त्यो निलो आकाश भैदिए तिमी
जुनेली रात बनेर आउँथे म
अध्यारो ठाँउमा बसेकी भए
चाँदनी बनिझ्यालबाट च्याउँथे म
बगैचा यदि भैदिए तिमी , मालीको भेषमा आउँथे म घुम्न
फूलको थुङ्गा भैदिए तिमी , इन्द्रेणी बनी धाउँथे म चुम्न
मायाको धुन रचेको भए , सुरिलो भाका थप्नलाई आइदिन्थे
मुटुमा माया बचेको भए कसिलो नाता रोप्नलाई धाइदिन्थे ।
आँसुको ढिस्का पोखेको भए , मुटुमाझ मायाले सुकाउँथे
मुस्कान तिमी भएको भए , चोरेर ल्याइ ओठमा लुकाउँथे
खोलाझैं बग्न पाएको भए , झर्नाको पानीबनेर झरिदिन्थे
पुतली बन्न भ्याएको भए , बत्तिमा परि जलेर मरिदिन्थे
त्यो निलो आकाश भैदिए तिमी
जुनेली रात बनेर आउँथे म
अध्यारो ठाँउमा बसेकी भए
चाँदनी ब िनझ्यालबाट च्याउँथे म
३ पौष २०६३
(स्रोत : साहित्य संग्रहालय )