दया, ममता र माया रत्तिभर पनि छैन
जति बुक्काए पनि संतोष लिंदै लिन्न
फ्वां फ्वां गर्दै उर्लदै आउंछ छाल सरी
अबोध निःसाय निमोठदै निल्छ काल सरी
आशिष भन्दै कठोर मुठ्ठी जबरजस्ती बढाउंछ
शान्ति, धर्म नीतिको पाठ छडी देखाई पढाउंछ
आफ्नो दुनो सोझ्याउन भिडाउंछ दास बनाई
अहंकारी आफ्नो नाम रटाउंछ विवशलाई
बदनाम नै होस उसको तारिफ गर्नुपर्छ
निष्पट अध्यारोमा पनि उसलाई चिन्नुपर्छ
आफ्ना आफ्ना टिप्छ अरुलाई कुल्ची हिंडछ
अस्त्र शस्त्र उसकै अटेरीलाई गिंडछ
आंशूका अविरल धाराले अहं पग्लदैन
नियम कानून कुनैले पनि बांधिदैन
विधाताले अब कसैको भाग्य लेख्दैन
शक्ति नै सर्वोपरि यमराज चाहिंदैन
अभिमानी गर्जेर जति मातिन्छ
हर्ष उल्लास आशा उति आतिन्छ
ईतिहासको अवशेष बांकी छदैछ
त्यै पनि शक्ति नया युग जन्माउंछ
लेखक…राकेश कार्की
क्यानाडा
Issue : 2005
(स्रोत : Pardesh.com)