घाईते मनलाई के दिन्छ्यौ पीडा दुख्दैन उन्दा झीरमा पनि ,
रुझेको मनलाई के दिन्छ्यौ आँसु रुँदिन अब पीरमा पनि ||
खुसीमा मात्रै के दिन्छ्यौ हाँसो हाँसेर रमाउ आँसुमा पनि ,
बागमा मात्रै नरमाउ तिमी फूलहरु फुल्छन भीरमा पनि ||
जँघार जीवनको तर्दै जाँदा नगर भर कसैको पनि,
भेललाई कैले नगर हेला भर हुन्न खोलाको तीरमा पनि ||
अरुलाई मात्र के दिन्छ्यौ आँसु रुनेछ्यौ कुनै दिन आफै पनि,
पाउले मात्र झेल्दैन पीडा घाम-छाँया हुन्छ शीरमा पनि ||
मानव-रुप झैं अनेकौं हुन्छन मानवका आफ्नै मनहरु पनि,
मौसम संगै बदलिने रुप अनेकौँ हुन्छन नीरमा पनि ||
(स्रोत : Shabdahar )