य, पृथ्वी र हजारौं ग्रहउपग्रह रहेका तिम्रो आकाश गङ्गाजस्तै असंख्य आकाशगङ्गाहरु छन् यो ब्रह्माण्डमा । तिम्रो सौर्यमण्डलबाट सबैभन्दा नजिकको अर्को तारा प्रोक्सिमा सेण्टाउरी ९एचयहष्mब ऋभलतबगचष्० त चार दशमलब तीन प्रकाशवर्ष अर्थात पृथ्वीबाट सूर्य जति टाढा छ त्योभन्दा २ लाख ७०हजार गुणा पर छ भने अरु ताराहरू कति टाढा होलान्, कल्पना गर त ! तिम्रो पृथ्वीको विज्ञान अझै त्यति टाढासम्म पुगेर अध्ययन गर्नसक्ने भैसकेको छैन, बुझ्यौ ! तिमीलाई थाहै होला प्रकाशले एक सेकेण्डमैं तिम्रो पृथ्वीको सात फन्को मार्न सक्छ । सूर्यबाट तिम्रो सौर्यमण्डलको सबै भन्दा नजिकैको तारा प्रोक्सिमा सेण्टाउरीमा पुग्त त यति छिटो हिँड्ने प्रकाशलाई चार वर्षभन्दा बढी समय लाग्छ भने अरु टाढा टाढाका ताराहरू कति पर होलान् । तिमी कल्पना पनि गर्न सक्दैनौं । हो, हामी त्यस्तै टाढाको तारा वरिपरि घुम्ने ग्रहबाट आएका हौं । अनि कसरी भन्नसक्छौ पृथ्वी बाहेक अन्त जीव छैन भनेर ?”
“अनि किन आएको त तिमी यति टाढाको पृथ्वीमा ? मेरो पृथ्वीलाई हानि पु¥याउन आएका त होइनौ !”त्यो अनौठो जीवको कुरा सुनेर कुनै जवाफ दिन नसपछि ईशानले भन्यो ।
”होइन…होइन…नडराऊ । हामी त पृथ्वीका मानिससँग मित्रता गाँस्न भनी आएका हौं । तिमीहरूले हामी र हाम्रो ग्रहलाई नोक्सानी नपु¥याउञ्जेल केही गर्दैनौं,े नोक्सान पु¥याउन खोज्यौ भने चाहिँ चुप् लागेर बस्दैनौं । हामीले चाह्यौं भने एकै सेकेण्डमा तिम्रो पृथ्वीलाई खत्तम पार्न सक्छौं बुझ्यौ ! तर हामी तिमीहरूजस्तो विज्ञानलाई मान्छे मार्ने आणुबमजस्ता हतियार बनाउने काममा दुरुपयोग गर्दैनौं । हामी त यसलाई ठूला ठूला रोग निको पार्ने र मनिसलाई सुखी तुल्याउने कुरामा लगाउँछौं !”उसले लामै बेलीविस्तार लायो ।
”हामी पृथ्वीका धरै मानिस पनि त यही चाहन्छौं । तर केगर्नुृ, आफूलाई अरुभन्दा शक्तिशाली तुल्याउन चाहने केही देश र मानिस भने यो कुरा बुझ्दैनन् । मुखले शान्तिको कुरा गर्छन, कामले भने विज्ञानलाई हतियार बनाउने काममा प्रयोग त्यसको व्यापार गर्छन् । पृथ्वीमा पनि सधैं यस्तै त कसो होला र एक न एक दिन यो कुरा सबैले कसो नबुझ्लान् !“ईशानले आशा गर्दै भन्यो ।
उनीहरूको कुराकानी चल्दैथियो, पर्खाल बाहिर मोटरको आवाज सुनियो । बाहिरको आवाज सुनेपछि त्यो अनौठो मानिसले भन्यो– कोही आएजस्तो छ, हामी अहिले नै सबैसँग देखिन चाहँदैनौ, त्यो समय आइसकेको छैन । पहिला तिमीजस्तै पृथ्वीका असल केटाकेटीसँग मित्रता गाँस्न चाहन्छौं । त्यसैले तिमीले पनि कसैलाई हाम्रो भेटको बारेमा नबताउनू है !
ईशानले केही भन्नै नपाई त्यो अनौठो जीव हावामा उडेजस्तै ननजिकै जमिा अडिएको भकुण्डोजस्तौ देखिने एउटा ठूलो बस्तुभित्र पस्यो । त्यो पस्नासाथ भकुण्डोजस्तो बस्तु विना आवाज जमिनबाट माथि उठेर एकैछिनमां अलपभयो ।
त्यो घटना सपना होकी विपना, ईशानलाई केहीबेर त छुट्याउनै मुस्किल प¥यो । उसले आफैंलाई चिमोटेर हे¥यो– त्यो सपना थिएन, ऊ व्युँझै थियो ।
(स्रोत : मुना भदौ २०६१, वर्ष १४ अङ्क ९ पूर्णङ्क १६ । )