कुना र कन्दहरामा
अझै बारुदको गन्ध आउँछ
ढुंगामा पोतिएका आला रगतहरु
मेटिएका छैनन्
अझै भयले डेरा जमाएकै छ
कतै फेरी उहि आवाज
उहि चिच्याहट
उही निरिह स्वरहरु निस्कने त हैनन ?
म दाँया बाँया हेर्छु
पात झर्छ म तर्सन्छु
चित्कारहरु पनि बन्द भएछन
घाउ लाग्न छाडेछ क्यारे
निकै शान्त महसुस गर्छु
फेरी चारै तिर हेर्छु
सबै शुन्य लाग्छ
अनुभूति
बश सुन्यानुभुती
आकाश पनि गर्जन छाडेको छ
हागाँ हाँगामा गुण देखें
बसाईं सरेका फर्केछन पन्छी
चिरबिर सुन्न थालेको छू
लाछिएका हाँगाहरु नयाँ पालुवाहरु भर्दै छन्
तर
भाँचिएका मनहरु उस्तै छन् अझै
भत्किएका पर्खालहरु डढेका अबशेषहरु
चिहानमा नै छन्
अझै लाग्छ उस्तै ज्वारभाटा जिवितै छ
जलेको माटो भित्र फर्केर हेर्छु
पखेरामा जिउदै जलेका जोसिला सपनाहरु
अझै रहरको खोजि गर्दै होलान
चिर आत्मामा शान्ति मिल्यो मिलेन
तिनै पाखा भरी जिन्दगी छरिएका थिएँ
बेबारिस भई
फेरी त्यो पल सजिन्छ मानसपटलमा
ति चित्कारहरु
अन्तिम स्वासको पल
पानी पनि पिउन नपाई
दिबंगत भएका थिए
यहि माटोलाई पुकार्दै
मनमा नानाभाँती खेल्दै छ
मात्र अतित बल्झदै छ
मन एकतमास भो
मन भरी तिनै चित्र छापिदै छन्
डिलमा बसी टोलाउँछु
लाग्दै छ
बश सुन्यानुभुती
भत्किएका कटेराहरु
रातोमाटोले पोतिएछन्
बाँसुरीको धुन गुन्जन थालेछ
बलेसिमा उम्रेका झारहरू उखेलिएछन्
खरमा छानाहरु फेरिएछ्न
पुराना बस्तीहरु मसानघाट लाग्थे जहाँ
जिन्दगी फर्किएको छ
बारुदका मुस्लोहरु देखिन्थे पहिले
आजभोली चुल्होबाट निस्किदै छ
अध्यारा ति दिनहरु उज्याला देख्छु
मनमा सान्त्वना मिल्छ
आँशुले सुकेका परेलीहरु पखालिएका छन्
ओठहरुमा उहि मुस्कान भरिएको छ
मन हलुंगो हुन्छ
थोरै हर्ष थोरै रंग
मन रंगिएको छसप्तरंगले
जिउन थालेको छ मान्छे खुलेर
त्यसैले फेरी
मन आनन्द छ
अनि खुशीमाछाउदैछ
मनभरी
बश
सुन्यानुभुती
**जदौ **
(स्रोत : Naresh Rokaha’s Blog )