संस्मरण : गीतको के कुरा…., जिन्दगी जिन्दावाद !

~आभास~Aavaas - Achyut Prasad Phuyal

अति सरलताले भनुँ कि सस्तो पनले भनुँ ? खै केले भनुँ ? साधनाका विधाहरुमा समेत हिजो आज गम्भीर साधकको त्यति महत्व रहेन । सन्दर्भ सब्गीतको, बेला बखत नेपालको वर्तमान साब्गीतिक चेतनाका बारेमा मित्रहरु बीच चर्काचर्की पर्छ । यस्तो बेला म पनि अनाहकमा छचल्कँदो रहेछु । मानौं नेपालीको नेपालीत्व जोगाउने ठेक्का मेरै थाप्लामा छ । बेफ्वाँक ! तर चित्त नपरेको कुरा त ओकल्नै प¥यो नि ग्̂ हो त्यही अधिकारको उपभोग गर्न खोज्छु ।

माइक्रो बस चढेर आपूmभन्दा ज्ञानीजनसम्म पुग्ने यात्रा तय गर्नुमा एक किसिमको मजा छ । जानु छ अम्बर गुरुबकोतर्फ । गुरूकोमा नगएको लामो अवधि भएछ । रिब्रोडको दक्षिणी भेगबाट माइक्रो बस चढ्छु । संजोग, कुनै रेडियोले उद्घोष गर्छ— ।।।आज हामी हाम्रा अदरणीय संगीतकार
अम्बर गुरुबलाई सम्मान गर्दै उहाँका गीतहरु बजाउने छौं । बज्न थाल्छ—
उकाली चढ्दा पसिना पुछ्ने

तिमी न भए अरु को होला
ड्राइभर आफ्नो स्टेरिब् काट्ने स्वभाव अनुरुप रेडियोको कान बटार्न थाल्छ । कुनै यात्रुको– ।।।त्यही सुनु न हो ग्̂ग्́ आवाजसंगै उस्का औलामा ब्रेक लाग्छन् । धन्न आफ्नो ग्राहकको अनुरोधलाई दुत्कारेन उस्ले । नत्र त्यो श्रोताको कानले आफ्नो इच्छा विपरित कुन र कस्तो अवस्थाको सामना गर्नु पथ्र्यो भन्न गाह्रो छ । यतिबेला मलाई आपूmले भोगेका अनेकौं क्षणहरुको सम्झना भयो । ओहो ग्̂ ग्̂ ग्̂ पटक पटक रात्री बसमा यात्रा गर्दा कानले भोग्नु परेका अनौठा अवस्था । सब्गीतको शैली र स्तरको बारेमा कुरा नगरौं । सबैलाई एउटै स्वाद र स्तर मन पर्नु पर्छ भन्ने आग्रह पनि छैन । तर गीत बजाउने भाँडो, ।।।प्लेयरग्́ को अवस्था अकल्पनीय ग्̂ गीतका मौलिक गायिका आशा, लता अथवा कविता हुन्छन् तर बज्दै हुन्छ कुनै गायकको स्वर झैँ । ।।।प्लेयरग्́ भित्रको फित्ता खुकुलो भएर अथवा बढ्ता कसिएर निस्केको यो अद्भूत ।।।कन्फ्युजनग्́ लाई हाम्रा यात्रीहरु नयाँ शैलीको ।।।फ्युजनग्́ सम्झेर सुन्छन् सायद । नत्र किन आपत्ति हुन्न यस्तो हरर् र कर्कश अवस्थाको ? असैह्य भएपछि आपत्ति गर्दा, मैले चैँ धेरै खेप सुनेको छु— ।।।असैह्य भए कान थुन्नु नि ग्̂ग्́
प्रत्यक्ष अनुभूत गर्न सकिने स्वरको यस्तो गडबडीलाई समेत सजिलै पचाउन सक्ने हाम्रो जमातले कस्तो साब्गीतिक चेतना राख्ला ? मनमा उठेको यस प्रश्नको पृष्ठभूमीमा ।।। ल ल गौशाला, चाबेल, गोँगवुग्́ कण्डक्टरको कण्डक्सन आफ्नै रफ्तारमा चल्दै छ । धन्न अनेकौं गोलमाल बीचमै पनि सुनिँदै छ—
यो जिन्दगीको के कुरा

