जुनकिरी अँध्यारोमा जग्मगाउँदै उडिरहेथ्यो। झ्याउँकिरी आफ्नो एकनास आवाज छरेर छेउछाउमै उडिरहेको थियो। जुनकिरीलाई आफूले अन्धकारमा ज्योति छरेकोमा खुबै अभिमान थियो भने झ्याउँकिरीलाई पनि त्यो सुनसान जंगलमा आफ्नो आवाज घन्किएकोमा घमण्ड थियो ।
यी दु्ईका अहंकारी भाव देखेर लाटोकसेरो मौन बनेर टोल्हाइेरहेकोथ्यो । अनायास कालो बादल फाटेर जुनको किरण पृथ्वीमा छायो । चारैतिर उज्यालो जग्मगायो । त्यो जग्मगाएको उज्यालोको कारण जूनकिरीको उज्यालो किरण धुमिल बन्न पुग्यो । जुनकिरी फगत सानो झुसिलकिरा झैं देखिन थाल्यो ।
जूनकिरीको त्यस्तो निरीह अवस्था देखेर झ्याउँकिरी अझ जोडले रातै थर्काउन थाल्यो । जुनकिरीलाई दिक्क लागेर भन्यो– ूकत्ती हल्ला मच्चाएको ? शान्तसँग बाँच्न त पाउँ । के यो धर्ती र रात तिम्रै मात्र हो कि क्या हो ?
झ्याँकिरीले अभिमानका साथ भन्यो– ‘पुच्छरमा बत्ती बल्दैमा संसारै उज्यालो बनाउँछु भन्ने तिम्रो अहंकार थियो तर क्षणभरको अहंकार जुनको आगमनले चुर भयो । तिमीले सोच्यो यो धर्तीमा उज्यालो छर्ने मै मात्र छु । कहिल्यै पनि कसैले ममात्र योग्य छु भन्ने सोच्न हुन्न यो कुरा सबैले बुझ्नु पर्छ ।’
उनीहरुका यस्ता बादबिवाद सुनेर कोइेली चरी भुर्रर उडेर आयो र मीठो आवाजमा कराउन थाल्यो । रातको चकमन्नतामा जुनको आभासँगै कोइेलीको आवाज तरंगित हुँदा धर्ती नै सौन्दर्यमय लाग्न थाल्यो । ती दुवै अभिमानी किराहरु स्तब्ध बनेर उड्न थाले ।
फेरि लाटोकोसेरोले ब्यङ्य प्रहार गर्योन– ‘जुनको उज्यालो र कोइेलीको आवाजले तिमीहरु जसरी पलायन भयौ म पनि अब दिनको उज्यालोमा अन्धो बन्दैछु, त्यसैले कसैले पनि यो नसोच्नु नै राम्रो, सबैको निम्ति सधैं एकनास हुन्न । कोही दिनको उज्यालोमा पनि दृष्टिसबिहीन हुनुपर्छ, कोही आँफै उज्यालो बोकेर पनि निभेसरी बन्नुपर्छ, कोही होहल्लारुपी आवाज बोकेर पनि अरुको आवाजमा बिलिन बन्नुपर्छ । यो त संसारको रित हो । सधैं दिन र रात एकनास कहाँ हुन्छ र ?’
(हाल अमेरिका)
(स्रोत : Chakrapath )