समीक्षा : थारु भाषामा प्रगतिशील साहित्यको अवस्था

~महेश चौधरी~

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई तथा भित्री मधेशको थरूहट क्षेत्रमा अनादि कालदेखि बसोबास गर्दै आएका थारूहरूको मातृभाषा थारू भाषाको अस्तित्व बारे बेला मौकामा विभिन्न व्यक्तिहरूले विभिन्न ठाउँबाट प्रश्नचिन्ह खडा गर्ने गर्दछन् कि थारू भाषा भनेको मैथिली भाषा हो, भोजपरी भाषा हो र अवधि भाषा हो। कसैकसैले यसलाई भाािषकाको कोटीमा राख्ने पनि गर्दछन्, यसको अस्तित्वलाई स्वीकार गर्ने पक्षमा देखिंदैनन्। तर थारू भाषा एउटा छुट्टै भाषा हो भन्ने प्रमाण निम्न छ।

(१) एक जना भाषाशास्त्रीबाट नेपालका प्रमुख १३ राष्ट्रिय भाषाहरूमध्ये थारू भाषालाई राष्ट्रिय भाषाका रूपमा संविधानमा उचित स्थान दिन सिफारिस गरिएको छ। (बालकृष्ण पोखरेल “राष्ट्रिय भाषाहरू”)
(२) नेपाल अधिराज्यको संविधान २०४७ मा नेपालका विभिन्न भाषामा मातृभाषाका रूपमा बोलिने सबै भाषाहरूलाई राष्ट्रिय भाषा मानिएको थियो।
(३) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपालको पर्यायवाची शब्दकोशमा प्रमुख १४ भाषा अन्तर्गत थारू भाषलाई पनि स्थान दिइएको छ।
(४) चुडामणि उपाध्याय रेग्मीको “नेपाली भाषाको उत्पत्ति” मा “नेपालका विभिन्न भाषाका अध्येताहरूले नेपालका भाषाहरूको परिचय र विवरणमा थारू भाषालाई समाविष्ट गरेका छन्।”
(५) डारोथी लील “ब् ख्यअबदगबिचथ या तजभ तजबचगक बिलनगबनभ पष्चतष्उगच कग्क्कभच 73लकतष्तगतभ या ष्लिनगष्कतष्अक या ल्भउब िकतगमष्भक अभलतभच, त्।ग्। ज्ञढठद्द” मा थारूलाई भाषाको रूपमा लिइएको छ।
(६) कविवर श्री युद्धप्रसाद मिश्रज्यूको पु48य स्मृतिमा प्रत्येक वर्ष राष्ट्रिय स्तरबाट प्रदान गरिने “मिश्र पुरस्कार” प्रगतिशील लेखक संघको छनोटमा दोस्रो सालको पुरस्कार “थारू भाषा तथा साहित्य सुधार समिति, पश्चिमाञ्चल
(पश्चिमाञ्चल 177 मध्य पश्चिमाञ्चल र सुदर पश्चिमाञ्चल) नेपाल, गोचाली परिवारले प्राप्त गरेको छ।

थारू भाषामा प्रगतिशील साहित्यको अवस्था

थारू भाषामा प्रगतिशील लोक साहित्य पनि पाउन सकिन्छ। लोक साहित्य प्रकाशन र संकलन गर्ने सन्दर्भमा म स्वयंबाट “मागर”, “बडकमीर” “भुमरा” र “गुरूबाबक जलमौर्ता” पुस्तकहरू प्रकाशन गरिएको छ। कैलाली र बर्दियामा कवि बढवाद्वारा रचित “बठवक जोनी” लाई यहाँ उद्धृत गर्न सकिन्छ।

“हरवा मै सौपु धरतिया रे
धरती फल पैबु।
विअवा मै सौपु रे धरतीया
धरती फूल पैबु।
जानी बुझी जोत्यौ भुइया रे
राज गोरखाली
चाँदी लदल भुइयाबाट
पोतवा बहुद परी
एकसै अरती पोत दिहनु रे
जहान लैक भगनु।
रजवक पुता रे उजिर सिंह,
पटोरी लेके गाज

