जीन्दगीका झुर सपनाहरु
कति तस्राउछौ
कुकुर र इटाको कथाझै
बाटोभरी रोपीएका त्रिसुल
आगनबाटै बन्द भएका द्धावरहरु
पल पल
चिमोटिरहेछन मुटुलाई
थुनिरहेछन आँखालाई
छ्या कति निष्ठुरी भयो समय
बेसोमतले सपनको चाङ लगाएर
अनकङटार जङगलमा छोडीदियो
सम्झेर दुख्नु
पागलपना युक्त न्यास्रोमा हराउनु
परिवर्तनको युगिन धेराभन्दा अलि पर पु¥याउनु
कति बदमासि भयो जिवनमा
कति अत्यचार भयो भावनामा
फुलहरु सम्झिएर
जुनहरु सम्झिएर
थङथिलो भएर भिडभन्दा अलि पर
एकान्तमा चुरोट सँग बाचिरहेछ जिवन
साट्छुभन्दा साट्न नसकिएको
राख्छु भन्दा सम्हाल्न नसकेको
अनगिन्ति सपनाहरु
बेसमोतले सम्झाउछन विगतहरु
सगरमाथा भन्दा अग्ला मनोवृतिहरु
सम्झनाको थङथिलो तर फराकिलो कलिभर
पटक पटक उग्रिएर
अन्धकार युक्त विहानिको याम तापिरहेछ
धिक्कारेर नहुने
सरापेर नहुने
भोको वर्तमान सँग
जीउनका लागि फगत जिएको छु
जिउनकालागि खानु पर्छ
खानका लागि केहि गर्नु पर्छ त्यहि गरिरहेछु
बेला बेला सम्बोधन गर्न मल लाग्छ सपनाहरुलाई
तिलाञ्जली मनोवृतिवाट
अलमलयुक्त नियतिवाट
स्टेजवाट हराएको संगित
कवितावाट हराएको बान्कि
आगोवाट हराएको ताप
के फरक भयो सपनाहरु भन्दा
त्यसैले अनधिकृत उपस्थितिमा
म्लामिको एकलब्य नेतृत्वबाट
मलाई माफ गर म तिम्रो हुन सकिन
त्यसैले सपनाहरु हो ,हार्दिक श्रद्धान्जली
(स्रोत : Rajbanskota.wordpress.com)