~हरी भुसाल ‘स्याटलाइट’~
‘माओवादिहरु र सरकारको कुरा मिलेन’
‘मन्त्रिमहोदयले मन्दिरको उदघाटन गर्नुभयो’
‘काठमाडौको फोहोरले पर्यटकहरुमा नराम्रो प्रभाव परेको होटल महासंघको बिज्ञप्ति’
‘पुर्वि तराइमा तराइजनतान्त्रिक,कोब्रा,टाइगर र टाइगर ग्रुप टु द्वारा अनिस्चितकालिन बन्दको घोषणा’
एकछिन समाचार सुनेको दिक्क लागेर आयो ! wtf is happening in our country ? मनमा उब्जियको यो दिक्कताले एउटा लामो हाइ आयो !सानो भाइ अनि बाबा-आमा समाचारपछि आउने कुने चर्चित कमेडि शो को प्रतिक्षामा भयझैँ लाग्छ ! भाइ गलैचामा बसेर केहि लेखिरहेको छ अनि उसको अगाडि ‘Boom’ लेखियको एउटा बाक्लो किताब देखिन्छ ! पढ्नु नै छ भने किन TV Room मा बसेर पढ्नुपरेकोहोला भनेर म एक्पल्ट सोँच्छु तर केहि भन्दिन TV Set को नजिकै चार्जिङमा राखियको मोबाइल भाइब्रेट भैरहेको रहेछ,उठायँ ! भैरहवाबाट मामाको फोन !! ‘हेल्लो’ म ढोकाबाहिर गल्लिमा निस्कियँ ! एकैछिनमा बार्ता समाप्त भयो ! भोलि साँझ खाना खाने निम्तो रहेछ,मैले निम्तो उल्टायर बुटवल नै बोलायँ !मामा एकछिन आनाकानि गरेपछि आउन राजि हुनुभयो ! आयपछि ‘सिटि भ्यु रेष्टुरेण्ट’मा लगेर केहि बोतल बियर पियपछि एकैछिन म्यारिज खेल्ने सम्भावनापनि उत्तिकै रहन्छ यो पर्वहरुको बेलामा !
छतमा उक्लियँ ! ढोका बाहिरबाट चुकुल लगायर भाँचियको आधा मार्लबोरो सल्कायँ ! धुवाँमय भयो हावा एकछिनमा ! परपर पटाका पटकायका आवाज सुनिरहन्छन !
किन पट्काउनु परेको होला यो देशमा पटाका फेरि ! १२-१३ बर्षसम्म पड्कियका लाखौँ पटाकाहरुले दशौँ हजार नेपालिहरुको ज्यान लियरपनि फेरि किन पटाकाहरुको धुन मिठो लागेको होला ! आज दिनभरि म कतै गइन ! घरदेखि केहि पर बन्न लागेको एउटा घरको एकान्तमा बसेर कर्ण शाक्यको ‘सोच’किताब पढे ! केहि दिन अगाडि एउटा बक्स पाइन्ट (Hiphop) किन्न भनेर बिशालबजार हिँडेको थियँ अनि बाटोमा Book Fair चलेको रहेछ ! यसो भित्र पसेको त किन्न मन लागेका पुस्तकहरु sale मा रहेछन ! सत्र सय केहि रुपैयाका पुस्तक किनेपछि मसँग पाइन्ट किन्ने पैसा पुगेन अनि किताबहरुको एउटा भारि लियर घर फर्केको थियँ ! तिनै पुस्तकहरु पढेर अचेल समय बिताउदै थियँ !
बाहिरबाट आँउदा लियर आयका केहि उपन्यासहरुपनि सकियर ब्यागको पिँधमा पुगिसकेका थिय फिर्ता हुनका निम्ति किनकि ति पुस्तकहरु केहि डलर डिपोजिट राखियर लाइब्रेरिबाट पढ्नलाइ ल्याइयका थिय ! नेपालसम्म ति पुस्तकहरु पुग्ने थाहा भयको भय पक्कैपनि लाइब्रेरियनले दिने थियन तर म चुपचाप सधै झै लियर आयँ ! अब फर्काँउदा fine सहित बुझाउनुपर्नेछ ! Oh lord !! मान्छेले आफ्नो स्वार्थको लागि ढाँटनपनि सजिलै सक्छ ! चाहे त्यो अरु valuable या पुस्तक किन नहोस,ढाँट्नु त उहि हो ! मलाइ guilty फिल हुन्छ ! तर के गर्ने what the fcku आफैलाइ भनेर पनि पढ्न त पर्यो !
कसैले छतको ढोका ढक्ढक्यायो- हेरेँ,भाइ रहेछ – ‘दाइ तितोसत्य आयो,हेर्न आउनुस’
म उसको आग्रहलाइ सुनेर हाँसे-म एकछिन हावा खान्छु छतमा,तिमि हेर्दै गर ! उसलाइ पठायँ !
