कुनै पनि काम गर्दा जस्तो मन लाग्यो त्यस्तै गर्नु राम्रो हुन्छ कि हुँदैन – यसलाई यसरी पनि हेरौँ । सडकमा मोटर साइकिल चलाउनेहरूले जसरी आफूलाई मन पर्छ त्यसरी नै अर्थात् अरू कसैको राम्रो नराम्रो, हानि नोक्सानी केही नहेरी आफ्नो मन लागी चलाएर हिँडे कसो होला – मोटरले बाटोमा हिँडिरहेका बटुवाहरूको कुनै वास्ता नराखी सडकमा जथाभावी मोटर कुदाउन थाले कसो होला – विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूले बुझून् वा नबुझून्, सिकून् वा नसिकून् त्यसको कुनै हिसाब नगरी छिटो छिटो मात्र पढाउनुभयो भने के होला – यसरी सोच्न थालेपछि हामी के भन्न पुग्छौँ भने जथाभावी गर्नेहरू राम्रा मान्छे होइनन् । त्यसो भनेको हामीले जथाभावी चल्नु हुँदैन । जुन बेला हामी जथाभावी नहोस् भनिरहेका हुन्छौ त्यसबेला हामीले के भनिरहेका हुन्छौँ भने नियम छ भने नियम अनुसार सबै चलून्, छै्रन भने नियम बनाएर चलून् । अब कथा लेख्ने नियम -काइदा) किन बनेको होला त – यसको जबाफ खोज्न थाल्यौँँ भने बल्ल हामी कथा लेख्ने काइदाको आवश्यकताबारे बुझन थाल्ने छौँ ।
यसको जबाफ खोज्नुभन्दा पहिले हामीले के कुरा थाहा पाउन खोजौँ भने हामी कथा किन लेख्छौँ वा लेख्न चाहन्छौँ – कुरा प्रस्ट छ । हामी हाम्रो मनमा उठेको राम्रो कुरा अरूलाई पनि सुनाउन चाहन्छौँ । मनमा उठेको तर अरूलाई सुनाउन वा भन्न चाहन्नौँ भने वा सुनाउन नपर्ने भयो भने त्यस्तो कुरो हामी लेखेर किन राख्छौँ र, हैन र – हाम्रो आफ्नै जीवनमा आफूले भोगेको वा अरूको जीवनमा भोगिरहेको देखेको वा सुनेको, वा आफैले भोगेको वा भोग्न परेको राम्रो वा नराम्रो कुराको बेहोरा त्यो दिन वा त्यस बेलाको कथा हो । आफूले नचाहँदा नचाहँदै भोग्नु परेको दुःख कसरी आयो र आफू त्यसको भागी कसरी बन्नु पर्यो त्यसको राम्रो बेहोरा एउटा राम्रो कथा हो । त्यो तपाईं आफैले बताइरहेको वा अरू कसैले बताइरहेको पनि हुन सक्छ । अथवा भनौँ तपाईंले चाहनुभएको कुरा तपाईंले हात पार्न धेरै प्रयत्न गर्नु भयो तर सफल हुनुभएको थिएन तर तपाईं हार नखाईकन लागेको लाग्यै भएर लागिरहनुभयो । संयोगले वा तपाईंले गर्नुभएको प्रयत्नकै कारणले तपाईंले अरूको साथ पाउनुभयो र तपाईं आफ्नो चाहनाअनुसार त्यसलाई पाउन वा भेट्टाउन सफल हुनुभयो भने त्यसको बृत्तान्त एउटा कथा हो । त्यो बृत्तान्त तपाईं आफैले सुनाइरहनुभएको हुनसक्छ वा तपाईंको कुरा अरू कसैले सुनाइरहेको पनि हुनसक्छ ।
त्यो कथा तपाईंका निम्ति आफ्नो अनुभव हो भने अरूका लागि एउटा दृष्टान्त हो, कथा हो । त्यसबाट अरूले तपाईंको भोगाइको कुरा सुनेर केही राम्रो कुरा अनुभूत गर्छन्, सिक्छन्, ज्ञान पाउँछन् वा बुझछन् । अब तपाईंले सुनाउन खोज्नुभएको कुरा सुन्नेहरूले बुझेनन् भने वा तपाईंले सुनाउनुभएको शैली उनीहरूले मन पराएनन् भने के हुन्छ – श्रोताहरूले त्यस बेला तपाईंले सुनाइरहनुभएको कथातिर ध्यान दिने छैनन् अनि त्यस बेला तपाईंलाई कस्तो लाग्ला – जे लागे पनि तपाईंले के बिचार गर्नुपर्छ भने मैले सुनाइरहेको ढङ्ग राम्रो भएनछ, प्रभावकारी भएनछ, हैन र – त्यस बेला तपाईंले श्रोताहरूलाई के गरे मन पराउलान् भनी कथा सुनाउने नयाँ नयाँ काइदाहरू खोज्नु पर्ने हुन्छ । यसैबेला कितापहरूमा रहेका कथा लेख्ने विधि -कथा सुनाई हिँडेकाहरूको अनुभवहरू) ले तपाईं-हामीलाई सघाउन सक्छन् । श्रोताहरूलाई ध्यान मग्न तुल्याएर सुनाउन तपाईंको कथा कस्तो हुनर्ुपर्छ, कसरी लेखिनर्ुपर्छ भनी सिकाउने काइदाहरूले तपाइको कथालाई राम्रो बनाइदिन्छ । यसरी हामीहरू कथा कसरी लेख्ने भनी कथा लेख्ने बिधि -काइदा) बारे अध्ययन गर्र्छौँ ।