२००७ सालको क्रान्तिपछि कवि जीवराज आचार्यले “हम्र वा हमारा बत्वा” पुस्तिका प्रकाशन गर्नु भएको छ। त्यसमा उद्धृत छः

“इहर वहर छौना नुुकाइल,
बोप्री विलर्‍या।
कबकब आक छौना चवाइल,
अका विलरा
आपन छौना अप्न चबाइल
कसिन बिलरा बा
औन्धर द्यारखल काट खाइल,
अस्त दुनियाँबाट

गोचालीः थारू भाषिक आन्दोलनको सशक्त आवाज हो र यो प्रगतिशील साहित्यको आधार पनि हो।

२०२७–२८ सम्म थारू भाषाको अस्तित्वलाई स्वीकार गर्ने मानिसहरूको अभाव थियो। त्यतिबेलाको कुरा संझदा हामीलाई हिजो जस्तो लाग्छ। दाङमा बर्बर सामन्ती थिचोमिचोले गर्दा अनादिकालदेखि त्यहाँ बसोबास गरेका थारूहरू गाउँका गाउँ उठेर सलह झै बुढान (बाँके, बर्दिया, कैलाली, कन्चनपुर) बसाई सर्नेको ताँती लाग्यो। २०२१/२२ सालपछि भूमिसुधारले किसानहरूलाई शर्त परिवर्तन र जमीनबाट बेदखली मात्र गरायो। दिनदिनै बसाई सर्नेको ताँती लम्बिंदै गयो। यी घटनाबाट निराश भएका महेन्द्र क्याम्पस दाङमा अध्ययनरत हामी प्रगतिशील छात्रहरू आफ्नो समाजको दारूण अवस्था र त्यसबाट मुक्ति दिलाउने उपायबारे छलफलमा जुट्यौं। यस्ता छलफलबाट आशाका किरणहरू देखिन थाले। कसैले थारूहरूको जातीय संगठन “थारू कल्याणकारी समितिको कार्यक्रम” सामाजिक कुरीति हटाउने कुरामा जोड दिए भने कसैले थारू भाषा साहित्य प्रकाशन गर्ने र त्यसमार्फत समाजमा जनचेतना अभिबृद्धि गरेर मुक्ति दिलाउने कुरामा जोड दियौं। पछि आम सहमतिमा सम्पूर्ण साथीहरूले थारू भाषा तथा साहित्यको सेवा गर्ने अठोट गर्‍यौं। २०२७ सालमा अध्ययनको लागि म बनारस गएको थिएँ। बनारसमा अध्ययन गर्ने दंगाली विद्यार्थीहरूको मुखपत्र “सन्देश” मा मेरो “हमारा साहित्य, थारू साहित्य” शीर्षकमा लेख प्रकाशित भयो। यस लेखले थारू युवाहरूमा उत्साहको लहर झन् थप्यो। थारू भाषाप्रेमी क. नेत्रलाल “अभागी” को प्रेरणा, सहयोग र सुझावले दशैंको अवसरमा दाङ–बैबाङमा बाँके बर्दिया कैलाली, कन्चनपुर, दाङका साहित्यानुरागी युवाहरूको मधुर मिलनले सर्वप्रथम “थारू भाषा तथा साहित्य सुधार समिति गोचाली परिवार” गठन गर्‍यौं। यस समितिका मुख्य हस्तीहरू सगुनलाल चौधरी, महेश चौधरी, भगवती चौधरी थिए। अन्य हस्तीहरूमा टेकबहादुर चौधरी, लालबहादुर चौधरी, अशोक चौधरी, रूपमान, चन्द्रलाल, अरबिन्द, श्यामेश, कालिदास, तुल्सी र गजाधर चौधरी थिए। समितिले आफ्नो पहिलो काम थारू भाषामा “गोचाली” पत्रिका प्रकाशन गर्ने निधो गर्‍यो र प्रधान सम्पादक यो कार्यपत्र प्रस्तोतालाई मनोनयन गर्‍यो।

