***चुकाऔ अभिभारा***
प्रभुकै रजले सिंचिएको ,
सकल सृष्टि यो जग सारा।
मनन गरौ यो ब्रम्ह ज्ञान,
सन्तति एक हौ चुकाऔ अभिभारा।
बिगतमा होइन आजमा बाँचौ ,
सेवाभाव र समर्पण सवले जगाऔ।
छोडेर स्वार्थ स्वावलम्बन भै जिउ ,
बाँचेर बचाई लोकोहित गरौ।
प्रभुकै रजले सिंचिएको ,
सकल सृष्टि यो जग सारा। … …
मनन गरौ यो ब्रम्ह ज्ञान,
सन्तति एक हौ चुकाऔ अभिभारा।
बिक्रम श्रेष्ठ “सागर”
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )