पात्रहरू हामीले भेटेका, देखेका र सुनेका थरीथरीका हुन्छन् । हाम्रा कथाका पात्रहरू जिउँदा भए भने कथा पनि जिउँदो हुन्छ । त्यसैले पात्रहरू हामीले देखेकै भेटेकै भए भने कथा राम्रो र स्वाभाविक हुन्छ र सिङ्गो कथा प्रभावकारी हुन्छ । जस्तो देखियो त्यस्तै राख्नु भने राम्रो हुँदैन ।
हामीले कथा लेखिरहेको भनेको फोटो खिँचिरहेका हैनौँ, हैन र – हामी त साहित्य लेख्न खोजिरहेका छौँ । साहित्यले समाजमा परिवर्तनको माग गरिरहेको हुन्छ । साहित्यमा के हुन्छ – राम्रो कुराको वर्ण्र्ाार खराब कुराको निन्दा, विरोध । नयाँ र राम्रो समाज निर्माणको चाहना र त्यसका लागि समर्पित पात्रहरू साहित्यमा देखा पर्छन् । यो समाज जस्तो छ त्यस्तै रहोस् भन्ने हो भने हामीले केही पनि गर्नु पर्दैन । हामीले यसलाई यताउति गरेनौँ भने यो समाज यसरी नै चलि रहन्छ, वर्षौँ वर्षम्म यसरी नै चलिरहन्छ, हैन त –
यस समाजमा केही गर्नेहरू भने यसै समाजमा हुन्छन् । तिनीहरूलाई खोज्नु, भेट्टाउनु र उभ्याउनु कथाकारको काम हो । बालसािहत्यमा त्यस्तै बाल पात्र हामीले खोज्नर्ुपर्छ वा भेटिँदैन भने निर्माण गर्नु पर्छ । हामीले लाक्पालाई खोजेर राखेका हौँ । त्यस्तै मनोज पनि । यी दर्ुइ जना राम्रा पात्र उभ्याउन सकेकाले कथा सिङ्गो राम्रो र प्रभावकारी भयो ।
एकजना पाठकले त्यो कथा पढिसकेपछि यसो भन्नुभयो, “कथा कस्तो सामान्य तर कस्तो राम्रो ! कथामा त्यस्तो ठूलो लाग्नेजस्तो केही छैन तर कति प्रभावकारी ! कथा पढ्दै गएपछि अन्त्यतिर आइपुग्दा त मेरो छाती भारी भयो र आँखा आँसुले भरियो । यो कथा लेख्नेहरूलाई बधाई !”
कथा लेख्नुहुने भाइबहिनीहरूले कथालाई आफ्ना बाआमालाई पनि सुनाउनुभएको थियो । यस कथालाई बाआमाहरूले पनि राम्रो मान्नुभयो । यसबाट के थाहा हुन्छ भने राम्रो बालकथा बालबालिकाहरूलाई मात्र राम्रो लाग्ने होइन रहेछ । त्यस्ता कथा पाका मानिसहरूलाई पनि राम्रो लाग्ने हुनर्ुपर्छ । समाजमा त थरीथरीका हुन्छन् नि त्यसैले समाजको राम्रो कुरा सबैलाई भनौँ धेरैलाई राम्रो लागेको हुनु पर्छ । त्यसैले हामीले समाजमा भएका राम्रा राम्रा पात्रहरू खोज्नर्ुपर्छ । लाक्पाका आमा कस्ता पात्र हुनुहुन्छ – घरघरमा त्यस्ता आमा पात्रहरू हुनुहुन्छ । त्यसैले लाक्पाका आमा समाजका असङ्ख्य आमाहरूका प्रतिनिधि पात्र हुनुहुन्छ । यस्तो पात्र खोज्न भने हामीले मेहनत गर्नुपर्छ । त्यसका लागि हामीले समय दिएर चहार्नुपर्छ, धेरैको धेरै कुरा सुन्नर्ुपर्छ । समाजमा धेरैको धेरैभन्दा धेरै दुःखका कुरा सुन्नुका साथै समाजमा रहेका राम्रा नराम्रा मानिसहरू के कस्ता हुन्छन् त्यो पनि थाहा पाउनु पर्छ ।
कथाको मूख्य पात्र अर्थात् प्रमुख पात्र समाजबाट नै खोज्नर्ुपर्छ । लाक्पा त हामीले दिएको नाम हो । हामीलाई थाहा छ हाम्रो समाजमा लाक्पाजस्ता धेरै छन्, त्यसरी नै लाक्पाका आमाजस्ता दुःख गरी आफ्ना छोराछोरीलाई हर्ुकाइरहनुभएका आमाहरू पनि थुप्रै छन् । यो कथा त्यस्ता आमाहरूको प्रशंसामा हो । यसरी हामीले लेखेको कथाले राम्रा मानिसहरूको प्रशंसा गरिरहेको हुनर्ुपर्छ । अनि मात्र हामीले लेखेका कथा राम्रा र प्रभावकारी हुन्छन् ।
जसरी घर बनाउँदा हामी हामीसित भएका राम्रा र गतिला सामग्री प्रयोग गरेर बनाउँछौँ त्यसरी नै कथामा पात्रहरूको प्रयोग हाम्रा वरिपरि भएका पात्रहरू छानी छानी प्रयोग गरिनु पर्छ । हामी जति धेरै कथा लेख्तै जान्छौँ हामीलाई यो कुरा झन् झन् प्रस्ट हुँदै जान्छ । कथा लेखौँ र कथाका लागि हाम्रै समाजबाट पात्रहरू खोजेर टिपौँ !
।
(स्रोत : Shanta Das Manandhar’s Notes)