२०२८ सालदेखि थारू भाषामा प्रकाशित हुँदै आएको “गोचाली” विशुद्ध प्रगतिशील साहित्यिक पत्रिका हो। यसको प्रकाशक “थारू भाषा साहित्य सुधार समिति” हो। यसको प्रकाशन गर्नाका कारणबारे यसको प्रथम अंकको सम्पादकीयले लेख्दछ “प्रस्तुत पत्रिका हाम्रो पहिलो प्रयास हो। बाल्यावस्थाभित्र रहेका चञ्चल स्वभावले यसभित्र हुनुपर्ने स्वाभाविक त्रुटिहरू अवश्य होलान्। अविकसित भाषा र साहित्यसको विकास नै यस प्रकाशनको प्रमुख उद्देश्य हो। यही भावनाबाट प्रभावित भएर हामीले पनि थारू भाषामा साहित्यिक पत्रिकाको रूपमा “गोचाली” को प्रकाशन गरेका हौं। यसको अर्थ यो होइन कि हामी जातिवाद र सम्प्रदायवादबाट ग्रसित छौं। हामी गरिब र धनीको बीचको फरकले गरिब बनेर थिचिएका छौं। हाम्रो नजिकको सम्बन्ध ती गरिब परिवारसँग हुनेछ जो आर्थिक दुरावस्थाले छिन्नभिन्न भएका छन्। नेपालका ज्यामी–किसानहरू नकि थारू जातिको नाममा सम्पन्न परिवारसँग हामी जातिवादको नाममा जाति सम्पन्न बनाउने मात्र चाहना राख्दैनौं बरू जातिवादको नाममा हुने शोषणको समाप्ति चाहन्छौं, भलै त्यो थारू जातिकै किन नहोस्। त्यसैले यस पत्रिकाभित्र किसान समस्या, उनीहरूको सामान्य अभिव्यक्तिहरू जुन दबिएको छ, पिस्सिएको छ मात्र पाउनु हुनेछ। थाहा भएकै कुरा हो थारू भनेपछि बहुसंख्यक कृषकहरू हुन्। शताब्दियौंदेखि रहँदै आएको हाम्रो सभ्यता, संस्कृति र परम्परा आफूमा मात्र सीमित रहेको पाइन्छ। यसैले भाग्यवादी र अध्यात्मवादी मनोवृत्ति समाजमा मौलाएको छ। हामी आफूमा बढ्दै गएको शोषण प्रवृत्तिलाई पुनर्जन्मको फल भनेर सन्तोष गर्न चाहन्छौं र अन्ततोगत्वा बढ्दै गएको शोषणको मारबाट बच्नका लागि आफू जन्मे हुर्केको ठाउँ छोडेर आफ्ना अन्य सामाजिक मान्यताबाट टाढा बसाई सर्छौं। हामीलाई थाह छ कि यो प्रक्रिया त खाली जमिन्दार परिवर्तन गर्नु सिवाय अरू केही पनि होइन। संघर्षबिना शोषण समाप्त हुँदैन भन्ने कुरा त्यो मान्यतथा हो जसको कारण किसानको मेहनतको एक एक थोपा पसिना संकलन गरेर हामीले यो प्रकाशनलाई उठाएका छौं जसको ल73य आजको भौतिक परिस्थितिभित्र रहेका हाम्रा किसान दाजुभाईहरूमा चेतना अभिबृद्धि गर्ने र आफ्नो अधिकार प्राप्तिको लागि उनीहरूलाई संघर्ष गर्न सक्षम बनाउनु हो।”

गोचालीको भविष्यलाई दृष्टिपात गर्दै सम्पादकीय अगाडि लेख्छ–“यद्यपि यसको भविष्यप्रति हामी निश्चित छौं तापनि साहित्यको अभाव र आर्थिक दुरावस्थाले यसलाई कति टाढासम्म डोर्‍याउने हो हामी भन्न सक्दैनौं। जस्तो कतिपय प्रगतिशील पत्रिकाको आदि र अन्त्य सँगसँगै भएका छन्, सम्भव छ त्यही रो गले यसलाई पनि ग्रस्त पारोस् तापनि हामीहरू हौसलाबद्ध छौं कि हाम्रो प्रकाशनभित्र स्थायित्व हुनैपर्छ।”

गोचालीको पहिलो अंक प्रकाशन भएदेखि नै यसले व्यापकता लिएको देखेर तत्कालीन निरंकुश शासकहरू, सामन्ती शोषकहरू, जाली फटाहाहरू र तमाम खाले दुश्मनहरू यसलाई आँखाको कसिंगर मान्न थाले। गोचालीको दोस्रो अंक पूर्णरूपले जफ्त गरियो। हाम्रा विभिन्न साथीहरूको नाममा वारेन्ट जारी गरियो र हाम्रा अग्रपंत्तिभित्रका क. सगुनलाल चौधरीलाई कैलाली जेलमा एक वर्ष बन्दी बनाइयो भने तुलसीराम चौधरी, गोवर्धनदास चौधरी तथा टीकाराम चौधरी, लाई पनि थुनामा राखियो। दोस्रो अंकपछि गोचालीको प्रकाशनमाथि पूर्णरूपमा प्रतिबन्ध लाग्यो। हामीलाई स्थानीय सरकारी नजरभित्र राखियो। यस्तो दमनलाई चुपचाप सहेर बस्ने कुरा भएन, फलस्वरूप कठीन परिस्थितिसँग जुझ्दै गोचालीको तेस्रो अंक “शहीद गुम्रा थारू” विशेषांकको रूपमा २०३१ सालमा प्रकाशन गरी भूमिगत वितरण प्रणाली विकसित गर्‍यौं। गुम्रा थारू २०१७ साल श्रावण ६ गते दाङको बेलवाबन्जारी गाउँमा भएको किसान आन्दोलनमा किसानहरू र प्रहरी बीचको भीडन्त हुँदा तत्कालीन एस.पी.को पिस्तोलबाट गोलीको शिकार भई मारिनु भएको एकजना अमर शहीदको नाम हो। यस किसान विद्रोहमा कालु थारू र रत्नु थारू गोलीद्वारा र मुख्यलाल थारू र बझौना थारू संगीन रोपिएर गम्भीर घाइते हुनुभएको थियो।

गोचाली पाँचौं अंकपछि पुनः खुला रूपमा आयो। आजसम्म यसको प्रकाशन जम्मा १२ अंकसम्म प्रकाशन भैसकेको छ। एउटा कुरा के ठोकुवा साथ भन्न सकिन्छ भने यस पत्रिकाले थारू भाषा र साहित्यको महत्वलाई थारू समाजमा अभिबृद्धि गरेको छ। वर्गीय चेतनाको स्तरलाई माथि उठाउने काम गरेको छ।

