जले जले तिम्रो यादमा म जले
गले गले तिम्रो पिडाले म गले
म बाच्दिन शायद मेरो संसार जलेको देख्छु
हास्दिन कति म, आशुमा खुशी डुबेको देख्छु
त्यो एक दिन थियो, सार्है मिठो र प्यारो थियो
धेरै धेरै खुशी थियो, शायद त्यो एक सपना थियो
बिउझदा म एक्लै थिए साथ धेरै पिडा मात्रा थिoयो
म बाच्दिन शायद जिन्दगी मेरो साहाराहिन देख्छु
हास्दिन कति म, आशुमा खुशी डुबेको देख्छु
त्यो एक भेट थियो, त्यही भेट अन्तिम थियो
खाएको बाचा र कसम, त्यो शायद झुटो थियो
मिठा मिठा सपना मेरो, त्यो शायद रात थियो
म बाच्दिन शायद मेरो संसार जलेको देख्छु
हास्दिन कति म, आशुमा खुशी डुबेको देख्छु
March 28, 2014
(स्रोत : रचनाकारको ब्लगबाट सभार )

