~याङ छनछिङ~
अनुवाद : विजयराज आचार्य
थुङ थुङले आफ्नो बाबासँग सोधिन– “बुबा भोलि एक जुन अन्तर्राष्ट्रिय बालदिवस हो । यो अवसरमा हाम्रो नर्सरीमा मलाई एउटा पाण्डाको अभिनय गर्न लगाइएको छ । मैले यो अभिनय गरे कसो हाेला बुवा ?” थुङथुङका बुवाले टाउको हल्लाएर स्वीकृति दिनुभयो ।
थुङ थुङ धेरै खुसी भइन र रातभरि राम्रोसँग सुत्न पनि सकिनन् । अर्को दिन पनि सबेरै उठिन् । उनले आफ्नी आमालाई कार्यक्रम हेर्न नर्सरीमा जानका लागि अनुरोध गरिन् ।
आमाले खुसी हुँदै भनिन्– “आज अन्तर्राष्ट्रिय बालदिवस भएकोले म पक्का आउनेछु ।”
नर्सरीमा पुग्नासाथ शिक्षिकाले सोध्नुभयो– “थुङ थुङ तिमीले भाग लिने कार्यक्रमको पुरै तयारी त गरीसक्यौ हैन ?”
“हजूर, म पुरै तयार भएकी छु” –थुङ थुङले भनिन् ।
बालकायर्क्रम सुरु भयो । पहिलो कार्यक्रम मयूर नाचको थियो । दोश्रो कार्यक्रम थुङ थुङ र तान तानको थियो ।
थुङ थुङले छोटो कान भएको पाण्डाको मुकुण्डो लगाएकी थिइन् र तान तानले लामा कान भएको खरायाेको । उनीहरु दुवै एकैसाथ पार्कमा हिँड्नुपथ्र्यो ।
जाडाको समय थियो । नजिक पार्कमा चाँदी जस्तै सेतो हिऊँ बिछ्याइएको थियो । पाण्डा र खरायोको अभिनय गर्दै थुङ थुङ र तान तान त्यसै माथि खुशी हुँदै उछिन्–पाछिन गर्दै दौडिरहेका थिए ।
ती दुवै नानीहरुले गरेको अभिनय निकै राम्रो भयो । उनीहरुका आमा बाबा र साना–साना सहपाठी साथीहरुले कार्यक्रमलार्इ हृदयदेखि नै प्रशंसा गरे ।
शिक्षिकाले थुङ थुङलाई भनिन्– “तिमीले धेरै राम्रो अभिनय ग¥यौ ।” साँझपख घरमा पुगेपछि उनले टेबुलमाथि राखेको ठूलो केक देखिन् ।
थुङ थुङले बुबासँग सोधिन्– “के यो केक म खाऊँ ?” आमाले भनिन् – “यो केक त ‘सानो पाण्डा’ को पुरस्कार हाे ।”
बुवाले ठट्टा गर्दै भन्नु भयो – “अब म हेरिरहन्छु, पाण्डाले केक कसरी खाँदो रहेछ । किनकि त्यो त घाँस खाने जन्तु हो ।”
थुङ थुङ र आमा दुवै मुखामुख गर्दै हाँसिरहे ।
(स्रोत : प्रसिद्ध चिनियाँ बालकथा – (बालकथा संग्रह खण्ड–३))