~सराेज भण्डारी~
याे दुनिया देखेर अनि याे संसार देखेर ।
मलाई वाक्क लाग्छ मेराे देशकाे सरकार देखेर ।
कार्यालय छिर्न अचेल लाज लाग्न थालेकाे छ,
सजिलै घुस माग्ने समझदार देखेर ।
हजार कुरा खेले मनमा अाँखा रसायाे
भत्किएकाे स्कुल र नयाँ कारागार देखेर ।
नसकेर वा नचाहेर यसले घर बनाएन
यहि साेच्छु बाँदरकाे परिवार देखेर ।
दिलकाे ढाेका बन्द गरि दिलमा अाउनु भन्यौं ,
अचम्म लाग्छ प्यारी तिम्रो व्यवहार देखेर ।
मलाई मेरा साथीहरू भाग्यमानी भन्ने गर्थे ,
कपाल झरि खुईलिएकाे निधार देखेर ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )