~कृष्ण प्र. पाण्डे~
हाय बन्दैछ जिन्दगी अफाप तिमी बिना
तिम्रो साथसाथै धेरै अभाव तिमी बिना
माया हुन्छ रे ! मुटुमा साटौँला एक दिन
माया बन्दैन त्यो मेरो अगाध तिमी बिना
गफ लाउँछन् दौंतरी प्रेयसी यस्ती मेरी
मर्छ हौसला म हुन्छु अवाक तिमी बिना
फूल छोयो कि झर्दछ मर्ला कि बोटै पनि
विष भरियो तनमा अज्ञात तिमी बिना
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )
