~ध्रुब मधिकर्मी~
बालक रोइरहेको थियो, भोकले । “खानेकुरो केही छैन ?” उसले सोध्यो, “छैन…” पत्नीको सपाट स्वर भित्रसम्म धस्सियो । उसले एउटा सुस्केरा हाल्यो, “उफ्” । वरिपरि उसले आँखा फैलायो । फुङ्ग उडेको भित्ता देख्यो र देख्यो व्याप्त इश्वरको उकुसमुकुसता मात्र, घरमा बेच्न लायक कुनै चीज पनि त छैन…”, एउटा चीसो उच्छ्वास चुहियो उसको ओठबाट ।
उसले वेस्कन आँखा चिम्ल्यो र बरबरायो । घरमा…। बालक रोइरहेको थियो भोकले । सुकेको लाम्टा छातीमा झुलिरह्यो । “हे भगवान् !” केही नपाएर उसले घुँडा टेक्यो । “एउटा बाँकी छ… भगवान्कै मुर्ति ।” पत्नीको स्वरमा एउटा विस्फोट भयो ।
“के ?” उसलाई विश्वास भएन र ट्वाल्ल परेर हेर्न थाल्यो ।
(स्रोत : NepaliLaghukatha.com )