परका हरिया डाँडाहरु रातिको यो अँध्यारोमा काला देखिन्छन अनि शहरमा बलिरहेका बत्तिहरुलाइ ति डाँडाहरुले शताब्दियौँदेखि हेरिरहेका छन ! मजस्ताहरु जन्मेको अनि लुरुलुरु स्कुल गयर कलेज हुँदै देशबिदेश अनि फर्केर त्यहि घरको छतमा बसेर चुरोटको धुवाँ तान्दासम्मका प्रतक्ष्यदर्सि यि डाँडाहरु हुन ! मेरो घरदेखि दुइ मिनट परको चोकमा एउटा ठुलो रुख छ,मैले जान्दाखेरिपनि त्यो उस्तै देखिन्थ्यो अनि अहिलेपनि उस्तै छ ! न कुनै पर्व न कुनै प्रेमिका न कुनै चुरोट न कुनै रक्सि ! पहिलापहिला म त्यो रुखको जिन्दगि देखेर दिक्क मान्थेँ तर अचेल त्यहि रुखको जिन्दगि मलाइ Superb great लाग्छ ! हल्लैहल्ला अनि रगतैरगत पोतियको हाम्रो डरमय Life भन्दा यि डाँडा अनि रुखहरुको जिन्दगि सुन्दर छ यार !
केहि चराहरु करायको आवाज त्यहि रुखका हाँगाहरुबाट आँउछ ! मेरो मोबाइल भाइब्रेट भयो-मेरो मोवाइलको लोकल नंबर छ ! कस्ले होला ?
‘हेल्लो’
‘हेल्लो’
‘सुतेको छैनौ ?’
‘सुतेर को ठुलो भयको छ र ? तिमि नै सुत न’ केहि रिस मिसियको reply हुनसक्छ यो मेरो !
‘still angry…okey bye’
‘bye’कल डिसकनेक्ट गरेर मोवाइल गोजिमा हुत्याइदियँ ! स्विच अफ गरु भनेर फेरि निकाले अनि नगरि गोजिमा राखेँ !
बिस्तारै गल्लिको ढोका खोलेर बाहिरियँ !
बाटोमा मन्दिरनिरको पसल खुलेको रहेछ !
‘एउटा मार्लबोरो’
‘मारबोरो छैन’
‘ओ के सुर्या दिनुस’
सल्कायर म आयकै बाटो फर्किन्छु ! एउटा mint किनेर,स्वासप्रश्वास समस्याका लागि !
मोवाइलमा केहि बज्छ-उठाँउछु अनि केहिबेर कुरा !फिल्टरलाइ चप्पलले कच्याककुच्चुक पारेर म गेट खोल्छु !
Camera को USB cable हरायकोले फोटोहरु PC मा सार्न पायको थिइन ! फेरि केहि फोटोहरु साथिहरुसँग रेष्टुरेन्टमा लियका रक्सिमय पनि थिय त्यसैले घरमा सार्नुभन्दा बाहिर गयर सारँ !हाँसो लाग्यो तस्विरहरु देखेर ! oh lord !! alcohal ले मान्छेलाइ कति Open पार्दोरहेछ ! म छक्क पार्छु ! साथिहरुको कति Treat खाइयो,गनेर साध्य छैन होला ! छिटै बिहा गरेर छोराछोरि पायपनि Treat अनि नयाँ बाइक किनेपनि Treat ! exam मा पास भय खुसिको Treat अनि fail भय दुख साट्ने Treat ! के भन्नु अरु यार ! आफैलाइ शरम !
केहि दिन अगाडि काठमाडौ गयर Exam दियर आयको थियँ ! केटाहरुले Treat को कुरा गरे अनि गइयो City View मा अनि exam मनायर आइयो !
घरमा पुग्दा कान्तिपुर TV बाट अंग्रेजिमा समाचार दिने बेला भयको रहेछ ! उहि छ समाचार ! नयाँ केहि छैन ! बुढा पुराना,सडे गलेका नेताहरु मृत्युलाइ बिर्सेर एक-आपसमा आरोप लगाइरहेका छन अनि संसारको श्रेश्ठ जिव आफुलाइ ठानिरहेका छन ! के भन्ने यार ! यहाँ कसैलाइ केहि भन्नु उचित छैन !
बिदेशको Credit card ले उठिबास लगाउने चाल पायपछि सोचँ – जब service charge तिर्नु नै छ भने नेपालि बैक़लाइ नै तिरे कम्सेकम देशमै पैसा जाला ! अनि नेपालि बैक़बाट Credit Card लिनका निम्ति Information search गरे ! बुझ्न भनेर at first ” Nepal Investment bank’ मा गयर सोधेँ Process र Document के के चाहिन्छ भनेर अनि उनिहरुले 2007 मा Credit Card apply गरेमा 2008 सम्ममा पाइने कुरा गरे ! झ्याउ मान्दै फेरि केहि दिनपछि ट्राफिकमा जबर्जस्ति बाइक छिराउदै’Bank of Kathmandu’मा गय ! oh lord ! मलाइ उनिहरुको कुरा सुनेर उठ्नुसम्मको हाँसो उठ्यो !
मैले सोधेको थियँ !
मलाइ एउटा Credit Card चाहियको थियो !यो बैक़ले issue गर्छ कि गर्दैन भनेर ? अनि उनिहरुले मेरो कानको मुन्द्रातिर हेर्दै ‘ मिल्न त मिल्छ तर हजुरलाइ नेपालि Currency मा कि USD मा चाहिने ? भनेर सोधे ! मैले of course USD मा भने !अनि rules सुनाय-आफ्नो ! Bank of kathmandu मा रहेको आफ्नो account मा minimum Nrs 50000 हुनु पर्ने रे ? अनि मैले सोधेँ – ओ के मेरो लिमिट कतिसम्मको हुन्छ होला ?
Nrs 25000 सम्मको रे !!
मलाइ घाँटिसम्म रिस उठ्यो Credit Card को यो परिभाषा सुनेर त्यहाँ ! यदि एकाउन्टमा भयको पैसाबाट आधा खर्च गर्ने कार्ड लिने भय त त्यो Credit Card कि Debit card ?
त्यति जाबो काम त मेरो ATM card ले गर्दैन र ?
म चुपचाप बाहिरियँ त्यहाँबाट ! यो समाज धेरै माथि पुगिसकेछ !
बाहिरतिर Credit card लि न प्लिज भन्दै बैँकहरु आँउछन अनि यहाँ Legal Process बाट Credit card लिन खोज्दा Debit card दिन खोज्ने ? हरे प्रभु !
********************************
ओइ मेरो सिमकार्ड साथिलाइ दिन्छु,अब त्यसमा कल नगर !! दुइ दिनको फ्लाइटपछि बरु त्यहि पुरानो नंबरमा कल गर ! म उनलाइ फोनमा भन्छु !
‘ओ के’
यस्तै यस्तै ! खै के खै के जस्ता कुराहरु भैरहन्छन ! बच्चाहरु गुच्चा खेल्दै रहेछन गल्लिमा ! एकछिन उनिहरुसँग खेलेको पन्द्र रुपैया हारेछु ! उनिहरु खुसि भय,म दुखि भइन ! तिनिहरुको हाँसो अमुल्य छ ! कुनै बेला मपनि खेल्थे ! आज ति स्मृतिहरु आँउछन उनिहरु खेलेको देख्दा !
Oh God !!!! life is all abt memory !childwood incidents n frens..
स्कुल पढ्दाका साथिहरुसँग स-साना कथाहरुसँगै हाँसियो ! अनि हेर्दाहेर्दै हिँड्ने दिन आइपुग्यो ! आमाले ‘अब त नगयपनि हुन्न र ?’ भन्दै आँशुका थोपाहरु सलले पुछ्दा मेरो मन धुरुक्क भयको थियो !म के भनुँ यार-हरेकपल्ट त्यहि भन्छु ! म पछाडि नफर्कि घरबाट हिँड्छु सबैलाइ sad बनायर !
Tourist Bus भित्र AC चलायको रहेछ जाडोमा पनि !
ब्यागभरि किताबहरुको चाङ अनि एउटा सानो Portable PC छ ! कानमा गित लगायको त्यो गितपनि मिठो लाग्दैन ! मलाइ मेरो बुटवल छोडन मन लाग्दैन ! कति गार्हो मन लियर म यात्रा गर्दैछु Oh Lord !!
म घरमा आयपछि पनि हामि घण्टौँ फोनमा कुरा गरिरहन्थ्यौ !म उनको लागि के Gift लैजाने होला ! Confusion मा परेँ ! सायद मन परेन भने-तर मैले लैजाने चिज नै के भन्ने फेला पारिन ! केहि फोटाहरु थिय तर ति मात्र कसरि प्रयाप्त हुन सक्छन यार ! कानमा मुन्द्रा लगाउने सबै खराब त पक्कै हुँदैनन होला नि ! मेरो Department Head ले पनि मुन्द्रा लगाँउछ तर उ खराब छैन अनि म कसरि खराब हुन सक्छु तर हाम्रो society त south afrikan होइन नि !!
काठमाडौँ गयपछि केहि हेर्छु,यस्तै सोँचे ! अनि FedEx बाट पठाइदिन्छु ! मन परे परोस..नपरे नपरोस ! तर के किन्ने ? मलाइ Idea छैन !यस्तै यस्तै सोँच्दै थियँ..पढिरहेको उपन्यास हातबाट तल झरेछ…अनि केहि मिठो निद्रा ! मोटर को आफ्नै गति…मेरो टाढाको यात्राको एउटा अर्को शुरुवात..!!!
मोटरको स्पिकरमा सानो स्वरमा सायद 1974 AD को ‘पहिलो जुनिमा…’गित बजिरहेको थियो होला त्यो बिदाइको समयमा !
*****************
जे सुकै होस…यि कथाहरु मेरो देशका हुन ! त्यहि देशका पुराना गल्लिहरुमा घटिरहने कथाहरु…
09-10-07
SateLite, काठमाण्डौ
satelite1983@gmail.com
(स्रोत : Sajha.com )