लेख : कथा लेख्दा कथा लेख्ने नियम-काइदा)हरूको कसरी पालना गर्नुपर्छ होला

~शान्त दास मानन्धर~Shanta Das Manandhar

कुनै पनि काम गर्दा जस्तो मन लाग्यो त्यस्तै गर्नु राम्रो हुन्छ कि हुँदैन – यसलाई यसरी पनि हेरौँ । सडकमा मोटर साइकिल चलाउनेहरूले जसरी आफूलाई मन पर्छ त्यसरी नै अर्थात् अरू कसैको राम्रो नराम्रो, हानि नोक्सानी केही नहेरी आफ्नो मन लागी चलाएर हिँडे कसो होला – मोटरले बाटोमा हिँडिरहेका बटुवाहरूको कुनै वास्ता नराखी सडकमा जथाभावी मोटर कुदाउन थाले कसो होला – विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूले बुझून् वा नबुझून्, सिकून् वा नसिकून् त्यसको कुनै हिसाब नगरी छिटो छिटो मात्र पढाउनुभयो भने के होला – यसरी सोच्न थालेपछि हामी के भन्न पुग्छौँ भने जथाभावी गर्नेहरू राम्रा मान्छे होइनन् । त्यसो भनेको हामीले जथाभावी चल्नु हुँदैन । जुन बेला हामी जथाभावी नहोस् भनिरहेका हुन्छौ त्यसबेला हामीले के भनिरहेका हुन्छौँ भने नियम छ भने नियम अनुसार सबै चलून्, छै्रन भने नियम बनाएर चलून् । अब कथा लेख्ने नियम -काइदा) किन बनेको होला त – यसको जबाफ खोज्न थाल्यौँँ भने बल्ल हामी कथा लेख्ने काइदाको आवश्यकताबारे बुझन थाल्ने छौँ ।

यसको जबाफ खोज्नुभन्दा पहिले हामीले के कुरा थाहा पाउन खोजौँ भने हामी कथा किन लेख्छौँ वा लेख्न चाहन्छौँ – कुरा प्रस्ट छ । हामी हाम्रो मनमा उठेको राम्रो कुरा अरूलाई पनि सुनाउन चाहन्छौँ । मनमा उठेको तर अरूलाई सुनाउन वा भन्न चाहन्नौँ भने वा सुनाउन नपर्ने भयो भने त्यस्तो कुरो हामी लेखेर किन राख्छौँ र, हैन र – हाम्रो आफ्नै जीवनमा आफूले भोगेको वा अरूको जीवनमा भोगिरहेको देखेको वा सुनेको, वा आफैले भोगेको वा भोग्न परेको राम्रो वा नराम्रो कुराको बेहोरा त्यो दिन वा त्यस बेलाको कथा हो । आफूले नचाहँदा नचाहँदै भोग्नु परेको दुःख कसरी आयो र आफू त्यसको भागी कसरी बन्नु पर्‍यो त्यसको राम्रो बेहोरा एउटा राम्रो कथा हो । त्यो तपाईं आफैले बताइरहेको वा अरू कसैले बताइरहेको पनि हुन सक्छ । अथवा भनौँ तपाईंले चाहनुभएको कुरा तपाईंले हात पार्न धेरै प्रयत्न गर्नु भयो तर सफल हुनुभएको थिएन तर तपाईं हार नखाईकन लागेको लाग्यै भएर लागिरहनुभयो । संयोगले वा तपाईंले गर्नुभएको प्रयत्नकै कारणले तपाईंले अरूको साथ पाउनुभयो र तपाईं आफ्नो चाहनाअनुसार त्यसलाई पाउन वा भेट्टाउन सफल हुनुभयो भने त्यसको बृत्तान्त एउटा कथा हो । त्यो बृत्तान्त तपाईं आफैले सुनाइरहनुभएको हुनसक्छ वा तपाईंको कुरा अरू कसैले सुनाइरहेको पनि हुनसक्छ ।

त्यो कथा तपाईंका निम्ति आफ्नो अनुभव हो भने अरूका लागि एउटा दृष्टान्त हो, कथा हो । त्यसबाट अरूले तपाईंको भोगाइको कुरा सुनेर केही राम्रो कुरा अनुभूत गर्छन्, सिक्छन्, ज्ञान पाउँछन् वा बुझछन् । अब तपाईंले सुनाउन खोज्नुभएको कुरा सुन्नेहरूले बुझेनन् भने वा तपाईंले सुनाउनुभएको शैली उनीहरूले मन पराएनन् भने के हुन्छ – श्रोताहरूले त्यस बेला तपाईंले सुनाइरहनुभएको कथातिर ध्यान दिने छैनन् अनि त्यस बेला तपाईंलाई कस्तो लाग्ला – जे लागे पनि तपाईंले के बिचार गर्नुपर्छ भने मैले सुनाइरहेको ढङ्ग राम्रो भएनछ, प्रभावकारी भएनछ, हैन र – त्यस बेला तपाईंले श्रोताहरूलाई के गरे मन पराउलान् भनी कथा सुनाउने नयाँ नयाँ काइदाहरू खोज्नु पर्ने हुन्छ । यसैबेला कितापहरूमा रहेका कथा लेख्ने विधि -कथा सुनाई हिँडेकाहरूको अनुभवहरू) ले तपाईं-हामीलाई सघाउन सक्छन् । श्रोताहरूलाई ध्यान मग्न तुल्याएर सुनाउन तपाईंको कथा कस्तो हुनर्ुपर्छ, कसरी लेखिनर्ुपर्छ भनी सिकाउने काइदाहरूले तपाइको कथालाई राम्रो बनाइदिन्छ । यसरी हामीहरू कथा कसरी लेख्ने भनी कथा लेख्ने बिधि -काइदा) बारे अध्ययन गर्र्छौँ ।

तर के भइआएको छ भने कला, साहित्य, संगीत र विज्ञान तथा प्रविधिको क्षेत्रमा सीमा भने कुनै हुँदैन । कलाको क्षेत्रमा आज जे छ त्यही कुरो सँधैभरि भइरहँदैन । आजलाई भोलिको एउटा न एउटाले कुनै न कुनैले उछिनिहाल्छ । यस संसारमा नयाँ नयाँ कुरोको निर्माण भइरहन्छन् । संगीतमा हेर्‍यौँ भने त्यस क्षेत्रमा पनि नयाँ नयाँ लयहरू जन्मिरहेका हुन्छन् । त्यसरी नै विज्ञानको क्षेत्रमा नयाँ नयाँ आविष्कारहरू भइरहेकै हुन्छन् । यो त हामीले देख्ने गरेको हाम्रो अगाडिको क्षितिजजस्तै हो, जति हिँडे पनि त्यो भेटिँने होइन । साहित्यमा पनि नयाँ नयाँ शैलीहरूमा नयाँ नयाँ सिर्जनाहरू देखापर्छन् । जसरी नयाँ ठाउँमा पुग्न नयाँ बाटो खोलिन्छ कथा लेख्ने काइदामा पनि यस्तै नयाँ नयाँ शैलीहरू जन्मिन्छन्, जन्माइन्छन् । एक पल्ट हिँड्न जानीसकेपछि तपाईँ पहिले सिकेकै शैलीमा सँधैभरि हिँडिरहनु पर्छ भन्ने हुँदैन । हिँड्दा हिँड्दै हाम्रो आफ्नै शैली बन्छ । मेरो आफ्नै शैली, तपाईंको आफ्नै शैली ।

कथा लेख्न कथा खोज्दै हिँड्नेहरू कथाका लागि विषय भेट्टाउँदा साह्रै खुसी हुनुभएको मैले धेरै पल्ट देखेको छु । यस्तो कुरा देख्ता के लाग्थ्यो भने कथाका लागि विषय भेट्टाउनु साह्रै गाह्रो हुनु पर्छ । तर कुरा त्यसो होइन । हर्ेर्नुस् न, घरमा होस् या विद्यालयमा, बजारमा होस् या खेल्ने चउरमा जहाँ मानिसहरू केही न केही गरिरहेका हुन्छन् अर्थात् जहाँ जीवन सक्रिय छ, गतिशील छ, अलिकति मात्र चनाखो भएर हेरेको खण्डमा हामीहरू त्यहा्ँ अनेकन् मन छुने घटनाहरू घटिरहेका देख्नेछौँ । सक्रिय जीवनलाई भित्रदेखि हर्ेर्नु र हृदयदेखि तिनमा रहेका राम्रा कुराहरूको प्रशंसा गर्नु भनेको नै राम्रो कथा लेख्नु हो । साहित्य निर्माण्मा विशेष विधि मानेर चल्नु उचित हुँदैन । यसो भनेको हाम्रा कथाकारहरू छाडा होउन् भनेको पनि होइन । सकारात्मक रूपमा अघि बढ्ने कुरामा कुनै पनि बन्देज रहनु प्रगति विराधी कुरा हो, प्रगतिको बाधक हो । अर्को शब्दमा , कथा यस्तै हुनर्ुपर्छ, कथा यसरी नै लेखिनु पर्छ भन्ने कुरा मान्न थाल्यौँ भने नयाँ कथाकारहरूलाई पुरानाहरूले हिँडेकै बाटो मात्र हिँडाउनु हुनेछ । यसले गर्दा नयाँ कथाकारहरू जहिले पनि पुरानाका पछि परिरहेका हुनेछन्, उनीहरू पुरानालाई उछिनेर अघि लाग्न सक्ने हुँदैनन् । हेर्नोस् न, अरूले बनाएको बाटोमा मोटर चलाएर हिँड्नेहरू हिँड्नेहरूभन्दा छिटो त दगर्ुछन् तर तिनीहरू जहाँसम्म फराकिला बाटा छन् त्यहाँसम्म मात्र पुगेका हुन्छन्, त्यसभन्दा पर होइनन् । कोही पनि नपुगेका ठाउँमा पुग्नेहरू त बाटो नभएका ठाउँमा आफै बाटो बनाउँदै हिँड्नेहरू नै हुन्छन् अनि यो पनि भनि हालूँ,- नयाँ बाटो खोल्ने काम त कोही पनि नपुगेको ठाउँमा चुच्चे र कोदालो लिई खुट्टा टेकी हिँडेनेहरूले नै गरेका हुन्छन् । हैन र – के यो कुरा कथा लेखनको क्षेत्रमा लागू हुन सक्तैन र –

(स्रोत : Shanta Das Manandhar’s Notes)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.