लेकका हामी केटाकेटी
कुईरो भित्र स्कुल छ
चौँरीलाई चराउँदै दिन बित्छ
पढ्नु र लेख्नु मुस्किल छ
हिउँमा कोरेको अक्षर त
एकछिनमा बिलाई जाईजान्छ
दिनभरी हेर्नुछ गाईबस्तु
नहेरे भालुले खाईजान्छ
नागीमा उडेको धुवाँ त
बाकलो वनमा जाईजान्छ
बादलको अक्षर आकाशमा
देखेर यो मन तर्सन्छ
कलमले लेख्ने मन थियो
हिउँले पो औँला खाईदियो
कुईरोमा लुकेको स्कुलले
टाढै बसेर बोलायो
स्वर : वि.स. २०३७-२०३८मा स्वर्णिम स्कुलका विद्यार्थीहरु : अँजु, टेम्डो, चेतना मानन्धर, सोनिका, सुमित्रा, रुसिला चित्रकार
शब्द /संगीत : रामेश श्रेष्ठ