~राजेश्वर कार्की~
भेरीको किनारमा
म रुंदारुंदै थाकेछु भने
मलाई सम्हालेर
किनाराकै छेउको बगरमा राखिदिनू ‘भेरीको पानी र जिन्दगी निरन्तर बगिरहेछ’
कतै भेरी पनि बग्दाबग्दै थाकेछ भने
मलाई भेरीको किनारबाट उठाएर
मेरो आंसुको नदीमा बगाइदिनू
भेरीको किनारमा
म रुंदारुंदै कतै थाकेछु भने’
कतै मन लुकाउने ठाउं नभएर भाग्दाभाग्दै
मनहरूबाटै धेरै टाढा भागिएछ भने
मलाई बाटैबाट र्फकाएर ल्याउनू
र भेरीको किनारमा लमतन्न सुताइदिनू
जसमा टेकेर
धेरैले आफ्नो गन्तव्य पूरा गर्नेछन्
भेरीको किनारमा
म रुंदारुंदै कतै थाकेछु भने’ ।
(स्रोत : Voiceofsindhu )