प्रकृति र चराचुरुंगीको हाउभाउ देख्दा लाग्छ ब्रह्माण्ड को सृष्टि निस्वार्थ सेवा र कामना रहित दानको लागि भएको भान हुन्छ । हुन पनि सुर्यले दिने प्रकाश र ताप, चन्द्रमाको शितलता, हावाको श्वास-प्रश्वास सबै निस्वार्थ नै देखिन्छ । बिहानपख चराको चिर्विराहट बिना स्वार्थ अरुलाई लागि आनन्द दिईरहेको भान हुन्छ । यी सबै चिज वस्तुले मानवलाई निस्वार्थ सेवा र कामना रहित दान गर्न निर्देशन गरेता पनि अधिकांश मानव लिन र संग्रहमा मात्र आफुलाई ब्यस्त राख्दछ । दिदाको आनन्द महसुस गर्न समेत चाहदैन । लिदा भन्दा दिदा हुने आनन्द हजारौ गुणा बडी हुन्छ । यसको प्रमाण आमाले आफ्ना सन्तानले दिएको खाना खाएको देखेर आनन्द मान्दाको समय लिन सकिन्छ । दिने कार्य यहीबाट सुरु गरि दीन-दुःखी सम्मलाई आफ्ना सन्तान मानी सेवा गर्ने र खानाको व्यवस्था गरि हेरौ त कति आनन्द हुदो रहेछ । भारतको नारायण सेवा समिति र मदर टेरेसाको संस्थाले गरेको सेवा देख्दा समेत आनन्द हुन्छ भने आफैले गर्ने हो भने के होला ? मुर्तिमा फूल अक्षता चडाएर भाव परिवर्तन ठिक छ, हैन भने यो पुजा व्यर्थको मात्र हुन्छ । भनिन्छ दीन-दुःखीको सेवा र दरिद्रको लागि दान सबै भन्दा ठुलो पुजा हो । यस्तो गर्नेको घरमा भगवान आफै आउनुपर्छ । खोज्न जानु पर्दैन ।
एक दिन एक जना ज्यामी कामको खोजी गर्दै नजिकैको गाँउमा पुगेछ । उसले त्यहाँ मानिस जम्मा भै नाम लेखाएको देखेर के हो भनी बुझ्दा आदिनाथ का चेला गोरख नाथ सहित धेरै साधु त्यस गाँउमा आउने र आएका साधुलाई घरमा लगी खाना खुवाउनेहरुले नाम लेखाएको हो भन्ने जाने । सबैले गरेको कुरा र अहिले सम्म कसैलाई केहि खुवाउन नसकेकोले यस अवसरमा एकजना साधु लगेर खाना खुवाउँन उनलाई पनि मन लाग्यो र एकजनाको लागि नाम लेखाए र घर गए । घरमा केहि थिएन । थियो त केवल विश्वास । कसो नसकिएला पर्सि त हो भोलि केहि भै हाल्छ भनी उनका बुढाबुढी मस्त सुते । भोलि पल्ट काम खोज्न जाँदा दाउरा काट्ने काम पाए र त्यसदिन ज्याला पनि दोब्बर पाए । यो देखेर उनलाई यो साधुको प्रभाव हो भन्ने लाग्यो र प्राप्त ज्यालाले भोलिको लागि खाना खुवाउँन चाहिने सरसामान किनेर घर लादै थिए पछि-पछि एकजना फकिर जस्तो मानिस पनि घरमा आई पुगे र भने भोलि तपाईले साधुलाई खुवाउने रे म पनि साधुको सेवा गर्न चाहन्छु, भोलि खाना बनाउने काम मलाई दिनुहोस् भनी अनुनय विनय गरेकाले ज्यामीले खाना बनाउन दिने भए ।
बोलिपल्ट ज्यामी अत्यन्त उमङ्गका साथ र आनन्दित हुदै साधु लिन गए । यता आगन्तुक खाना बनाउदै थिए भने उता उनी साधु लिन गए । त्यस ठाँउमा नाम लेख्ने मानिस बाहेक अरु थिएनन् । अचम्म चै के भने उनले लेखाएको नाम समेत रजिस्टरमा नभएकोले दिक्क मान्दै फर्कदै थिए । बाटोमा एकजना साधु प्रवचन गर्न लागेको देखे । यीनैलाई लान्छु भनेर कुरेर बसे र प्रवचन सकिए पछि अनुनय विनय गरेर साधुलाई लिएर घर गए । घरमा सबै मिलेर साधुलाई तृप्त हुनेगरि खाना खुवाए । यस्तो निस्वार्थ सेवा र सच्चा प्रेम देखेर साधुले आफु गोरखनाथ र भान्से आदिनाथ भएको बताए पछी ती ज्यामी कृतकृत्य भई परमानन्द प्राप्त गरे । यस्तै एक तीर्थयात्रीले आफ्नो तीर्थ जाने सबै खर्च असाय भै मर्न लागेको व्यक्तिमा खर्चगरी सेवा गरेर तीर्थ नगई घर फर्कदा भगवान घरमा नै आएर दर्शन दिएको प्रसंग पनि पाईन्छ तसर्थ सच्चा प्रेम र निस्वार्थ सेवा र दान नै परमानन्दको मुहान हो ।
अस्तु जय गुरुदेव
(प्रवचनमा आधारित । )
(लेखकको फेसबुक नोटबाट साभार)
(स्रोत : Madhumas )