नेपाल अधिराज्यमा सबभन्दा बढी थारू बाहुल्यता भएको जिल्ला कैलाली हो जहाँ थारू भाषीहरूको संख्या १ लाखभन्दा बढी छ। त्यहाँका साथाीहरूको विशेष अनुरोधमा प्रकाशक गोचाली परिवार, कैलालीको तर्फबाट २०५० सालदेखि “मुक्तिक डगर” प्रगतिशील पत्रिका प्रकाशन हुँदै आएको छ। यो पत्रिकाले आफ्नो ६ अंकसम्म पार गरिसकेको छ। यो कुरा भन्न कदापि पनि हिचकिचाउनु पर्दैन कि गोचाली पहिलो अंकदेखि जनवादी क्रान्तिको धारलाई समात्यो त्यही धारमा गोचालीको सम्पूर्ण अंक र मुक्तिको डगरले पनि समात्दै आएको छ। हाल गोचाली परिवारका केही संस्थापक र समर्थकहरूलाई छाडेर अधिकांश रूपमा यसका सदस्यहरू माओवादी समर्थनमा गैसकेका छन्। अधिकांश युवाहरू भूमिगत अवस्थामा छन्। २०५७ साल १/१३ मा सरकारले गोचालीको परिवारको केन्द्रीय सदस्य शहीद चित्रबहादुर चौधरी र ०५६/९/३० मा गोचाली कैलाली जिल्ला सदस्य मंगलप्रसाद चौधरीको बिभत्स हत्या गरेको थियो। २०५५ साल यता जम्मा १९ जना थारू क्रान्तिकारीहरूको हत्या भैसकेको छ।

यस बाहेक अन्य प्रगतिशील प्रकाशनमा कैलालीको “जोगनी” र “त्रासन” हो। कन्चनपुरबाट “बर्छी”, बर्दियाबाट “नेउता”, “टेल्वा”, र “कविला” हो। चितवनबाट “फुन्गी” र “हमार मैगर सन्देश” हो। फुन्गीमा होरिक गीत र मार्क्सवादी साहित्य, प्रगतिशील साहित्य प्रकाशन थारू जनकला मञ्च दाङ–देउखुरीले थारू भाषामा तथा प्रगतिशील थारू साहित्यको उत्थानको फाँटमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। यस मञ्चले १४ वटा गीतहरू संग्रह गरेर एउटा पुस्तकको रूपमा प्रकाशन गरेको छ। रचयिताहरूको नामलाई यस पुस्तकमा उद्धृत नगरेतापनि क. नारायण योगीको विशेष योगदान रहेको देखिन्छ। “यह दुनु हाँथ होवई”, हमार हो ई लाल झ48डा सरसनीय हो, सुनो दादु सानो भौजी गरिबन्के” जिन्दगी, उठो जागो–जागो, यी देश हो किसान बनके, लाल झ48डा फहराई, हमारसँग चलो रे, उठो संघरिया, मई दिन, चलिरे चलो, कौन हो यी नारीन्ह हेल्हा कोइया” आदि। यी सबै गीतहरू जनवादी गीतभित्र पर्दछन्।

सप्तरी र सिराहा जिल्लातिर पनि थारू प्रगतिशील युवाहरूले आ–आफ्ना स्थानबाट थारू प्रगतिशील पत्रिका चिरखा र आँइख प्रकाशन गर्दै आउनुभएको छ। समयाभावले गर्दा ती पत्रिकाहरूमा प्रकाशित प्रगतिशील लेखकहरूलाई यसमा समावेश गर्न असमर्थ भएकोमा क्षमा चाहन्छु। थारू नवोदित कवि सियाराम चौधरीको “हमर गाम हमर बस्ती” एउटा प्रकाशित कविता यस्ते उपन्यासकार कृष्णराज “सर्वहारी” को पहिलो “थारू उपन्यास” मा कति प्रगतिशीलता छ त्यो हेर्न बाँकी नै छ। यस्तै प्रकाशित विहान, थारू संस्कृति, हमार पहुरा, टेस, हौली जस्ता पत्रिकाभित्र रहेका प्रगतिशील रचनाहरूलाई हेर्न बाँकी नै छ। “गोचाली” को अंक २ र ४, “मुक्तिक डगर” को अंक १ र ३ उपलब्ध हुन सकेन।

