~प्रेम वली~
हेर त मोदी दाइ
बिग्रिएका तिम्रा भाइ
कोही सिल्ली जस्ता
कोही बिल्ली जस्ता
कोही चुसी फाल्ने
चुरोटका खिल्ली जस्ता
न लेख्छन््
न लेख्न दिन्छन््
छलफल नगरिकन
बैठक नै छोडी हिँड्छन्
आप्mनो आङको भैंसी नदेख्ने
अर्काको आङको जुम्रो देख्छन््
भन त मोदी दाइ
अब यस्ताले कसरी संविधान लेख्छन्् ?
एउटा अघी सरे अर्कोले बाटो छेक्छन््
एउटा नटेक भनेको ठाउँमा
अर्कोले फोहोर खुट्टा टेक्छन््
भन त मोदी दाइ
यस्ताले कस्तो संविधान लेक्छन्् ?
तिमी आउने भनेपछि
अलिअलि डराउँछन््
आइहाल्यौ भने पनि
दुई चार कुरामा सहमति गराउँछन््
तर तिमी गएकै दिन
लाजै नमानी
कट्टु पनि छेराउँछन््
भन त मोदी दाइ
यस्ताले कसरी देश उँभो गराउँछन्् ?
कहिले कुराको टोकाटोक छ
कहिले टेबल ठोकाठोक छ
सहमति भन्दा धेरै
अरोप प्रत्यारोप पोखापोख छ
सुर्ता हराएका जस्ता
खै कसरी संविधान लेख्न आका हुन््
कहिलै बुद्धि नपलाउनेहरुले
खै कसरी जनमत पाकाहुन्
दुई चार टाउकेले
संविधान बनाउने भए
भन त मोदी दाइ
छ सय एक सभासद किन भाका हुन्् ?
(स्रोत : Ruprekha )