तर के भइआएको छ भने कला, साहित्य, संगीत र विज्ञान तथा प्रविधिको क्षेत्रमा सीमा भने कुनै हुँदैन । कलाको क्षेत्रमा आज जे छ त्यही कुरो सँधैभरि भइरहँदैन । आजलाई भोलिको एउटा न एउटाले कुनै न कुनैले उछिनिहाल्छ । यस संसारमा नयाँ नयाँ कुरोको निर्माण भइरहन्छन् । संगीतमा हेर्यौँ भने त्यस क्षेत्रमा पनि नयाँ नयाँ लयहरू जन्मिरहेका हुन्छन् । त्यसरी नै विज्ञानको क्षेत्रमा नयाँ नयाँ आविष्कारहरू भइरहेकै हुन्छन् । यो त हामीले देख्ने गरेको हाम्रो अगाडिको क्षितिजजस्तै हो, जति हिँडे पनि त्यो भेटिँने होइन । साहित्यमा पनि नयाँ नयाँ शैलीहरूमा नयाँ नयाँ सिर्जनाहरू देखापर्छन् । जसरी नयाँ ठाउँमा पुग्न नयाँ बाटो खोलिन्छ कथा लेख्ने काइदामा पनि यस्तै नयाँ नयाँ शैलीहरू जन्मिन्छन्, जन्माइन्छन् । एक पल्ट हिँड्न जानीसकेपछि तपाईँ पहिले सिकेकै शैलीमा सँधैभरि हिँडिरहनु पर्छ भन्ने हुँदैन । हिँड्दा हिँड्दै हाम्रो आफ्नै शैली बन्छ । मेरो आफ्नै शैली, तपाईंको आफ्नै शैली ।
कथा लेख्न कथा खोज्दै हिँड्नेहरू कथाका लागि विषय भेट्टाउँदा साह्रै खुसी हुनुभएको मैले धेरै पल्ट देखेको छु । यस्तो कुरा देख्ता के लाग्थ्यो भने कथाका लागि विषय भेट्टाउनु साह्रै गाह्रो हुनु पर्छ । तर कुरा त्यसो होइन । हर्ेर्नुस् न, घरमा होस् या विद्यालयमा, बजारमा होस् या खेल्ने चउरमा जहाँ मानिसहरू केही न केही गरिरहेका हुन्छन् अर्थात् जहाँ जीवन सक्रिय छ, गतिशील छ, अलिकति मात्र चनाखो भएर हेरेको खण्डमा हामीहरू त्यहा्ँ अनेकन् मन छुने घटनाहरू घटिरहेका देख्नेछौँ । सक्रिय जीवनलाई भित्रदेखि हर्ेर्नु र हृदयदेखि तिनमा रहेका राम्रा कुराहरूको प्रशंसा गर्नु भनेको नै राम्रो कथा लेख्नु हो । साहित्य निर्माण्मा विशेष विधि मानेर चल्नु उचित हुँदैन । यसो भनेको हाम्रा कथाकारहरू छाडा होउन् भनेको पनि होइन । सकारात्मक रूपमा अघि बढ्ने कुरामा कुनै पनि बन्देज रहनु प्रगति विराधी कुरा हो, प्रगतिको बाधक हो । अर्को शब्दमा , कथा यस्तै हुनर्ुपर्छ, कथा यसरी नै लेखिनु पर्छ भन्ने कुरा मान्न थाल्यौँ भने नयाँ कथाकारहरूलाई पुरानाहरूले हिँडेकै बाटो मात्र हिँडाउनु हुनेछ । यसले गर्दा नयाँ कथाकारहरू जहिले पनि पुरानाका पछि परिरहेका हुनेछन्, उनीहरू पुरानालाई उछिनेर अघि लाग्न सक्ने हुँदैनन् । हेर्नोस् न, अरूले बनाएको बाटोमा मोटर चलाएर हिँड्नेहरू हिँड्नेहरूभन्दा छिटो त दगर्ुछन् तर तिनीहरू जहाँसम्म फराकिला बाटा छन् त्यहाँसम्म मात्र पुगेका हुन्छन्, त्यसभन्दा पर होइनन् । कोही पनि नपुगेका ठाउँमा पुग्नेहरू त बाटो नभएका ठाउँमा आफै बाटो बनाउँदै हिँड्नेहरू नै हुन्छन् अनि यो पनि भनि हालूँ,- नयाँ बाटो खोल्ने काम त कोही पनि नपुगेको ठाउँमा चुच्चे र कोदालो लिई खुट्टा टेकी हिँडेनेहरूले नै गरेका हुन्छन् । हैन र – के यो कुरा कथा लेखनको क्षेत्रमा लागू हुन सक्तैन र –
(स्रोत : Shanta Das Manandhar’s Notes)