कविता विधा

१) सामाजिक शोषण र सामाजिक विकृति बारे मंगल थारू, हरिप्रसाद चौधरी, कविराम थारू, विनोद चौधरी, मानबहादुर चौधरी, मानु चौधरी, जीतमान चौधरी, जहरलाल थारू, सीयाराम चौधरी, एकराज चौधरी, ल73मण गोचाली, विश्वराज गोचाली र दसीराम सतौया।
२) महिला मुक्ति–श्रीमती राजेश्वरी चौधरी, महेश चौधरी, सुश्री इन्दु गोचाली, सुनिता, मानबहादुर थारू, कमल कुमारी, बी.पी. गोचाली।
३) कमैयाबारे– महेश चौधरी, धनीराम चौधरी, कौनो गोचाली, रामकुमार थारू, दिनमान थारू।
४) बर्दियाको सुकुम्बासी–विजय चौधरी, तन्नु चौधरी
५) किसान जागृति– महेश चौधरी, मंगल चौधरी, के.पी.गोचाली, शर्यल गोचाली, पीडित वर्ग दाङ।
६) संगठन– बैनु मैया, आइटु, शेखर चौधरी
७) अधिकार– सिख48डी, सी.पी. गोचाली, सञ्जु मैया
८) युवा जागृति – कुमार चौधरी, रमण चौधरी
९) सशस्त्र संघर्ष बाहेक विकल्प छैन– केशव चौधरी, टे.वी गोचाली, फूलचरण चौधरी, आर.के.सी. विप्लव, अनिलकुमार, जिना कुमार थारू, शरद चौधरी, भगोरिया थारू, जीतबहादुर चौधरी, चुङ चे लाङ। नारायण चौधरी, लाजुराम चौधरी, आस्था, उर्भिला चौधरी।

निबन्ध विधा

१) सामाजिक चित्रण–महेश चौधरी, भगवती चौधरी, जग्गु चौधरी, सरेश चौधरी, सगुनलाल चौधरी, मंगल थारू, नरेश गोचाली, गरिब चौधरी, रमण चौधरी, एस.आर.सी. विजय गोचाली, ल73मण चौधरी, बी.एच.चौधरी, रम्भु नेपाल।
२) कमैयाबारे – क्षेत्रराम चौधरी, मंगल थारू, जगत चौधरी, एकराज थारू, तेजनारायण पंजीयार।
३) दर्शनबारे– निमप्रसाद चौधरी, रूपा चुकाई, शत्रुधन गोचाली, गम्भीर चिन्तन।
४) संगठनबारे–मानबहादुर चौधरी –मंगलु।
५) अधिकार बारे– खुशीराम, ल73मण गोचाली
६) क्रान्तिबारे– राजेन्द्रकुमार चौधरी, सुशील चौधरी, सुनिता सापकोटा, अख48डराज शर्मा, एस.पी. थारू, केदारनाथ चौधरी,
७) जीवनीबारे –भुके, विके गोची, जे.पी. चौधरी
८) साहित्यबारे – महेश चौधरी, सगुनलाल चौधरी, आर.पि. पलपरिया,
९) महिला मुक्ति –रूपा
१०) जीवनीबारे – विमला चौधरी

नाट्य विधा

महेश चौधरी र उहाँका सहयोगीहरूद्वारा लिखित गीति नाट्य “छारा” बसाईसराई
१) सामाजिक चित्रणबारे–गणेश चौधरी– एकांकी नाटक–मंगल थारू,
२) क्रान्ति आवश्यक छ–मंगल थारू एकांकीबाट
३) महिला मुक्ति–दुर्गा चौधरी
४) कमैया मुक्ति–बिहानी चौधरी

कथा विधा
१) सामाजिक चित्रण –टेकबहादुर चौधरी, पल्टुराम, जोखन चौधरी, महेश चौधरी, जे.पी. गोचाली, सगुनलाल चौधरी, रामबहादुर
२) संघर्ष र मुक्ति–विशाल, चेतन खनाल, फिरू चौधरी।

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ९ – २०६६ पौष २२ गते बुधबार)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.