तिमी नै भोला तिमी नै नाथ ।
सबमा तिमी छौ तिमी नै सबमा ।।
यो जग सारा तिम्रैवशमा ।
तिमी नै भोला तिमी नै नाथ ।।
पावन पारस प्रभुको राग ।
गाऊन सकूँ म दिन र रात ।।
दयाको सागर प्रभुको द्वार ।
जो कोही आउँछ पाउँछ पार ।।
तिमी नै भोला तिमी नै नाथ ।
सबमा तिमी छौ तिमी नै सबमा ।।
यो जग सारा तिम्रैवशमा ।
तिमी नै भोला तिमी नै नाथ ।।
पलमा रचना पलमा विनाश ।
प्रभु नै हौ हर्ता कर्ता ।।
हे शिव शङ्कर भोले बाबा ।
तिमी नै भोला तिमी नै नाथ ।।
तिमी नै भोला तिमी नै नाथ ।
सबमा तिमी छौ तिमी नै सबमा ।।
यो जग सारा तिम्रैवशमा ।
तिमी नै भोला तिमी नै नाथ ।।
(स्रोत : रचनाकारको ‘भक्तीका भावहरु’ भजन संग्रहबाट )