पुस्तक समीक्षा : ‘म अमेजन उकालो बग्छु’-एक पाठकको आँखामा

~रमेश कंडेल~Ramesh Kandel_1

अब उप्रान्त म ‘म’ नै बाँच्छु-
म ‘बग्छु, र ‘बाँच्छु’ ‘अमेजन नदी’
खोला जीवन हो सम्झेर बग्नु बाँच्नु हो

नबग्नु मर्नुको निधोले
तिमी बग्न नसक्नु ईतिहासमा तिम्रो दु:खद मृत्‍यु
त्यो स्थावर हलुको मृत्‍युलाई ईतिहासले थुक्नेछ
छि: थु:, छि: थु: को जीवनसँग भोली, भोली र
भोलिको उरुङ्खातहरुसित
उँधैउँधो कुदेका ए अ-अमेजनहरु!

यही खबरदारी गर्न र पुरानो संरचनाहरु भत्काएर नयाँ समय निर्माणार्थ हुंकार गर्दै बहुरङ्गबादी कवी समदर्शी काँईलाको एउटा कालजयी काब्य ‘म अमेजन उकालो बग्छु’-ले हिजो भाद्र १८गते होटेल अशोका, बागबजारमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कुलपती बैरागी काँईला र प्राज्ञ डा.तुलसी प्र. भट्टराई मार्फत सम्पूर्ण साहित्यप्रेमिमाझ अबतरण गर्‍यो। मानिस यथास्थितिमा बाँच्न खोज्नु भनेको मर्नु हो, खोला जस्तै bookcover - Ma amazon Ukalo bagchu - Samadarshi Kailaaजीवनलाई सकृय बनाइराख्नु र नयाँ कुराहरु अन्बेषणार्थ आफुलाई समर्पित गराइराख्नु, हिजाका पुरातनबादी सोचहरुलाई भत्काउँदै नयाँ संरचनागत आधारहरु तयार गर्नु नै जीवन हो भन्ने बुझाई कविभित्र गहिरो रुपमा गढेको पाईन्छ। पुरातनबादी सोच बोक्ने यथास्थितीबादीहरुलाई भोलिको समयले क्षमा नदिने र दुत्कार्ने कुरा काब्यभरी ब्यक्त भएको पाईन्छ। मैले यसलाई भौतिकबादी कविता भन्न चाँहे। यो अलिकती मार्क्सबादसँग र अलिकती बुद्ददर्शनसँग नजिक छ। हुन त कवी आफै भने यसलाई ठाडै अस्विकार गर्छन्। फेरी पाठकको आँखालाई पनि सम्मान गर्छन्। मार्क्सबाद आफैमा अपूर्ण थियो अर्थात यसको व्याबहारिक प्रयोग भएकै थिएन,त्यसैले पनि यसलाई अपूर्ण मान्छु। बुद्दले ज्ञान खोज्न हिंड्नुको अवस्था र यो काब्यको आव्हान उस्तै लाग्छ। तर बुद्दले ज्ञान प्रयोगात्मक रुपमा नै पाएका थिए र त्यसलाई त्यही रुपमा प्रयोग गर्न उपदेश दिएका थिए। तर यसको ठीक विपरित उनका अनुयायिहरुले उनलाई देवत्वमा स्थापित गरेर पूजाआराधानामा नै लिप्त भए। उनको देखाएको बाटो अनुसरण गर्नबाट चुके। यो काव्यले सहअस्तित्वको अबधारणालाई लिएर सिर्जनात्मक खोजितिर अघी बढ्न सुझायको छ।

म गुफाबाट निक्लेर
निक्लेर देबीथानबाट पनि
भर्चुअल वर्ल्डमा पुग्नु
बुद्दिको भयङ्कर बतास
सिररिरिरिरिरिरी
रिरिरिरिरिरिरी
रिरिरिरिरी
रिरिरिरीरी
पृथ्वीभित्र-बाहिर फनफनि घुम्छु
न डाँडाले छेक्नु सक्छ?
न काँडाले छेक्नु सक्छ?
न देशले छेक्नु सक्छ?
न महादेशले छेक्नु सक्छ?