यो सपना हो र के कुरा
साँच्चै, यो त विपना नै हो, र त बेला बखत आउने अनमेल परिवन्धसित बिना चाह गाँसिनै पर्ने । सपना हुँदो हो त निद्रा छुटेपछि आफैँ हुन्थ्यो विलिन । ऊ ग्̂ फेरि ड्राइभरले ।।।प्लेयरग्́को ।।।स्टेरिब्ग्́ घुमाउन थाल्यो । अघिको त्यो अम्बर प्रेमी यात्रु बाहनबाट बाहिरिइ सकेछ ।

होइन ग्̂ ड्राइभरले सधैँ हल्का फुल्का सब्गीत मात्र सुन्छन् र भन्या ? या सुन्नु पर्ने जरुरी छ ? कवि हरिभक्त कटुवाल र कुनै ड्राइभर बीचको एउटा घटना सुनेथेँ । त्यही सम्झन्छु । कविजीका कथा प्राय सोम–रससितै जोडिएका हुन्छन् । यो पनि त्यस्तै छ— एकरात मासाब् गल्ली हो या कुन गल्लीबाट कविजी ।।।पूmलट्रिपमाग्́ निस्केको अवस्था रैग्́छ । लड्खडाउदै ट्याक्सी गुहार्दा रैग्́छन कविजी । ड्राइभरहरु भने नसुने झैँ गर्ने । कविजी कुनै ट्याक्सीको छेउमै पुगेर ड्राइभरलाई आफ्नो परिचय दिन शुरु गर्छन्— ।।।भाइ तिमीले ।।।पोखिएर घामको झुल्काग्́ सुनेका छौ ?ग्́ ड्राइभर सब्गीत प्रेमी रहेछ । सायद साहित्य प्रेमी पनि हुँदो हो । नारायण गोपालको स्वरमा गुञ्जेको ।।।पोखिएर घामको झुल्काग्́ लोकप्रियताको शिखरमा थियो । सम्भवत त्यसैले नै कविजीले आफ्नो परिचय गीतसित जोड्न चाहे । ड्राइभरले गीत सुनेको र आपूmलाई अति मन पर्ने जनाएपछि कविजीले मौका छोपी हालेछन्— ।।।भाइ त्यस गीतको गीतकार मै हूँ ।ग्́ ड्राइभरको बानीबेहोरामा अनायास परिवर्तन ग्̂ ग्̂ लडखडाइरहेका कविजीलाई अब्कमाल गर्दै सिटमा राखेर डेरासम्मै पु¥याइदियो रे त्यो ड्राइभरले । एउटा श्रोताले सर्जकलाई दिएको आदरको यो भन्दा गतिलो उदाहरण के हुन सक्छ ? तर अहिलेका अधिकांश श्रोताका निम्ति विगतका त्यस खाले सर्जकको मात्र के कुरा त्यस खालको शैली नै अरुचीको हुन थाल्यो सायद । नत्र ।।।यो जिन्दगीको के कुराग्́ बन्द गर्न किन आतुर छ यो ड्राइभर ? आखिर बन्द गरी छाड्यो । अहिलेका एकखाले श्रोताहरुको प्रतिनिधि श्रोता हो उ । सोच्छु मौनता तोडूँ । तर भो, उस्को इच्छाको हनन होला ।

