~रजनी राई~
विधिले घात गर्यो र रोए
नियतीले खुशी हर्यो र रोए
बतासको त्यो एकै झोंकामा
सिउँदोको फुल झर्यो र रोए
डुवाएर आज माझधारसा एक्लै
डुंगा र माझी तर्यो र रोए
न बाँच्न सके न त मर्न नै
मुटुमा शूल पर्यो र रोए
त्यस्तो बज्रपात अरु सव के हुन्थ्यो
मर्नेको देवता मर्यौ र रोए
रजनी राई
गोगने-९ भोजपुर
एम.एड. प्रथम वर्ष सुकुना
(स्रोत : Ekabita.blogspot.com)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.