ज्ञानी महापुरुषहरुलाई कुनै कुराले छेकबन्दी गर्दैन भन्ने कुरा माथिका उद्दरणले ब्यक्त गरेको छ। त्यो सत्य हामी सबैले जानेका छौ र बुझेका छौ तर पनि हामी अबुझ झै दु:खको महासागरभित्र रुमल्लिरहेका छौ अर्थात हामी उँधो बगिरहेका छौ। उँभो बग्ने चेतना भनेको बौद्दिक धरातलमा उभिएर अग्रगमनका खातिर आफुलाई अग्रसर गराउनु हो। त्यसै उद्देश्यका निम्ती कसरी अघी बढ्ने भन्ने बारेमा कविको मत यस्तो रहेको छ-

यस्तो आधुनिक निहिलिष्ट बन्नुपर्छ-
भत्काएर गुम्बा, मन्दिर, चर्च, कुटी,
मस्जिद र देवीथानहरु
यौटा फराकिलो प्रयोगशाला मात्र बनाउनुपर्छ
जहाँ मानवताको बलियो दापबाट निकालेर
उत्तरआधुनिक वैचारिकी धारिलो खुकुरी
आविष्कारको आगोमा हालेर
फरक सत्यको आभाले, पाईनले अर्जापौं
र, लडौ विना जालझेल
बहुलताको लागि सहअस्तित्वको पक्षमा
अलिकती मौलिकताको पक्षमा
अलिकती बेमेलहरुको मेल

धार्मिक अन्धबिश्वासभन्दा माथि उठेर बैचारिक सहचारिताबाट मात्र परिवर्तन सम्भव हुने कुरामा कवी आशाबादी छन र यो समयको आवाज पनि हो। धार्मिक र जातिय साम्प्रादायिकताले समाजलाई अधोगतितिर लाने र बौद्दिक बिचरणले मात्र समाजबादी खाका तय गर्ने कुरामा कवी जानकार छन। बिचारको लडाईंमा मात्र समाज परिवर्तनको सपना देख्ने कवी यथास्थितिबादिहरुमा संकिर्णता र जालझेल हुने र त्यसले अधोगतीतिर लैजाने कुरामा विज्ञ छन।

अ-व्यक्तिहरु जो जो देवीस्थान र गूफामा बन्धित छन
-लाई बन्धनमुक्त गराएर
डरलाग्दो आध्यात्मिक सिम्मोमबाट बचाएर
वाइल्डवादिको अर्को आविष्कारमा पुर्‍याउनु छ,

यहाँ आफुलाई वाइल्डवादिसम्म पुर्याएर फुकायका छन फुर्रर्रर्रर….! सबै नदी उँधो बग्नु अर्थात प्रतिकात्मक रुपमा यथास्थितिबादिहरु प्रती यसरी रोष पोख्छन कि-
पुरातन आस्था, धर्मले मान्छेलाई टुक्र्यायो
नश्लले मान्छेलाई टुक्र्यायो
राजनीतिले मान्छेलाई टुक्र्यायो
र टुक्रा टुक्रा टुक्रिएर मान्छे सक्यो
तसर्थ यि आस्था, धर्म, नश्ल र राजनीतिका
लेदो खोक्रो आदर्शताहरु सप्पै बगाउँदै
रङ्गिताको अनी चिद्वेषम्यको अबिरल बाढीसित
नियम सिमा नाघेर प्रतिवहन मान्छेत्व भेट्न-
अभिष्टसित
म अमेजन उकालो बग्छु…

फरक फरक धारमा बगेका मानिसहरुलाई आफुनिकट लिउनु उनको उद्देश्य देखिन्छ र त्यही फरक फरक धारमा बगेका बिसंगतिहरुले नै मानिस विभक्त भएको र आफ्नो उद्देश्य तिनैलाई मिलाएर अघी बढ्नु एक मात्र अभिष्ट भएको काव्यमार्फत अभिव्यक्त गर्न पुग्छन। त्यसैले पनि यो एउटा उच्च काव्यिक दर्शन हो- भन्ने मेरो बुझाई छ। मलाई उनी सबैतिर सङ्गलो नै बगेको लाग्यो निख्खर सङ्गलो। कतै पनि नबुझिने भाषा छैन भन्ने कुरा काव्यलाई पूर्णपाठ गरिसकेपछी महशुष गरेँ। कती ठाउँमा उनी डायस्पोरा बाँच्न पुगेका छन र त्यो उनको हृदयले सत्य बोलेको हो। मसँग समयको अभाव हुँदाहुँदै पनि यस उत्तरआधुनिक काव्ययात्रामा सहपाठि भएर अघी बढ्ने प्रण भनौ वा उकालो बग्ने अठोट गर्न कै निम्ती दुईशब्द पाठकिय दृष्‍टिकोण राख्ने जमर्को गरेँ। यो काव्य सबैले एकपटक पढ्नै पर्ने कृतिमध्ये एक हो। यो ‘म अमेजन उकालो बग्छु’ कृतिका लागि कवी समदर्शी काँईलालाई मुरी मुरी हार्दिक बधाई!

(स्रोत : Shabdahar )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.