म एउटा जङ्गलको कविता लेख्दैछु
मेरो अगाडि एउटा घनघोर जङ्गल छ
कवितामा सबको कथा छ
धर्मको निम्ति दिनरात लड्ने
धार्मिक मुल्लाहहरु जस्तै अनुहार भएका
कुकूर विरालोको झगडा छ
कवितामा मान्छेहरु जस्तै देखिने
कमजोर लाग्ने निरीह पंछीको चिरविर छ
राजनीतिक प्राणी जस्तै रङ्ग बदलिरहने
ब्वाँसाहरुको जीवनशैलीमा
छ्यापछयप्ति छ मेरो कविातामा
म सोचिरहेछु यो कवितामा कस्तो चित्र
छुटेको छ
चुनाउ नै नजिति राजा हुन सक्ने
अरु माथि शक्ति थोपर्न सक्ने
‘सिंह’राज को गर्जन पनि छ,
कवितामा अवला जस्तै लाग्ने
कैयन दुर्वल गाई वस्तुको पनि चर्चा छ
जो आफ्नो शरीरको अन्तिम सास
छउञ्जेल अरुलाई दूध पियाई रहने
आमा जस्तै लाग्छ,
कवितामा जङ्गलको प्रशस्त चर्चा छ
कवितामा जङ्गल र हरियाली छ धर्म÷पाप,
अन्याय–अत्याचार, एकांकि जीवन देखि
सहअस्तित्वको बयान छ
जङ्गलको कविता पढ्दै गर्दा मेरो एक
पाठकले मलाई सोधे
कवितामा सबथोक छ÷तपाँईको चर्चा खै ?
म अल्मलिन्छु र खोज्छु आफुलाई
आफ्ने कवितामा ।
जङ्गलको यो कवितामा म पनि छु
प्रि पाठक ! म पनि छु
कतै बाघको अहंमा अलिकति छु
कतै कुकूरको भुकाईमा अलिकति छु
गाई–बाख्रा, गोरु–गधामा सबैतिर छु ।
तर, तपाँईले पो मलाई
पढ्नु भएन त
वा पढेर पनि चिन्नु भएन
म छु, प्रिय पाठक ! म यो कवितामा
बारम्वार पुर्नजिवित भएको छु ।
म यो कविताको एक हिस्सा हैन
उक अतित हुँ ।
मलाई बिर्सि पो सके !
(लेखन साल–२०५८ पोखरा)