~सत्य नारायण रावत~
“नयाँ युग जन्मिने छ”
अबको नया युग पाल मुनि बाट सुरु हुनेछ !
सच्चा नेपाली पाल मुनि बाट जन्मनेछ !
एकता को गोलबन्द घेरा मा बाधिनेछन् !
नव युवाको नया जोशमा देशलाई हाक्नेछन !
संस्कृतिक धरोहरले नयाँ रुप लिने छन् !
बाचेका जातिले अमृत पिउनेछन !
एकताको नया सबैले रुप देखौनेछन !
जात धर्म पर छाडी नया नेपाली बन्नेछन !
तिमि र मा नभनेर हामी मा लाग्नेछन !
निरिह ति आमाहरुका सहर बन्नेछन !
पौरखी ति हातहरु माटोमा रम्नेछन !
उजाड ति बारीहरु हरिया बन्नेछन !
त्रिपालको बसले म मा नेपाल छिरायो !
तराई को खाद्यान्नले सबको भोक मेटायो !
हिमाल को सितलता ले हाम्रो शोक भगायो !
त्रिपालको बासले मलाई नेपाली बनायो !
पहाडी र मधेसीमा भेदभाव गरेन
जस्तो सुकै बिपत्तिमा नि आफ्नोपन मरॆन !
तेरो मेरो भन्नु मात्रै कसैको रहेन !
आपसमा भेदभाव भाको धर्तीले सहेन !
त्रिपालको बासले मलाई नेपाली बनायो !
मा भित्रको दम्भ जति हिउझै बिलायो !
(स्रोत : रचनाकार स्वयम् ले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
नयाँ युग जन्मनुको बिकल्प नै छैन सत्य भाई