~इन्दिरा क्षेत्री~
नाम तिम्रै काम तिम्रै,ख़ाली मेरो हात थियो।
लाग्थ्यो अब यही हाम्रो,नयाँ सुरूवात थियो।।
तिम्ले साथ नदे’को भा,हुन्न थ्यो लक्ष्य नजिक।
तिम्रो मिठो बोली भित्र,हौसलाकै बात थियो।।
संधै मेरो ख्याल राख्थ्यौ,अंगालोमै सजाएर।
सुन्थे म ढुकढुकीमा,मेरो मायाँ खात थियो।।
लुकामारी खेल्ने घर,तिम्रो दिल मेरो निम्ती।
घाम पानी ओत दिने,त्यो शितल पात थियो।।
दु:ख पर्दा जीवनमा,तिम्रो न्यानो साथ पाको।
अझै मलाई याद छ,औंसीको त्यो रात थियो।।
इन्दिरा क्षेत्री
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )