~कर्ण नाल्बो~
अकल्पनिय पिडा दिएर गयौ !
मलाई एक्लै छाडेर गयौ !!
घाउ नै घाउ मात्र दिएर गयौ !
मल्हम कहाँ छाडेर गयौ !!
छानो बेगरको घर मा राखेर गयौ !
पाताहरु सबै लुकाई गयौ !!
मुटु छिया छिया पारेर गयौ !
श्वास प्रश्वास नरोकी गयौ !!
सबै सबै लुटेर गयौ !
तर, मलाई चाही किन छोडेर गयौ !!
आखिर , यत्रो बिपत्ती मच्चाई ….!
” गन्तब्य नेपाल ” लाई बोलाएर गयौ !!
(महाभुकम्प पछीको अवस्थामा)
(स्रोत : रचनाकार स्वयम् ले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )