~श्याम लामा~
कसैको बास प्रबास नहोस्
कहिल्यै जिबन हतास नहोस्
साग र सिस्नु ढिडो आठो बेश
अर्काको देशमा लाश नहोस्
बिशाल छाती हाम्रो सगरमाथा शिर
माटोलाई दुखेको आभास नहोस्
एउटै हासो हस्न पाउ देशमा
गरीबीको ठुलो त्यो रास नहोस्
रगतै बगाउन किन नपरोस देशमा
धुक धुकी मात्र चल्ने श्वास नहोस्
श्याम लामा
2010-05-22
(स्रोत : नेपाली गजल गुगल ग्रुप )