थाल्छु गुरुजीसितका केही वर्तालाप सम्झन– कुनै दिन महाराजगञ्जबाट लाजिम्पाटतिरको पैदल यात्रामा हुन्छौं । बाटोमा पर्ने एउटा दूतावासको मुख्य ढोकामा नेपाली युवा युवतीहरुको लामो लस्कर छ । त्यतै सब्केत गर्दै भन्नुहुन्छ गुरुजी– ।।।लौ हेर आभास ग्̂ हाम्रो हालको सामाजिक मनस्थिति यही हो । यो भागदौडमा सब्गीत, साहित्य र कला भित्रको गाम्भीर्य औंल्याउने फुर्सद कतिलाई ?ग्́ त्यो दिन बितेको पनि वर्षौं भयो । त्यतिबेला लामलाग्नेहरु कति अब्ग भब्ग भएर फिरे हुन् र कतिले सपनाको महल ठड्याए हुन् । थाहा छैन । सुनिन्छ, चाहे हब्कब् पुगुन् या युरोप–अमेरिका, विभाजित नै छन् । विदेश घुमेर आएको एउटा मित्र भन्थ्यो– ।।।बुझिस्, त्यहाँ पनि खोलेका छन् अखिल, नेविसंघ, मंकाखल र घेदुब् । अरेबाबा, अर्काको भूमीमा दोश्रो दर्जामा दर्ता भएर श्रम गर्दै छन्, खुरुक्क कमाउनु दाम या बनाउनु नि आफ्नो ब्यक्तित्व र राख्नु मान नेपालको ग्̂ ग्̂ भित्रैको विभाजन कहाली लाग्दो छ त्यहाँ पनि त्यै ग्̂ ग्̂ ग्̂ ग्́ मैले उसलाई ब्यब्ग्य कसेथेँ– ।।।तँ पनि अनावश्यक सामाजिक जिम्मेवारीको बोझ आफ्नो काँधमा बोकेर बोझिलो हुँदैछस् ।ग्́ तर उसले वार्ताको गाम्भीर्य कायमै राख्यो र ती संघसंस्था बीच हावी छुवाछुत प्रति सुस्केरा काढ्दै भन्यो– ।।।यहाँबाट कार्यक्रम खातिर गएका कलाकारलाई समेत त्यही विभाजनको घेरामा राखेर व्यबहार हुँदो रैग्́छ ग्̂ अब भन्, कसरी हुन्छ आत्म निर्भर हाम्रो कला ?ग्́ मैले आपूmमा छाउन खोजेको उदासीलाई लुकाउदै भन्न चाहेँ– ।।।हेर् भाइ, अभाव, पीडा र अप्ठ्यारोमै पनि सर्जकहरुको सिर्जना कर्म त निरन्तर छ नि, हेर्न हो ग्̂ त्यो उज्यालोतिर ।ग्́ तर केही भनिन । यस्तै तरब्गमा रुमल्लिदै रिबरोडको उत्तरी भेग पुगी सकेछु । माइक्रो बसका अगाडि अनेकौं बाहनहरु ठप्प छन् । कण्डक्टरको ।।।ल ल फलानो ठाउँग्́ को कण्डक्सन पनि ठप्प छ । भन्छ–अगाडि कतै ।।।तुल–बमग्́ छरे ग्̂ कुनै यात्री यस्तैमा पनि जोक गर्न खोज्छ– ।।।आ ̃ ̃ ̃ जुम् न हो, हद्द होला तुलबमले जिन्दगी बोलबम होला ।ग्́ जिन्दगीलाई अप्ठेरोमै पनि निर्धक्क हाक्ने बानी पर्न थालेछ । म मुस्काउदै बाहन छोड्छु र नाप्न थाल्छु पाइला । बुढाको डेरा पुग्दा फेरि आकस्मिक संजोग । गीतिँदै छ जिन्दगीकै कुरा । हार्मोनियमको स्वरसंगै गुञ्जिरहेछ उही परिचित आवाज– कतै अपार सागर होला, कतै सानो खोला सागर हो कि जिन्दगी हाम्रो, हो कि सानो खोला यही सोचेर बाँचेको छु म, जिन्दगी जिन्दावाद ! जिन्दावाद !

२३ सेप्टेम्वर, २००३ काठमाण्डौ

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.