कथा : बिस्केट जात्रा

~जयदेश श्रेष्ठ~Jayadesh Shrestha

बिस्केट जात्राको विशेष चहल पहल बाटो ठेलम ठेल भीडमा साना नानीहरू आमा बुबालाई हावा भरिएको बेलुन किनिदिन मरिहत्ते गरिरहेका छ । भैया प्रति बेलुन २५ मा बेचिरहेका छन । ओ भैया जात्रा सुरु भयो ? कहाँ हो जात्रा हुने ठाउ ? भैयालाई जात्राको के सरोकार लकडी उठाते है ढयाङ्ग ढयाङ्ग बाजा बजाते है, क्या के जात्रा । जात्रा प्रति ब्यङ्ग गदै बेलुन बेच्नमा ब्यस्त थियो ऊ समय समयमा विभिन्न आवाज निकालेर बेलुन बजाएर आफूतिर ग्राहकलाई आकर्षण गर्दछ ।

नजिकको घर धनी जात्रामा सहभागीहरूलाई पानीको व्यवस्था गरेर सेवा गरिरहेछ । भैया कराउने र ग्यासको गन्धले रन्थनिएर भैयालाई त्याहाँबाट जान भन्छ तर भैया त्यहाँ जान सक्ने अवस्था थिएन । जान नमानेपछि पानी खन्याई दिने अभिप्रायले झ्यालबाट जग उचालेको मात्र थियो भैयासँग आँखा जुध्यो अकमक्क पर्दै भन्यो भैया पानी पिएगा ? नहि साहेब पानी पिएगा तो टवाईलेट जाना पडेगा हमारा कहा मिलेगा टवाईलेट भैयाले नमस्कार गरयो ।

पाहुनाको पर्खाईमा बसेको घर धनिको अनेक बहानामा पाहुनाहरू आएन बनाएका परिकारहरू त्यसै बासी हुने भए । कुर्दाकुर्दा पाहुनाहरू नआउदा जात्राको रौनकतामा निराश लाग्न थाल्यो । जो पाए त्ससलाई ख्वाउन भएन भोलि सबै बासी हुन्छन । भैयालाई भने झ्याई नझ्याई छ । जात्राको सरोकार छैन टवाईलेट नगई पैसाको पोकामा मग्न छ त्यो जात्रा हेर्न कहाँ कहाँ देखि मानिस आउन्छ । जात्रा देखाउनकै लागि हामीले खर्च गरेका हौ । सबैजना आ–आफ्नै तरिकाबाट आनन्दित छन् । बिदेशीहरू, थाहा नभएकाहरू ईतिहास खोतल्दै जानकारी लिदैछन । युवाहरू होहल्ला गदै बाजा गाजामा मस्त छन् । केटाकेटीहरू बेलुन बासुरी र खेलौनामा मस्त छन् । सबैकुरा विर्सेर सबै हर्षित छन । जात्राको विशेषता भने कै यही हो ।

घरि घरि भैयालाई पच्छाइरहेछ उसका आँखाँ, ब्यस्त सडकमा आवात जावतमा कठिनाइ भएको छ । भैयाको व्यापार देखि इस्र्या र दया दुवै जाग्यो । घर अगाडिको सानो ठाउँमा भैयालाई बस्न भन्यो । सापको जय होस भैयाले पुन नमस्कार गरयो । घरको झ्यालसम्म आउने गरी रङगी चङगी बेलुनहरूले सजाउन थाल्यो । घर बेटीलाई पनि रमाइलो महसुस भयो । टवाईलेट जान सकिएला कि भनेर भैयाले विनम्र अनुरोध गरयो । टवाईलेट जान पाएर एक जग पानी बेजोड स्वादले खाएर लामो सुस्केरा हाल्यो । भैयाले पानी खाएको देखेर घरबेटीले ठुलो आनन्दको महसुस गरयो । प्रफुलित हुदै भैयाले खुसीमा आनन्दित हुदै दुई चार बेलुन हावामा उदायो । भीडमा धेरैको आँखाँ भैयामा परयो । बेलुन किन्नेको भीड झन बढन थाल्यो ।

पाहुना नआएर विरत्त भएको घरबेटीले भैयालाई केही ख्वाउने बिचार गरयो र भैयालाई खान डाक्यो । भैया मानेन नमस्कार साहुजी आपको जय होस् । आफूलाई खानलाई समेत कोही साथी नभए पछि भैयालाई पाखुरा समाएर ल्याए । सगै बसेर खान थाले । लजाएर सुरु गरेको भोजमा अयलाको (रक्सी) करामत देखिदै आयो । खुला ह्रदयले खान थालेकोले अपार आनन्द मिल्यो । भैयाले आज ब्यापार नगर्ने भनी आफूसँग भएको सबै नगद भोलि लिउला भनी साहु जिलाई दिए । यतिका मिठो खाना जिन्दगीको पहिलो भन्दै आनन्दित भए । भोज खाइसकेर घरबेटीलाई धन्यवाद भन्दै जिन्दगीको सबैभन्दा खुसीको दिन आज भन्दै जात्रा हेर्न निस्किए भैया । भीडलाई ठेल्दै लरखराउदै नाच्दै ठेल्दै भैरब रथको डोरी समाउन पुगे । भीडमा उसको साहस बढदै गयो अघि बढेको रथको पाङग्रो पो थेल्न थाल्यो अघि बढेको रथ पछाडि फर्कियो अनि ………………कोलाहल मचियो । अगाडि पछाडि गर्दा गर्दै छेड बिच्छेद भयो भैयाको शरिर बेवारिस भनेर लासलाई हटाएर जात्रा निरंन्तर चलिरहयो ।

अपरिचित पाहुना फर्केन नासो पैसा लिन कोही आएन जात्रा सकियो बेवारिसे लास बुझ्न कोही आएन टोलवासीहरूमा पैसा उठाएर लासको अन्यष्टि गरिने भनियो खबर सुनेर चकित घरबेटीलाई शंका लाग्यो । अघि बढयो लास हेर्न……… हे दैव ……जिन्दगीको सबैभन्दा सुखको दिन सगै मृत्यु पनि साथ लिएर आएको रहेछ अपरिचित भैया ….. भक्तपुरको बिस्केट जात्रा ……..ईति……..। । ।

जयदेश श्रेष्ट
सांगा
April 13, 2014

(स्रोत : Sahityasansar.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.